‘जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान रिपोर्ट: बैशाख १२ को भूकम्पपछि काठमाडौँको उत्तरतर्फको भूभाग सर्दै
काठमाडौँको दक्षिणमा आएर ‘लक’ भएको छ
नेपाल कहिल्यै भूकम्पप्रुफ थिएन र हुन्न पनि । नेपालमा न पहिला भूकम्पको जोखिम कम थियो न अहिले बढी नै छ ।' नेपालको भौगोलिक अवस्थिति नै त्यस्तै छ । युरो एसियन र इन्डियन प्लेटो जोडिएको स्थानमा नेपाल छ । यी दुई प्लेटोबीच सदियौंदेखि घर्षण जारी छ । एकले अर्कोलाई ठेल्ने क्रम पनि जारी छ । इन्डियन प्लेटो हरेक वर्ष चार सेन्टिमिटरका दरले युरो एसियन प्लेटमुनि छिरिरहेको छ । छिर्ने क्रममा हुने घर्षणले गर्दा जमिनको भित्री सतहमा शक्तिसञ्चय हुन्छ । यसरी सञ्चय भइरहेको शक्ति कहिले सानो त कहिले ठूलो भूकम्पका रूपमा बाहिर निस्कन्छ ।
पछिल्लोपटक कोलोराडो विश्वविद्यालय अमेरिकाका प्राध्यापक तथा वैज्ञानिक रोजर विलियमले आफ्नो शोधपत्रमार्फत नेपालको पहाडी क्षेत्रमा ८.२ म्याग्निच्युडका चारवटासम्म भूकम्प जानसक्ने अनुमान गरेका छन् । यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बढाइचढाइ लेखेका छन् । विलियमले विशेषगरी गोरखादेखि भारतको देहरादूनसम्मको क्षेत्रमा ५ सय वर्षयता शक्तिशाली भूकम्प नगएकाले त्यो क्षेत्रमा जोखिममा रहेको बताएका छन् । यति मात्र होइन, विलियमको पछिल्लो अध्ययनले गोरखादेखि बाग्लुङबीच क्षेत्रमा ठूलो भूकम्प गयो भने त्यसले काठमाडौंदक्षिण क्षेत्रमा समेत चिरा पार्नसक्ने देखाएको छ । 'त्यो क्षेत्रमा ठूलो भूकम्प गयो भने त्यसले काठमाडौं दक्षिण क्षेत्रलाई समेत प्रभावित पार्न सक्छ,' विलियमको भनाइ उद्धृत गर्दै अधिकारीले भने यसैगरी गत पुस २७ गते अनलाइनमार्फत नेचर जिओसाइन्स जर्नलमा शोधपत्र सार्वजनिक गर्दै अक्सफोर्ड विश्वविद्यालय बेलायतका प्राध्यापक वैज्ञानिक जेआर एलिओटले वैशाख १२ गतेको भूकम्पले काठमाडौं दक्षिणको भूभाग चिरा नपारेको औल्याउँदै त्यो भागमा भूकम्पले चिरा पार्नसक्ने औंल्याएका छन् ।
-nagariknews.com
‘जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान रिपोर्ट: बैशाख १२ को भूकम्पपछि काठमाडौँको उत्तरतर्फको भूभाग सर्दै काठमाडौँको दक्षिणमा आएर ‘लक’ भएको छ
काठमाडौं – उच्च भूकम्पीय जोखिममा रहेका काठमाडौँलगायत विभिन्न सत्रवटा जिल्लामा जमिनको हलचलबारे जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) मा आधारित अध्ययन सकिएको छ । बैशाख १२ को बिनाशकारी भूकम्पपछि फ्रेन्च युनिभर्सिटी सा भ्वाँसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय को भूगर्भ विभागले विभिन्न सत्र जिल्लामा जीपीएस प्रणालीबाट जमिनको चालबारे अनुसन्धान सुरु गरेको थियो । ‘फिल्ड मेजरमेन्ट’ सकिएर जीपीएस डिभाइससहितका सम्पूर्ण डाटा प्रशोधन तथा विश्लेषणका लागि फ्रान्समा पठाइएको छ । जमिनको चालबारे गरिएको अनुसन्धानमा संलग्न भूगर्भविद् प्राडा अनन्त गजुरेलका अनुसार बैशाख १२ को ठूलो भूकम्पपछि जमिनको मुभमेन्ट धेरै सक्रिय देखिएको छ ।
जीपीएसको प्रारम्भिक अध्ययनलाई हेर्दा काठमाडौँ अझैपनि भूकम्पको उच्च जोखिममा छ । ‘बैशाख १२ को भूकम्पपछि काठमाडौँको उत्तरतर्फको भूभाग सर्दै काठमाडौँको दक्षिणमा आएर ‘लक’ भएको छ । ‘उत्तरतिरको भाग सरिरहेको छ । तर, काठमाडौँको दक्षिणतिरको भूभाग मुभ भएको छैन’ गजुरेलले भने, ‘उत्तरतिरबाट सर्दै वा धकेलिँदै आएको भूभाग दक्षिणतिर मुभ नभएर लक हुँदा यहाँ पावर सञ्चय भइरहेको छ । उत्तरतिरको भूभाग दक्षिणतिर सर्दै गर्दा दक्षिणको भूभाग पनि दक्षिणतिर सर्दै जानुपर्छ । त्यो भइरहेको देखिँदैन ।’ गजुरेलका अनुसार काठमाडौँको दक्षिणमा आएर लक भएको भूभाग जति छिटो विस्तारै चिप्लिएर (क्रिप) दक्षिणतिर सर्छ, त्यति नै बढी पावर दक्षिणतिरबाट रिलिज हुन्छ अनि काठमाडौँमा जोखिम घट्दै जान्छ । उनका अनुसार काठमाडौँमा अडिएको प्लेट उत्तरतिर सर्दै जाँदा दक्षिणतिर शक्ति सञ्चय भइरहेको छ ।
गजुरेल भन्छन्, ‘काठमाडौँको १० देखि १५ किलोमिटर मोटाइएको भूभाग बिस्तारै चिप्लिएर दक्षिणतिर महाभारत हुँदै चुरे पर्वततिर मुभ भएमा सञ्चय भएको इनर्जी छिटो रिलिज हुन्छ तर बैशाख १२ गतेपछि लक भएको भूभाग अहिलेसम्म दक्षिणतिर क्रिप भएको छैन ।