Breaking News

सूर्यको चमक पाँच गुणा कम बन्दै गएको वैज्ञानिकको दाबी

May Mon 2020 03:32:55

1299 views

सूर्यको चमक पाँच गुणा कम बन्दै गएको वैज्ञानिकको दाबी

जर्मन वैज्ञानिकहरुले सूर्यको चमक कम हुँदै गएको निष्कर्ष निकालेका छन् । म्याक्स प्लांक इनस्टिच्युटका अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार सूर्यको चम्किलोपना यसअघि अनुमान गरिएको भन्दा निकै उच्च दरले घटेको छ । आकाशगंगामा रहेका अन्य ताराहरुको तुलनामा सूर्य कमजोर अवस्थामा रहेको पनि वैज्ञानिकहरुको ठहर छ ।

पछिल्लो ९ हजार वर्षमा सूर्यको चम्किलोपनामा ५ गुणाले कमी आएको हो ।

वैज्ञानिकहरुका अनुसार पछिल्ला केही हजार वर्षयता सूर्य शान्त छ । सूर्यको सतहमा बन्ने सोलार स्पटबाट यसको गणना गरिन्छ । सूर्यको केन्द्रबाट जब तातोको तीव्र लहर माथि उठ्दछ, तब सोलार स्पट बन्दछ ।

पछिल्लो समय सन् १६१० यता सूर्यमा बन्ने सोलार स्पट लगातार कम हुँदै गएको रेकर्ड छ । अघिल्लो वर्ष समेत लगातार २ सय ४६ दिनसम्म सूर्यमा कुनै पनि त्यस्तो सोलार स्पट देखिएन । वैज्ञानिकहरुका अनुसार सरल भाषामा यसलाई सूर्य थाकेको र छोटो निद्रा लिइरहेको अर्थ लगाउन सकिन्छ ।

सूर्यको केन्द्रमा आगोको विस्फोट नभैरहनु र सोलार स्पट नबनिरहनुले अन्य ताराहरुको तुलनामा सूर्य कमजोर बनेको देखाउँदछ । जसका कारण सूर्यको चमक फिक्का हुनुका साथै प्रकाशमा समेत कमी आएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?