Breaking News

झापाली विद्यार्थी समूहको प्रविधि चमत्कार, देशभर ‘वाइफाइ’ प्रवाह गर्ने नानो इन्टरनेट सर्भरको विकास

Feb Tue 2020 05:40:51

354 views

झापाली विद्यार्थी समूहको प्रविधि चमत्कार, देशभर ‘वाइफाइ’ प्रवाह गर्ने नानो इन्टरनेट सर्भरको विकास

के हो ‘नानो’ इन्टरनेट सर्भर र कसरी काम गर्छ यसले

झापाली स्थानीय विद्यार्थीहरुले  द्रुत गतिमा लामो दुरीको ‘वाइफाइ’ प्रवाह गर्न सक्ने उपकरण नानो इन्टरनेट सर्भर बनाएर सफल परीक्षण गरेका छन् ।  नानो इन्टरनेट सर्भर कनकाई उच्च मावि, सुरुङ्गाको कक्षा १२ मा विज्ञान सङ्काय अन्तरगत अध्ययन गर्ने दिनेश ओलीको नेतृत्वमा रहेको समूहले बनाएको हो । वली समूहले सिएफएल बत्तीलाई अनलाइनबाटै बाल्ने प्रविधि र अन्य विभिन्न उपकरणहरुको प्रयोग समेत गरेका देखाएका छन् । प्रयोगको क्रममा ३ किलोमिटर वरिपरि निःशुल्क इन्टरनेट ‘सर्फ’ गरेर नानो इन्टरनेत सर्भरले सफल प्रयोग गर्न सकेको थियो ।student-technology

के हो ‘नानो’ इन्टरनेट सर्भर र कसरी काम गर्छ यसले

विद्यार्थीहरुले बनाएको ‘नानो इन्टरनेट सर्भर’ बाट नेटवर्क प्रवाह भएपछि उपस्थित अवलोकनकर्ताहरुको आ- आफ्नो एन्ड्रोइड सेटमा ‘वाइफाइ अन’ गर्नुपर्नेहुन्छ । प्रयोगको क्रममा दिनेश ओलीको नेतृत्वमा रहेको समूहले बनाएको नानो इन्टरनेट सर्भर अन गरेरपछि मोवाइलमा ३ वटा वाइफाइ सिग्नल देखायोयो, ‘ओली वाइफाइ’, ‘सुरुङ्गा सर्भर’ र ‘सुरुङ्गा’ । तीनमध्ये कुनै एकमा कनेक्ट गर्न भनियो । कनेक्ट भयो । र, प्रोजेक्टरमार्फत एउटा ‘वेव लिङ्क’ देखाइयो । जुन लिङ्कभित्र गएपछि देश विदेशका समाचार, सूचना, गीत, अडियो, भिडियो लगायत देखियो । 

साथै, त्यसबाटै च्याट गर्न मिल्ने प्रविधि पनि रहेछ । सबैले यो नेटवर्क कनेक्ट गरेर दिइएको लिङ्क खोलेपछि त्यस नेटवर्कभित्र निःशुल्क फोन, एसएमएस र च्याट गर्न समेत सकिन्छ ।

यति मात्र होइन, त्यहीँबाट सुरुङ्गाको मौसमको विवरण समेत देखाइयो । वली समूहले बनाएका अन्य उपकरणहरुमा स्मार्ट लाइटिङ सिस्टम, उच्च सतर्कता सुरक्षा प्रणाली र मौसम स्टेशन प्रविधि विशेष छ ।

स्मार्ट लाइटिङ सिस्टमकै प्रयोगबाट कार्यक्रम प्रयोगकानेउद्घाटन गरिएको थियो । यो सिस्टममा ‘रिले स्वीच’ को प्रयोग गरिएको छ । जसलाई माइक्रो कन्ट्रोलरमा ‘प्रोग्रामिङ’ गरेर तयार पारिएको हो यो उपकरण । कन्ट्रोलरलाई चलाउन अनलाइन या मोबाइलबाट सिग्नल दिनुपर्छ र, हामीले चाहे बमोजिमको बत्ती बाल्न सक्छौं ।student-technology-jhapa-oli

त्यस्तै, उच्च सतर्कता प्रणालीले कोही व्यक्ति यो उपकरण राखिएको ठाउँमा आएर केही सामान उठाउँछ वा चलाउँछ भने सूचना दिन्छ । त्यहाँबाट वेग्लै आवाज निस्किन्छ । यसरी यो उपकरणले मानिसलाई सर्तक बनाउँछ ।

विद्यार्थीहरुले स्थानीय स्रोत र साधनको प्रयोगबाट मौसम स्टेशन पनि बनाएका छन् । जसको माध्यमबाट सुरुङ्गाको मौसम बारे सम्पूर्ण विवरण पाइन्छ । यो विवरणलाई विद्यार्थीहरुले आफूहरुको नेटवर्कमा दैनिक ‘अपलोड’ गराइराख्छन् ।

३ किलोमिटरको क्षेत्रमा सीमित वाइफाइको यो उपकरणलाई सरकारले अनुमति दिए नेपालभरि नै सञ्चालन गर्न सकिने टोलीका नेतृत्वकर्ता विद्यार्थी ओली दावी गर्छन् ।उनीले सबैबाट सहयोग प्राप्त भए चाँढै कनकाई नगर क्षेत्रभरि यसलाई विस्तार गर्न सकिने बताए । dinesh-oli

विद्यार्थीहरुले प्रयोग गरेर देखाएका ‘नानो इन्टरनेट सर्भर’ उपकरण विश्वको लागि नौलो नभए पनि नेपालको हकमा भने नयाँ भएको नास्टका प्रविधि अनुसन्धानकर्ता सुमन पौडेलले बताए । बिद्यार्थी आविष्कार टोलीका नेतृत्वकर्ता दिनेश वलीले भने यी ३ वटा उपकरण बनाउन रु १ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । साँच्चै नयाँ नेपाल इ नेपाल बनाउने हो भने दिनेश वलीको यो समूहको आविष्कारलाई सरकार र सरोकारावाला निकायहरुले प्रयोगमा ल्याउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?