Breaking News

ग्रान्डी अस्पतालले विशेष ल्यापरोस्कोपिक सर्जरी अफर ल्यायो

Feb Tue 2020 05:40:41

567 views

ग्रान्डी अस्पतालले विशेष ल्यापरोस्कोपिक सर्जरी अफर ल्यायो

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले यस जुन महिनाभर महिला स्वास्थ्य बिशेष ल्यापरोस्कोपिक सर्जरी प्याकेज संचालन गरेको छ । प्याकेज अन्तर्गत जुन महिनाभरी ग्रान्डी अस्पतालमा गरीने गाइनेकोलोजी ल्यापरोस्कोपिक सर्जरीहरुमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको छ ।

ल्यापरोस्कोपिक सर्जरी पेटमा चिरा नलगाइ सानो प्वालमात्र बनाइ दुरबिन जडित उपकरण भित्र पठाइ गरिने शल्यकृया हो ।  यस प्रबिधिबाट पाठेघर निकाल्ने Hysterectomy,  पाठेघरको ट्युमर निकाल्ने Myomectomy, अण्डासयको गोलाहरु निकाल्ने Cystectomy तथा पाठेघरको क्यान्सरको लागि गरिने अप्रेशन Radical Hysterectomy  समेत गर्न सकिन्छ । त्यसैगरी पछिल्ला दिनहरुमा पेटमा प्वाल समेत नबनाई पाठेघरको मुखबाट दुरबिन भित्र पठाई पाठेघर भित्र गर्भ बस्ने ठाँउबाट मासु निकाल्ने Hysteroscopy शल्यकृयाहरुपनि सम्भव भएको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालसम्म सफलताoffer grandeपुर्बक निदानको लागि गरिने ल्यापारोस्कपी Diagnostic Laparoscopy ,पाठेघर निकाल्ने Laparoscopic hysterectomy, पाठेघरको गोला निकाल्ने Mymectomy, अण्डाशयका गोलाहरु निकाल्ने Laparoscopic cystectomy, बन्द भएका तथा बाँधिएका डिम्व बाहिनी नलीहरु जोड्ने Tube recanalization, पाठेघरको क्यानसरकोलागि गरिने अप्रेशन Radical hysterectomy  तथा पाठेघर भित्रबाट ट्युमर निकाल्ने Hystereroscopic myomectomy लगायतका शल्यकृयाहरु दुरबिनको माध्यमबाट नेपलमा नै गर्दै आइरहेको छ ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना स्वदेशी तथा बिदेशी बिरामीहरुलाई स्थापना कालदेखी नै स्त्रीरोग सम्वन्धि सम्पूर्ण ल्यापरोस्कोपीक तथा हिस्टेरोस्कोपीक शल्यकृया सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?