Breaking News

वाणिज्य बैंकको ईपीएस बढ्यो, कुनको कति ? (सूचीसहित)

Jul Fri 2022 02:39:37

1627 views

वाणिज्य बैंकको ईपीएस बढ्यो, कुनको कति ? (सूचीसहित)

वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । १२ वटा वाणिज्य बैंकहरुले प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण अनुसार अधिकांश बैंकको ईपीएस बढेको पाइएको हो ।

आर्थिक वर्ष २०७७/७८ को तुलनामा १२ वटा बैंकमध्ये ९ वटाको ईपीएस बढेको छ भने ३ वटाको घटेको छ । समीक्षा अवधिमा सानिमा, सिटिजन्स र लक्ष्मी बैंक बाहेक अन्य बैंकहरुको ईपीएस बढेको छ ।

ईपीएस बढाउने बैंकहरुमा एनआईसी एशिया, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे, प्रभु र एनसीसी रहेका छन् । यी मध्ये सबैभन्दा बढी इपीएस एनआईसी एशिया बैंकको छ । अघिल्लो आर्थिक वर्षमा २८.१८ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा ३९.१३ रुपैयाँ पुगेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश खुवाएको छैन ।

त्यस्तै, बढी ईपीएस हुनेको दोश्रोमा एभरेष्ट रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १९.९१ रुपैयाँबाट बढेर २७.०१ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, २० रुपैयाँभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई, सनराइज, माछापुच्छ्रे र सानिमा बैंक रहेको छ ।


प्रभुको १९.५२, एनसीसीको १८.१५, सिटिजन्सको १५.८५ र लक्ष्मीको प्रतिसेयर आम्दानी १३.८८ रुपैयाँ रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?