Breaking News

फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा

Feb Tue 2020 05:40:11

1001 views

फेसबुकमा एउटी केटीका अनेक नाम केटा फसाउने र लाखौं पैसा असुल्ने धन्दा
सामाजिक संजालमा फेसबुकमा मित्रता गरेर मानिसहरुलाई फसाउने र ठगी गर्ने एउटा घटनाको पर्दाफास भएको छ । बलात्कारको अभियोगमा फसाउने धम्की दिँदै युवकसँग ३० लाख रुपैयाँ मागेकी फेबसबुकपायलको रहस्य खुलेको छ । सोधपुछमा खुलेको छ कि यी युवतीले फरक फरक नामबाट फेसबुक आइडी बनाउँछिन् र युवकहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाएर मित्रता गर्छिन् । मेलमिलाप बढेपछि ती युवकलाई ब्ल्याकमेल गरेर लाखौं रुपैयाँ असुल्छिन् । तर, अहिले उनी प्रहरीको हिरासतमा छिन् । । प्रहरीले ती युवतीकी आमासहित अन्य २ जनालाई पक्राउ गरेको छ । पुलिसले ती युवतीले अन्य कैयौं युवकलाई फसाएको आशंकामा अनुसन्धान गरिरहेको छ । युवतीको वास्तविक नाम पापिया भएको बताइएको छ । उनी आफूलाई पायल नाम बताएर चिनाउँथिन् । त्यसपछि उनले फेसबुकमा अञ्जली र इशा नामबाट पनि आइडी बनाएकी थिइन् । उनले यी आइडीबाट युवकलाई फ्रेण्ड रिक्वेस्ट पठाउँथिन् । मित्रता गहिरिएपछि तिनै युवकहरुलाई ब्ल्याकमेल गरिन्थ्यो । आरोपी युवतीको स्थायी ठेगाना भारत त्रिपुरा भएको बताइएको छ । उनको विवाह कोलकातामा भएको थियो । ४ वर्ष पहिले उनका पतिको मृत्यु भइसकेको थियो । केही समय युवतीले गुढागौडजी गएर एक जागिर पनि गरिन् । उनका दुई बच्चा पनि भएको बताइएको छ । प्रहरीले पक्राउ गरेका मध्ये उनकी आमा पीडितलाई धम्क्याउने काम गर्थिन् । उनले बलात्कार अभियोगमा फसाउने धम्की दिँदै गुढागौडजीका एक युवकसँग ३० लाख मागेकी थिइन् । ती युवकले पुलिसलाई खबर गरेर २ लाख रुपैयाँ युवतीलाई दिए । पुलिसले तत्काल उनलाई पक्राउ गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?