Breaking News

३३ वर्षीय मञ्जित विकले बाइकको इन्जिनबाट हेलिकप्टर बनाए

Feb Tue 2020 05:40:58

669 views

३३ वर्षीय मञ्जित विकले बाइकको इन्जिनबाट हेलिकप्टर बनाए

रुकुम छिवाङ–४ का ३३ वर्षीय मञ्जित विकले  होन्डा साइन मोटरसाइलको इन्जिन राखेर हेलिकप्टर बनाएका छन् । उनी पेसाले होटल व्यवसायी हुन् । कक्षा ८ मात्र अध्ययन गरेका विकले ३५ दिन लगाएर हेलिकप्टर निर्माण गरेका हुन् । होटलमा काम गर्दा समय बचाएर हेलिकप्टर निर्माण गरेको विकले बताए ।  हेलिकप्टर निर्माणमा १ लाख ८५ हजार रुपैयाँ खर्च भएको विकले बताए । स्थानीय गोविन्द बुढाले हेलिकप्टर निर्माण गर्दा लागेको सबै खर्च बेहोरिदिएका हुन् । हेलिकप्टर पेट्रोलको सहायताले उड्ने दाबी विकको छ ।

टाढैबाट देखेको भरमा हेलिकप्टर निर्माण गरेको उनको दाबी छ । ‘मैले टाढाबाट मात्र हेलिकप्टर देखेको छु, नजिकबाट हेर्ने मौका मिलेको छैन,’ विकले भने । ‘अलि पहिला ख्यालख्यालमै सानो हेलिकप्टर पनि उड्ने नै बनाएको थिएँ,’ विकले भने, ‘पहिलो बनाएका आधारमा यसपटक ठूलो आकारको बनाएको हुँ । मुसिकोट ५, सोलाबाङ बजारमा होटल व्यवसाय गर्दै आएका उनको ३ दिनयता चर्चा चुलिएको छ । होटलमा खाना, नास्ता बेच्ने विक अहिले फरक भूमिकामा देखिएका छन् ।

 तस्बिर : हरि/कान्तिपुर

[embedyt] http://www.youtube.com/watch?v=PABA6inuyoM[/embedyt]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?