Breaking News

अब रगत निकाल्नै नपर्ने,मोबाइल एपले नै जाँच्नेछ ब्लड र सुगर

Feb Tue 2020 05:40:34

435 views

अब रगत निकाल्नै नपर्ने,मोबाइल एपले नै जाँच्नेछ ब्लड र सुगर

बेलायती वैज्ञानिकहरुले एउटा यस्तो स्मार्टफोन एप्लिकेसन बनाएका छन् जसले ब्लड सुगरको जाँच गर्नेछ । यस एपको नाम एपिक हेल्थ राखिएको छ । यसले मधुमेहको जाँच गर्ने मानिसहरुमा औँलामा सुई लगाएर रगतको थोपा निकाल्ने झण्झट हटाइदिनेछ । यसमा विरामीले आफ्नो औँलामा क्यामराको लेन्स राख्नुपर्नेछ । त्यसपछि यो एपले औँलाको स्क्यान गरेसँगै प्रयोगकर्ताको मुटुको दर, शरीरको तापक्रम तथा रक्तचापको जाँच गरेर जवाफ दिनेछ ।  यो एपले मानिसको इन्सुलिन हर्मोनको प्रतिरोधी लेभलको पनि जाँच गर्नेछ । जसले मधुमेहको खतरालाई सुरुमै आँकलन गर्न सकिनेछ ।

पछिल्लो तीन वर्षदेखि वैज्ञानिकहरुले यो एप बनाउने प्रयास गरिरहेका थिए । आउँदो केही महिनामै यो एपलाई चिकित्सा परीक्षणमा लगिनेछ । यो  2017 को अन्त्यसम्ममा एपस्टोरमा डाउनलोड गर्नका लागि यो एप पूर्णरुपमा उपलब्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?