Breaking News

रेखा थापादेखि धुर्मुससम्मको ‘तिहार प्लान’ यस्तो छ

Feb Tue 2020 05:40:35

861 views

रेखा थापादेखि धुर्मुससम्मको ‘तिहार प्लान’ यस्तो छ

रेखा थापा (नायिका)

मलाई तिहार एकदमै मनपर्ने चाड हो । यसको अर्थ अन्य चाड मन नपर्ने होइन । हामी नेपालीका सबै चाडपर्वहरु १०१ राम्रा छन् । हामी संस्कृतिका धनि हौ । तर जसरी हाम्रा पूर्खाले दिपावली तथा अन्य चाडपर्व मनाउँथे नयाँ पूस्तामा त्यो देखिदैन । अल्ली तडकभडक देखिन्छ । देखावटीको लागि मात्र चार्ड नमानौै । हामीले आफ्नो मौलिकताको सधै रक्षा गर्नुपर्छ । एकआपसमा सामिप्यता बाड्न र भाइचारा बढाउन चार्डपर्वको मुख्य भूमिका रहने भएकाले भएसम्म परम्परागत रुपमा मौलिकता झल्काउने गरी चार्डपर्व मानौ । तिहारमा सेल रोटि पकाउने चलन छ । दिदिबहिनी दाजुभाई जमघट भएर रमाइलो गर्न पाउने यो उत्सव पनि हो । त्यसैले तिहारमात्र होइन अन्य चार्डलाई पनि विकृतिमय नबनाऔ जे छ त्यतिमै परम्परा बचाउने कोशिस गरौ । सूँस्कृति हाम्रो गौरव हो ।यसपालिको तिहारमा पनि त्यै हो परम्परालाई आत्मसाथ गर्दै परिवारमै बसेर रमाइलो गरेर मनाउने सोचमा छु । अन्तमा यो तिहारले घरको अध्यारो मात्र होइन मनकै कालो भगाओस् । सम्पुर्ण नेपालीहरुलाई यो रामप्यारीको तर्फबाट धेरै धेरै शुभकामना भन्छु ।

निखिल उप्रेति (नायक)

हाम्रा चार्डपर्व जुन शैलीमा परम्परादेखि चल्दै आएका थिए त्यै अनुसार नै मनाऔ । अन्य बर्षभन्दा यो बर्षको तिहार अत्यन्तै कष्टकर तिहार बनेको छ आम नेपालीको लागि । घर अध्यारै भएपनि मनको ज्याति बालेर उज्यालो छरौ । मेरो आफ्नो बारेमा भन्नुपर्दा यसपालि टिका छैन् हुनत एउटा कलाकारलाई पर्व मनाउन त्यति असहज हुदैन । दर्शक र श्रोतासंगको रमाइलोले मनलाई प्रफुल्लीत छ । सम्पूर्ण नेपालीहरुमा यो तिहारले उमङग छाओस् ।

अन्जु पन्त (गायिका)

अहिले देशमा भद्रगोल स्थिति सिर्जना भएको छ । आम नेपालीको मनमा खुशीको वहार छैन् । तरपनि अभावका बीच एक आपसमा रमाइलो गरेर तिहार मनाऔ । दिदिबहिनी दाजुभाई भेट भएर एक आपसमा रमाइलो गरौं । चार्डपवलाई विकृतिमय नबनाऔ । पिउने र होहल्ला गर्ने बानी हटाऔ । साधा जीवन उच्च विचारको भावनाले तिहार मनाऔ । यसपालिको तिहारमा नवलपरासीमा कार्यक्रम छ त्यही श्रोता र दर्शकसंग रमाइलो गरेर बित्ने छ । अन्तमा सबै नेपालीहरुमा तिहारको शुभकामना ।

जितु नेपाल (हाँस्य कलाकार)

यो बर्ष तिहार खासै रमाइलो नहुने छाट देखिएको छ । सबैका घरमा ग्यास रित्तिएको छ । सडकमा गाडि गुड्न छाडेका छन् । भूकम्पले लागेको चोट निको नहुँदै नाकाबन्दीको चोट थपिएको थपिएको छ । तरपनि स्वाभिमान हामी नेपाली एक आपसमा मिलेर चाडपर्व मनाउन जुटेका छौ । सबै जनजीवन थला परेको अवस्थामा चार्डपर्व सहज नहुने पक्का भइसकेको छ । मेरो बारेमा जानकारी गराउनु पर्दा ५ दाजुभाई जम्मा भएर टिका लगाउँछौ । आगोमै भएपनि पकाएर परिकारहरु खान्छौ र देउसी भैलो खेलेर रमाइलो गछौ । मुन्द्रेको तर्फबाट सबै नेपालीहरुमा तिहारको शुभकामना ।

