Breaking News

खस्केको वित्तिय संस्थाहरुलाई प्रभुको छहारी दिदै बैकिंग इतिहास बनाउदै प्रभु बैकका सिइओ अशोक शेरचन

Feb Tue 2020 05:40:49

523 views

खस्केको वित्तिय संस्थाहरुलाई प्रभुको छहारी दिदै बैकिंग इतिहास बनाउदै प्रभु बैकका सिइओ अशोक शेरचन

काठमाडौं ।  यात्रा सफल हुनलाई गाडी मात्र राम्रो भएर हुदैन, त्यो गाडीलाई हाँक्ने ड्राइभर पनि उत्तिकै कुशल र पुर्ण हुन जरुरी छ । गाडी नयाँ होस, राम्रो होस, जतिसुकै कन्डिशनमा भएको होस तर खराव ड्राइभरको हातमा पर्यौ भने त्यो गाडी जतिसुकै बेला जे पनि हुन सक्छ । तर गाडी अलिकति पुरानै होस, थोरै कन्डिशन विग्रीएकै किन नहोस असल र कुशल ड्राइभरको हातमा पर्यो भने त्यसलाई मर्मत सम्भार गरेरै भएपनि गन्तव्यमा पुर्याएरै छाड्छ । यो कुरा हरेक क्षेत्रमा सफलतासंग जोडिएर आउछ ।

चलचित्रमा अर्काले लेखेको कथा अर्काले गरेको निर्देशनमा अभिनय गरेर नायक बन्न त कति गाह्रो छ भने वास्तविक जीवनमा ‘हिरोइक’ काम गरेर साँचो अर्थमा वास्तविक नायक बन्न त झन कत्ति हो कति गाह्रो छ । कति त आफ्नो नसीवलाई धिकार्दै बस्छन त, कतिका एक सय एक बहाना हुन्छन, सफल हुन नसकेकोमा दोष थुपार्नको लागी । तर वास्तविक कामका नायकहरु यस्ता हुन्छन जसले आफ्नो विराट लक्ष्य निर्धारण गरिसकेपछि अर्जुन दृष्टि लगाएर भिष्म प्रतिज्ञाका साथ आँटेको काम पुरा गरेरै छाड्छन् ।

आफ्नो कामबाट नै नाम, दाम र इनाम कमाएका नायक हुन अशोक शेरचन । बाणीज्य क्षेत्रका यी नायक प्रभु बैकका प्रमुख कार्यकारी अधीकृत( सिइओ) हुन । २०२९ सालमा बाग्लुङमा जन्मीएका शेरचन बाणीज्य बैँकहरुका सिइओहरु मध्यका कान्छा हुन । सन १९९६ बाट नेपाल बंगलादेश बैँक मार्फत बैँकिङ करियर सुरु गरेका शेरचनले एनसीसी र नेपाल बंगलादेश बैकमा गरी १० बर्ष काम गरे पश्चात सन २००६ देखी प्रभु समुहमा आवद्ध भएर काम गरिरहेका छन् ।

प्रभु फाइनाइन्स संगै प्रभु विकास बैँकमा समेत सिइओको भुमीका निर्बाह गरिसकेका शेरचनले डुव्न लागेको किष्ट बैँकको व्यावस्थापन प्रभु समुहले लिएर किष्ट बैँकसंग प्रभु विकास बैँक मर्ज भएपछि सायक सिइओ हुदै अहिले सिइओको रुपमा निरन्तर नेतृत्व गरिरहेका छन् ।

डुव्न लागेको किष्ट बैँकलाई उद्धार गरेर निराश भएका लगानीकर्ताहरुलाई खुःसी त दिलाएकै छन् । एक पछि अर्को वित्तिय संस्थाहरु खरिद गरेर वित्तबजारमा समेत नयाँ खालको तरङ्ग सृजना गरिदिएका छन् । हालैमात्र प्रभु बैँकले ग्रान्ड बैँक खरिद गरेको छ । पाँच बर्ष भित्रमा बैँकलाई सबै वित्तिय सुचाङ्कका आधारमा टप १० मा पार्ने लक्ष्यका साथ काम गरिरहेका उनै सिइओ(प्रभु बैँक) अशोक शेरचनसंग हामीले सफलताका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ सोहि कुराकानीको सम्पादीत अंश ।

सफलातालाई कसरी परिभाषित गर्नुहुन्छ ?

सन्तुष्टी नै सफलता हो । लक्ष्य सानो होस वा ठूलो प्राप्त उपलव्धीबाट यदी सन्तोष मान्न सकिएन भने त्यसको कुनै अर्थ रहदैन । यसैले सफलता भनेको सन्तुष्टी हो । सन्तुष्टी संगसंगै नयाँ कार्य र लक्ष्यतर्फ निरन्तर अघि बढनुनै सफलता हो ।

सफलताको लागी केके कुरा आवस्यक हुन्छन् ?

सर्मपण, मेहनत, रणनिती, समूह र कार्यान्यवन यी नै हुन सफलताका आवश्यक पर्नै कुराहरु ।

सफलताको लागी लक्ष नीर्धारण तथा सपनाको के महत्व छ ?

यी दुई तत्वको सफलतामा ठूलो महत्व रहन्छ ।

तपाईको सफलताको सूत्र के हो ?

माथी भनिएका कुराहरु नै हाम्रो सफलताको सूत्र हो ।

यो सुत्रले यहाँको जीवनमा कहाँबाट सफलता दियो, टर्निङ प्वाइन्ट कुन हो ?

हरेक दिन मेरालागी टर्निङ प्वाईन्ट हुन । किनकी हरेक दिन केही न केही नयाँ परिघटनाहरुले जन्म लिईरहेका हुन्छन । यसैले मेरा लागी हरेक दिन नयाँ हुन र निरन्तर मेहनत मेरा सफलताको सूत्र हो ।

सफलताको लागि रिक्स लिनै पर्छ त ?

पर्दैन, कोही जन्मदै सफलता भित्र जन्मिएका हुन्छन । स्थापित उद्यमीहरु र तिन्का सन्ततीहरुले आफना व्यापार व्यावसायलाई समय अनुसार अगाडी बढाउदै लगे पनि हुन्छ । जोखिमको मात्रा कति लिने वा नलिने भन्ने कुराको निक्र्यौल आफै गर्न सक्छन ।

हजारौँ युवाहरु विदेशीँदै छन्, के साँच्चीकै नेपालमा सम्भावनाहरु नभएको हो त ?

सम्भावना प्रशस्त छन तर अधिकार लिएर बसेकाहरुमा सोच चाहिं नभएको हो ।

नेपालमा के कस्ता सम्भावनाहरु देख्नुहुन्छ ?

हरेक क्षेत्रमा सम्भावनाहरु रहेका छन । साना पनि ठूला पनि तर अभाव भनेको पहिचान र प्रर्वद्धनको हो । सरकारी तवरबाट हरेक क्षेत्रमा उद्यमीहरुलाई उपलव्ध गराईदिनुपर्ने प्रक्रिया सरलीकरणका बारेमा कहिल्यै प्रयास भएन । जस्का कारणले बर्तमानमा हामीले सवै क्षेत्रमा अभाव भोग्दै आएका छौं ।

युवा पुस्तामा के समस्या देख्नुहुन्छ ?

युवा पुस्तामा धैर्यता अभाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?