२०४६ साल फागुन ७ देखि चैत्र मसान्तसम्म जनआन्दोलन दमन गर्दा भएको क्षतिको आँकलन र दोषीमाथि कारबाहीका लागि गठित तीन सदस्य मल्लिक आयोगको प्रतिवेदनअनुसार कारबाही हुनपर्ने । तर तत्कालिन अन्तरिम मन्त्री परिषदले २०४७ साल आषाढ १८ गते दोषीमाथि कारबाही नगर्ने निर्णयसहित महान्यायधिवक्ताको कार्यालयलाई समेत कारबाही चलाउन नमिल्ने भनी पत्राचार गर्यो ।
अन्तरिम सरकारको निर्णयमा तीन बुँदा थियो जसको तीन नम्बर बुँदामा भनियो, “जनआन्दोलनको क्रममा मुलुकका विभिन्न भागमा घटेका घटनाहरूका समेत विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न गठित तीन सदस्यीय जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गर्दा दोषपूर्ण व्यवस्थाले गर्दा जनआन्दोलनको क्रममा प्रहरीबाट केही ज्यादती हुन गएको हो । तापनि वर्तमान सन्दर्भमा प्रहरीको मनोबल कायम राख्न प्रहरी प्रशासनको स्थायित्व, कार्याकुशलता एवम् आन्तरिक सुरक्षाको सम्पूर्ण जिम्मेवारी प्रहरीले नै बहन गर्नुपर्ने भएको तथा निकट भविष्यमा हुने आम निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण बनाउन प्रहरीको विशेष भूमिका रहने कुरालाई दृष्टिगत गर्दै जाँचबुझ आयोग प्रतिवेदनको आधारमा कुनै कारबाही नगर्ने ।”
‘दाजु तपाईंको पार्टीको अध्यक्ष गच्छदार त मन्त्री भएछ नि ।’ ‘हो र ?’ ‘टिभी खोल्नु त ।’ हेरेको त राष्ट्रपति भवनमा सपथ लिंदै गरेको देखें । ऊ मेरै छेउमा बसेर अरु दिनभन्दा आज अलि बढी नै खुशी छ । आशा गरेको प्रस्टै बुझिन्थ्यो । अब निर्दाेषहरू छुट्नेछौं भन्ने भाव उसको मुहारले बताउँथ्यो ।
जबकि मल्लिक आयोगले तत्कालिन मन्त्रीपरिषद र प्रशासकहहरूसमेत दोषी देखिएको ठहर गरेको थियो । मैले कैदीहरूको बिचमा यो विषय कथाजस्तै सुनाएँ र हाम्रो देशका नेता, राजनीतिक दल र तिनका
लोभी पापी अपराधिक चरित्रले बास्तविक अपराधीहरू सुरक्षित हुने । तर सर्वसाधारण कैद र सजायको भागेदारी हुनुपर्ने बुझाएँ ।
पूरै कुरा सुनाइसकेको थिइनँ । तर कैदीहरू उफ्रिन थाले– ‘हामी पनि निर्दाेष छौं । वास्तविक अपराधीहरू भने सिंहदरबारको घुम्ने कुर्सीमा ?’
सम्हाल्नै धौ धौ भो । फेरि सम्झाएँ । अझ आधै कुरा भनेको छु । पूरै नसुन्ने ? सबैले एकै स्वरमा ‘सुन्ने सर’ भने । मैले उनीहरूको उत्तेजना छामी सकेको थिएँ । आज यति, अरु भोलि सुनाउँछु भनें । कतिले त मान्दै मानेनन् । ‘आजै कि आजै’ भन्न थाले । त्यो दिन सम्झाइ बुझाइ गरी सबैलाई शान्त हुन आग्रह गरें ।
अब मैले सुनाउनैपर्ने भएको छ, कैलाली कारागारभन्दा अव्यवस्थित खत्तम जेल कहाँ पो होला नेपालमा ? आफैलाई सोधें । कहीँ छैन । जहाँ शुद्ध खाने पानी छैन । एउटा पत्रिका छैन । किताब छैन । ज्ञानगुनका, छलफल, तालिम प्रशिक्षण कहिल्यै हुँदैन । यसरी नै सोच्दै थिएँ, भान्सा कमान्डर मगरु थारू गन्गनाउन थाले–
– यहाँ राम्रो चामल कहिल्यै आउँदैन ।
– कस्तो हुन्छ ?