नन्दिता केसी (नायिका)

देशको असहज परिस्थितिले गर्दा हामी नेपाली दुःखमा छौ । चार्डपर्व आयो भनेर त्यति खुशि हुनुपर्ने वहाना कम छ । बजारमा अत्यावश्यक वस्तुहरुको अभाव छ । जे जस्तो भएतापनि हामीले आफूसंग जे जति छ त्यसमै रमाउनुपर्छ । चाडपर्व मनाउने नाममा विकृति निम्तिन नदिउ । मेरो यस बर्षको तिहार काठमाडौमै बित्छ । टिका नभएको कारणले सामान्य रुपमा मनाउने सोग गरेकी छु । अन्तमा यस बर्षको तिहारले सबै नेपालीहरमा उमङगको लहर छाओस् । सबैमा शुभकामना ।

सिताराम कट्टेल (धुर्मुस)

चाडपर्व र परम्पराका धनी हामी नेपाली भरीपूर्ण छौ । त्यसैले हाम्रो संस्कृति जोगाउन हामी आफै लाग्नुपर्छ । अन्य बर्षहरु भन्दा यसपालिको तिहार परम्परा धान्नको लागि मात्र मनाउनुपर्ने स्थिति निम्तिएको छ हामी नेपालीलाई । भूकम्पमा परी ज्यान गुमाएका परिवारमा शोकको पीडा मत्थर हुन नपाउँदै अर्को पिडा निम्तिएको छ । धेरैको दशैं तिहार पालभित्रै अभावमा गुज्रिएको छ । भारतले गरेको नाकाबन्दीले काठमाडौ भित्रै पनि टिका लगाउन जान नसकिने अवस्था छ । मैले करीव ११ बर्ष भयो तिहार काठमाडौंमै मनाउने गरेको छु । यसपाली पनि ३ दाजुभाईले यतै तिहार मनाउँदै छौ । अन्तमा भगवानले सबै नेपालीका दःुखहरु कम गरुन् मेरो कामना ।

कुमार कट्टेल (जिग्री)

देशको काल परिस्थितिले पनि हामी नेपालीलाई त्यति खुशि बनाएको छैन् । अघिल्ला बर्ष जस्तो यो बर्ष खुशि छैन् । ग्यास र खाद्य वस्तुको अभाव सिर्जना भएको छ । आम नेपाली नाकाबन्दीको मारमा छन् । हामीसंग जे छ त्यसमै सभ्य र अनुशासित तवरले तिहार मनाऔ । उशृङ्खल गतिविधि कसैले पनि नगरौ । यसपालिको तिहार तिहार काठमाडौमै मनाउँछु । तिन दाजुभाई जमघट भएर दिदिको हातबातट किा लागाउँछौ । अन्तमा दुर्गा र लक्ष्मी मातासंग हामी नेपालीको एकता नटुटाई दिनुस् भन्दै सबै दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु ।

रामजी खाण (लोक गायक)

अन्य बर्ष जस्तै यो बर्ष आम नेपालीमा तिहारको रौनक छैन् । खुशीको कुरा यो बर्ष संविधान जारी त भयो तर भारतले नाकाबन्दी लगायो । यसले गर्दा आम नेपालीको दैनिकी कष्टकर बनेको छ । बजारमा ग्यास, तेल लगायत खाद्य सामानहरुको अभाव छ । अभावमा खड्किएपनि जसोतसो मिलेर तिहार मनाऔ । कसैले तडकभडक नगरौ । यसपालिको तिहारमा म पाल्पा मै तिहार विशेष कार्यक्रममै हुन्छु । दर्शकसंगै रमाइलो हुनेछ यसपालिको तिहार । अन्तमा लक्ष्मी माताले सबैको रक्षा गरुन आम नेपालीमा शुभकामना ।

जानकी पन्थ (मोडल)

तिहार बत्ति र फुलमालाको प्रतिक हो । त्यसैले यो पर्व मलाई अत्यन्तै मन पर्ने चाड हो । हामी परम्परा र सँस्कृतिका धनि हौ त्यसकारण भावि पुस्ताले पनि यी संस्कृति जान्न पाउन भन्ने हिसाबले अघि बढौ । तर पूरानो पूस्ताले जसरी मान्थे नयाँ पुस्तामा त्यो देखिएको छैन । अन्तमा सबैमा खुशी छाओस् दशैको शुभकाना ।

प्रस्तुतीः शिवहरि घिमिरे/ http://onlinepatrika.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?