Breaking News

लौ कस्तो अचम्म!!जुम्ल्याहा दाजुभाईको बिहेमा दुलही देखि पंण्डितसम्म जुम्ल्याहा

Feb Wed 2020 02:40:39

519 views

लौ कस्तो अचम्म!!जुम्ल्याहा दाजुभाईको बिहेमा दुलही देखि पंण्डितसम्म जुम्ल्याहा

जुम्ल्याहा दाजुभाईको जुम्ली दिदी बहिनीहरुसँग भएका विहेका विरलै देखिने खबर तपाई हामीले कहिलेकाँही सुने पनि भारतको केरलामा एउटा विबाह समारोहमा उपस्थित अधिकांश जुम्लयाएको खबरले अहिले सामाजिक संजाल तात्तीएको छ । केरलाका दिलराज र दिलकर यस्ता जुम्ली दाजुभाई हुन् जस्ले जुम्ली रीमा र रीनासँग बिहेबारी गरे । तर कथा यतिमा नै सिमित छैन । बिहे जति अघि बढ्यो रोमाञ्चकताको श्रृखलाले थप रौनकता थप्दै लग्यो ।

जब बिहेमा देखिएका जुम्ल्याहा दाजुभाई र दिदी बहिनीलाई हेरेर उपस्थित पाहुनाहरु हाँसमुख गरिरहँदा उनीहरुको बिहे गराईरहेका पादरी पनि जुम्लयाहा भएको थाहा पाएपछि विबाह स्थलमा उपस्थित सबै दंग परे । उनीहरु छक्क परीरहेका बेला उक्त समारोहमा उनीहरुका केही जुम्ल्याहा केटा साथी र केटी साथीहरु पनि उपस्थित भएपछि रोमाञ्चकता नै रोमाञ्चकताका बिच यो विबाह सम्पन्न भएको थियो । उक्त समारोहमा कुल सात जोडी जुम्ल्याहा सहभागी थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?