Breaking News

सपनामा भुत कसरी आउँछ ? थाहा पाइ राख्नुस

Feb Tue 2020 05:40:12

1770 views

सपनामा भुत कसरी आउँछ ? थाहा पाइ राख्नुस
 तपाइँ रातिमा सुत्दा कसरी सुत्नुहुन्छ ? उत्तानो, कोल्टे वा घोप्टो कस्तो आसनमा ? अनि तपाइँले देख्ने सपनामध्ये कति सपना नराम्रा वा डरलाग्दा हुन्छन् ? सायद तपाइँहामी मध्ये धेरैलाई सुत्ने तरिकाले हाम्रो सपनामा असर पार्छ भन्ने कुरा थाहा छैन होला । तर पछिल्लो अध्ययनले के देखाएको छ भने घोप्टो परेर अर्थात् पेट थिँचेर सुत्ने मानिसले अरु पोजिसनमा सुत्ने मानिसले भन्दा बढि मात्रामा खराब तथा डरलाग्दा सपना देख्नेगर्छ ।

अध्ययनको क्रममा घोप्टो परेर सुत्ने मानिसहरुले सेक्स, बहिस्कार, कुटपिट जस्ता सपनाहरु बढि देख्ने गरेको पाइयो । त्यसका साथै घोप्टो परेर सुत्नेहरुले कसैले आफुलाई बाँधेको, थुनेको र आफु हिड्न नसकेर ऐठन परेका घटना पनि सपनामा धेरै भोग्ने गरेका छन् । साथै सपनामा भुत प्रेत तथा अरु डरलाग्दा वस्तु समेत देखिने दर बढि हुन्छ ।

हंगकंगको शु यान विश्वविद्यालयका प्राध्यापक काल्भिन केइ चिंग यु ले गरेको अध्ययन अनुसार घोप्टो परेर सुत्दा पेट तथा छाती थिँचिने हुनाले मानिसले पर्याप्त अक्सिजन लिन नपाउने र त्यसो गर्दा मस्तिष्कमा असर पुग्न जाने र मान्छेको अवचेतन मनले सेक्स तथा अरु तनावका विषय कल्पना गर्ने हुँदा मान्छेले यस्ता विषय सपनामा देख्ने गर्छ ।

मान्छेले सपना देख्नु भनेको प्राकृतिक कुरा भएपनि सुताइको पोजिसनले सपनाको प्रकारमा फरक पार्ने यु को मत छ । स्मरण रहोस् घोप्टो परेर सुत्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरुले समेत बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?