– ढुंगै ढुंगा हुन्छ, त्यो नि मोटा, खत्तमै छ ।
– कहाँ किन्नुहुन्छ ?
– हामीले होइन ।
– कसले त ?
– नेपाल खाद्य संस्थानले पठाउँछ ।
– खाद्यले अखाद्य पठाउँछ ?
– हो सर ।
– केही भन्नुहुन्न त ?
– कति भन्नु, कसैले सुन्दैन ।
– प्रतिकेजी अर्तिस रुपैयाँ ।
– अब त अति भो यहाँ त पशुवत् व्यवहार छ ।
किन चुपचाप बसेको फेरि सोधें,
– हाम्रो पहुँच पुग्दैन ।
– पहुँच ?
– हो सर ।
कस्तो राज्य ? आधारभूत सेवा सुविधाबाट वञ्चित गर्न सकेका पहुँचवालाहरू थोरै दया नि नभएका । मुर्मुरिनुभन्दा अर्काे विकल्प थिएन ।
केही दिनअगाडि मात्रै संसारकै राम्रो संविधान बनायौं भन्दै काठमान्डुलगायत पहाडकेन्द्रित शहरहरूमा दीपावली गरियो रे । त्यसको महिना दिन नपुग्दै जनताको चुलोसम्म बल्न छोड्नु हाम्रो नेताहरूको औकात र देशको भयवाह स्थिति सजिलै बुझ्न सकिन्छ ।
दशैं घरघरमा भित्रिसकेको टिभीमा हेर्छौं । केटाहरू सल्लाह गर्दैछन्, ठूलै खसी ढाल्ने यसपटक । तर घरिघरि घर सम्झिन्छन् सबै ।
उता काठमान्डूमा पेट्रोल, डिजेलको अभावले गाडी नै नचल्दा लाखौं जनता दशैंमा घर जानबाट वञ्चित भएको, ग्याँसको हाहाकारले चुलो नै बल्न छाड्यौ रे भन्ने समाचार दनादन आउन थालेको छ ।
केही दिनअगाडि मात्रै संसारकै राम्रो संविधान बनायौं भन्दै काठमान्डुलगायत पहाडकेन्द्रित शहरहरूमा दीपावली गरियो रे । त्यसको महिना दिन नपुग्दै जनताको चुलोसम्म बल्न छोड्नु हाम्रो नेताहरूको औकात र देशको भयवाह स्थिति सजिलै बुझ्न सकिन्छ । यस्तै राजनीतिक कुरा गर्न महेश भाइ आइपुग्यो ।
– दाजु तपाईंको पार्टीको अध्यक्ष गच्छदार त मन्त्री भएछ नि ।
– हो र ?
– टिभी खोल्नु त ।
हेरेको त राष्ट्रपति भवनमा सपथ लिंदै गरेको देखें । ऊ मेरै छेउमा बसेर अरु दिनभन्दा आज अलि बढी नै खुशी छ । आशा गरेको प्रस्टै बुझिन्थ्यो । अब निर्दाेषहरू छुट्नेछौं भन्ने भाव उसको मुहारले बताउँथ्यो ।
– दाजु यसपटक काम हुनैपर्छ है ।
– कोसिस गरौंला ।
– आशा देखाउन धेरै आउँछन् । तर तपाईंले भनेकै लागोस् ।
उसको कुरा गराइ अलि माओवादी पाराको छ । सिधा कहिल्यै भन्दैन । घुमाइ घुमाइ राजनीतिक, सैद्धान्तिक कुरा गर्छ ।
– दाजु कैदीहरूले पनि कहिलेकाहीँ त..
