हिमालयन बैंक र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच सम्झौता
Jun Sat 2023 10:26:06
695 views
हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टर बीच बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
काठमाडौँको विशालनगर स्थित सो हेल्थ केयर सेन्टर र बैंक बीच भएको सम्झौता अनुसार उक्त संस्थाले हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४÷७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा निम्न कार्डहरु बाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।