अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा तीन दिनको लागि मान्य हुनेछ ।
फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा, एनसेलले यी दुई शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५ हजार भन्दा बढि नेपाली गीतसंगीतहरु पनि उपलब्ध छन् ।
एनसेलले चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) सेवा थप दुई सहर मा बिस्तार गरेको छ । कम्पनीले कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवा शुरु गर्न लागेको हो ।
सेवा बिस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब कोहलपुर र विरेन्द्रनगरमा पनि दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लाभ लिन सक्नेछन् । आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरमा गई आफूले प्रयोग गरीरहेको सिमलाई फोरजी चल्ने सिम (युसिम) सँग मात्र रु १ शुल्क तिरेर साट्न सक्छन् । ग्राहकले आफ्नो नागरिकता वा सवारी चालक अनुमति पत्र पेश गरी सिम साट्न सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोवाइल नम्बरमा कुनै परिवर्तन हुने छैन । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने जानकारी प्राप्त गर्न सक्छन् । साथै ग्राहकले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा तीन दिनको लागि मान्य हुनेछ ।
फोरजी सेवा सञ्चालनमा ल्याएको अवसरमा, एनसेलले यी दुई शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिनसम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स ३२४ ह्यास डायल गरी एनसेलको फोरजी सेवाको साथ योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५ हजार भन्दा बढि नेपाली गीतसंगीतहरु पनि उपलब्ध छन् ।
कोहलपुर र विरेन्द्रनगरमा फोरजी सेवाको बिस्तारसँगै एनसेलको फोरजी सेवा देशका १९ शहरहरुमा पुगेको छ । एनसेलले फोरजी सेवा पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा सञ्चालनमा ल्याएको थियो ।
कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल लगायत नेपालगञ्जमा पनि उपलब्ध छ