– के कहिलेकाहीं ?
– बदमाशी गर्छन् ।
– के बदमाशी ?
– के के हो के के… नहुने पनि गर्छन् ।
नामै नलिई भन्न थाल्यो ।
एक जनाले अस्ति भर्खरै जिउँदै मुर्गा ल्याएको राती करणी गरेछ । आन्द्राभुँडी नै बाहिर आएछ । त्यस दिनबाट भित्र जिउँदै कुखुरा ल्याउनै दिन्न । ६ महिनाअगाडि नयाँ वर्ष मनाउन एउटा बाख्री ल्याएको, उसलाई नि एउटाले रातभरि गर्नु गरेछ । दाजु एउटाले त राती कोठामा कताबाट बिरालो छिरेछ, उसैलाई समातेर छिराएछ ।
– कसरी पत्ता लाग्छ त ?– एक जनाले अस्ति भर्खरै जिउँदै मुर्गा ल्याएको राती करणी गरेछ । आन्द्राभुँडी नै बाहिर आएछ । त्यस दिनबाट भित्र जिउँदै कुखुरा ल्याउनै दिन्न । ६ महिनाअगाडि नयाँ वर्ष मनाउन एउटा बाख्री ल्याएको, उसलाई नि एउटाले रातभरि गर्नु गरेछ । दाजु एउटाले त राती कोठामा कताबाट बिरालो छिरेछ, उसैलाई समातेर छिराएछ ।
– कोठामा अरु नि हुन्छन् त । अरे दाजु चरेस, भाङ खान्छन्, जुवा खेल्ने त कति छन् छन् ।
– तिमी त त्यस्तो गर्दैनौ ?
– त्यस्तो त सम्भव छैन । तर कहिलेकाहीँ ट्वाइलेटमा ।
– के ट्वाइलेटमा ?
– हातैले दिन्छु, के गर्नु जवानी छ । ६ वर्ष भो यहीँ । तर बहुत कम, अरुले झन् ।
– मुर्गा, बाख्रा, बिरालोलाई गर्नेहरूलाई के गर्नु खै ?
– के गर्नु, सम्झायौं, अलि अलि लटक नि दिइम् ।
म फेरि जिप्रकाको कैदी भाइहरूलाई सम्झिन थालेँ । अनि पहिलो दिन जेल छिर्दा जेलर बर्बराएको सम्झिन थालेँ । आखिर कैदीहरूको नि केही कमजोरी त छन् अवश्य ।
छेउमै नरेश भाइ सुन्दै रहेछ हाम्रो कुरा, हामीतिरै फर्कियो । दाजुलाई अर्काे नि सुनाउछुँ ल ।
– हुन्छ ।
– एक जना साथीको श्रीमती र साली भेट्न आएका थिए । एउटालाई साली मन परेछ, कहाँबाट सिन्दुर पाएछ, गेटमै हात छिराएर सिन्दुर हालिदिएछ । त्यसपछि केही दिन त बबालै भयो नि यहाँ ।
– यार यसपटक कस्तो कस्तो नयाँ फेसनका पाइन्ट, जाकेट आका छन् ?जेलनेल विश्वविद्यालय हो भन्थे कतिले । साँच्चै रैछ । प्रत्यक्ष अनुभूति गर्न पाएछु भन्ने लाग्यो । कोठाभन्दा बहिर सामान्य घुमफिर गर्न मिल्ने ठाउँमा थियो । छेउमै सार्वजनिक फोन छ, केटाहरू लाममा छन् फोन गर्न । एउटाले कसैलाई पोखरा फोन गरी बडा मजाले सोध्दै छ–
