बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टी बापत मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलसिलामा उपलब्ध गराएको रकम फिर्ता पाएको छ ।
उक्त काउन्टर ग्यारेन्टी बापतको बीओकेले ९० करोड र हिमालयन बैंकले ६६ करोड रकम फिर्ता आज पाएका हुन् । आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समूहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुने गरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट ग्यारेन्टी जारी गरिएको थियो ।
आयोजनाको काम ठेकेदार कम्पनीले सम्झौता अनुरुप पूरा नगरी बीचमै छोडेको हुँदा मेलम्ची खानेपानी आयोजनाले उक्त ग्यारेन्टीे उपर दावी गरेकोले बीओकेबाट ग्यारेण्टी वापतको रकम भुक्तानी गरिएको थियो ।
बैंकबाट मेलम्ची खानेपानी आयोजनालाई जारी गरेको एड्भान्स पेमेन्ट ग्यारेन्टी वापतको भुक्तानी रकम अमेरिकन डलर ६,६२५,०१० र युरो १,४११,४५३ आज बैंकलाई फिर्ता आएको बीओकेका सीईओ श्रवण मास्कले बताए ।