Breaking News

अनुहारमा आउने डन्डीफोरबाट छुटकारा दिलाउने घरेलु उपाय यस्ता छन्

Feb Wed 2020 02:40:49

1018 views

अनुहारमा आउने डन्डीफोरबाट छुटकारा दिलाउने घरेलु उपाय यस्ता छन्

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ । डन्डीफोरबाट छुटकारा दिलाउने केही घरेलु उपाय यस्ता छन् ।

ल्वाङ डन्डीफोरको समस्याबाट राहत दिलाउन ल्वाङ निकै गुणकारी मानिन्छ । यस्का लागि तपाईले एक कप पानीमा ल्वाङ उमाल्नु पर्ने हुन्छ । पानी चिसो भएपछि त्यसमा भएका ल्वाङलाई मुछ्ने र मुछिउको लेदोलाई डन्डीफोर भएको ठाउँमा दल्ने । यसका पाउडर वा पेस्ट बनाएर अथवा यसको तेललाई डन्डीफोर भएको ठाउँमा लगाए फायदा हुन्छ। आधी घण्टासम्म राख्ने र चिसो पानीले अनुहार धुने।

स्ट्रवेरिज स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ । स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुनेको साथसाथै डण्डीफोर पनि हराउदै जनचा । यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

मह मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारमा भएका दाग र डन्डीफोर लाई हटाइ छाला नरम बनाउँछ। डन्डीफोर भएको भागमा मह दलेर केही बेर राख्ने र १५ मिनेटपछि चिसो पानीले धुने। महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

केरा केराले डन्डीफोरको समस्या हटाउन धेरै नै मद्दत गर्छ। महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ । दहीसँग केरा मिसाएर लगाउनाले पनि फायदा हुन्छ। पानीले धोएपछि अनुहारमा आइस दल्ने र मसाज गर्ने।

कागतीको रस डन्डीफोरका लागि कागतीको रस एकदमै प्रभावकारी हो। यसले डन्डीफोरको समस्या हटाउनका साथै छालालाई चम्किलो पनि बनाउँछ। तर, कागतीको रस सीधै अनुहारमा लगाउँदा यसले पोल्छ। त्यसैले यसलाई पानी वा महसँग मिसाएर लगाउनुपर्छ।

बाफ लिने बाफ लिएर अनुहारमा आउने डन्डीफोरको समस्याबाट टाढा रहन सकिन्छ। फेसियलपछि बाफ लिनाले अनुहारको छालाले भित्री पोषण पाउँछ। साथै यसले मृत छालाको समस्यालाई पनि हटाउँछ। अनुहारका छिद्र खोल्नका लागि बाफ लिन जरुरी छ। बाफ लिएपछि छालालाई कटनले सफा गरी पुछ्ने। सीधै हातले पुछ्दा डन्डीफोरको समस्या झन् बढ्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?