यस पटकको नाकाबन्दीले बाहिर दशैं खल्लो सुनिन्छ रेडियो, टिभीहरूमा । तर जेलभित्र दशैंको रौनक छ । जमरा राख्नु दुई दिनअगाडि मात्रै मेरो जेल जीवन सुरु भयो । त्योभन्दा अगाडि यहाँ माहोल कस्तो थियो थाहा भएन । अहिले भने यहाँ राम्रै रौनक छ ।
प्रायः बिहान आठ बजेसम्म सबैले सरसफाइ सक्छन् । नौ बज्दासम्म त धेरैले पाइन्ट, टिसर्ट, कालो चश्मा, जुत्ता मानौं आफिस टाइम भो सबै आआफ्नै धुनमा चिटिक्क ठाँटिन्छन् । यो दुई घण्टापछि करिब १२ बजेपछि भेट्नेहरूको लर्को ताँती नै हुन्छ ।
३ सय ८६ जना कैदीका कम्तीमा पचास जना त दिनहुँ भेट्न आउँछन् होला । दशैंले पनि हुनुपर्छ, भेट्नेको बढी भीड छ । बाफ रे भेट्न आउनेहरू पनि झिलिमिली भै आउनुपर्ने । कसैको साली, कसैका श्रीमती, आमा, बुबा, गर्लफ्रेन्ड, नातागोता, साथीभाइ सबै ।
जेलमै दशैंका कपडा बेच्नेहरूको पनि त्यति नै बेला लस्कर, त्यो पनि ठिटीहरू । भेट्न आउने राम्री देख्नै नहुने । आज त आधा छाती देखाउँदै टाइट पाइन्टमा आएकी ठिटी । कैदी ठिटाहरू त्यसै त्यसै मख्ख ।
किन्नेले किने । नकिन्नेले पनि दोहोर्याइ तेहर्याइ कपडा हेर्नमा व्यस्त छन् । थोरैले कपडा हेर्दै छन् । धेरैको ध्याउन्न आधा देखिने छातीमै केन्द्रित छन् । कति त ट्वाइलेट पुगिसके । एकदेखि दश वर्षसम्म जेलभित्रै सजाय भोगिराखेका खर्रिएका केटाहरूको बाहुल्य छ । ठिटी हेर्न मात्रै पाउँदा पनि मख्ख भएका ।
वि.सं. १९९७ सालमा तात्कालीन राणाहरूले बनाएको यो जेलमा नयाँ संरचना सामान्य टालटुलबाहेक छैन । हेर्दै ढल्ला कि जस्तो देखिने थोत्रो संरचना । निर्दाेष नयनहरू तडपिँदा ती थोत्रा भित्ताहरू पनि साथ दिन तयार छन् जस्तो लाग्ने । फेरि सबका सब दोषी कैदी पनि होइनन् । गत वर्ष मात्र तीन जना कैदीले आत्महत्या गरेका रैछन् । बेलाबेला कैदी र जेलरबिच झडप हुने । पटक पटक सम्बन्धित निकायमा जानकारी गराउँदा पनि सुनुवाइ शुन्य ।
तर यस पटकको दशैं नयाँ नयाँ साथ संगत, फरक ढंगले मनाउनेमा हामी ढुक्क छौं ।
जेलमा अधिक दुःखी भएको यो पहिलो पटक थियो । कस्तो सरकार ? कस्तो राज्य ? कस्तो कानुन अनि प्रशासन ? जबकी जेलमा ५० प्रतिशत निर्दाेषहरू कैदी कहिले न्याय पाउने ? थोत्रो भैतिक संरचना कहिले बन्ने ? बन्दी कैदीहरूको क्षमता बिस्तार र आत्मनिर्भर बनाउने योजना खै ?
बिनाकारण जंगिने जेलरलाई सबैले सन्कहा भन्छन् । कसैले ट्वाँटे भन्छन् । किनकी उनको आँखा अक्सर रातै हुन्छ । यस पटकको दशैं घरमा के कस्तो तयारी छ ? किनमेल के कति भयो ? भेट्न आउनेहरूलाई सोध्छु । मैले पनि दुई वटा नयाँ कट्टु, भाइले ल्याएको नयाँ जुत्ता, केही किताब किनेको छु । लुकाइ लुकाइ मोबाइल पनि राखेको छुँ । यसैमा बुहुको थरि थरिको फोटो हेर्छु ।
२०७२ साल कर्तिक २ गते नयाँ मन्त्री बैठकले ४० प्रतिशत कैद सजाय भोगेको फैसला पनि भएकालाई छोड्ने निर्णय ग¥यौ भन्दै दिलिप भाइ आयो,
– दाजु तपाईंले मन्त्रीलाई बुझ्नुभो ?
– छैन ।
अब अरु नि थपिए सोधपुछ गर्नेहरू । नभन्दै टिभीमा समाचार आयो ।
जेलमा अधिक दुःखी भएको यो पहिलो पटक थियो । कस्तो सरकार ? कस्तो राज्य ? कस्तो कानुन अनि प्रशासन ?
जबकी जेलमा ५० प्रतिशत निर्दाेषहरू कैदी कहिले न्याय पाउने ? थोत्रो भैतिक संरचना कहिले बन्ने ? बन्दी कैदीहरूको क्षमता बिस्तार र आत्मनिर्भर बनाउने योजना खै ? प्रत्येक वर्ष सरकारले यतिउति प्रतिशत सजाय काटेकाहरूलाई छोड्न औपारिकता मात्र हो । जुन देखावटी र बनावटी मात्र छ ।
म यसअघि ढाका, मलेसिया, दिल्ली, रुवान्डा, डारुसलामका जेलहरूमा पुगिसकेको थिएँ । तर कैदी भएर होइन । त्यसमध्ये दिल्ली र डारुसलामका जेलहरूमा विभिन्न प्रकारका तालिम, प्रशिक्षण आधुनिक पढाइ र चप्पल, जुत्ता, झोला, सल, टोपीका स्याना स्याना उद्योगहरू । जहाँको उत्पादन फेमस नि छ ।
जेलभित्र लखपति बनेका, सजाय पूरा भै बाहिरिँदा पनि इलम र आत्मनिर्भर भै निस्कन्छन् । यस्ता कुरा गर्दा यहाँका कैदीहरू मख्ख त हुन्छन् । तर भोलिपल्टैदेखि गफै त हो भन्छन् । हुन पनि हो । देश डुब्ला जस्तो भाँडभैलो छ । जेल बन्दीहरूले के आशा गरुन् ।
जेलर साबले भनेको सम्झें–
– जेल भन्नु हुँदैन ।
– किन ?
– सुधार गृह हो ।
– कसरी ?
– सबै अपराधी छैनन् ।
यति भन्दा मेरो मनै तोडिएको थियो । हो पनि । केही दिनयता म लगातार दुई सय कैदी बन्दीहरूको गुनासो सुनिसकेको छु । सायद नेपालमा सबै जेलका बन्दी कैदीहरू धेरै निर्दोष छन् । कैदीको उजुरीको चाङ छ । सुधारको मौका कसरी सुरु गर्ने, कहाँबाट गर्ने ? फेरि सोचें ।
हाल सत्तामा आसिन नेताहरू अधिकांश यो विषयमा जानकार छन् । तर मेरो मान्यता हो केही सुधार र सुविधा जेलमा हुन जरुरी छ । लामो समय कैद सजाय भोग्नेहरू छुट्दा आत्मनिर्भर बनून्, राम्रा सिकाइ गरेर जाऊन् । शिक्षित, विद्वान् भै जाऊन्, जसको व्यवस्थापन थोरै लगानीमा सम्भव छ ।
-सेक्स युद्ध र जेल (२०७२) पुस्तकबाट/himalayamail.com