Breaking News

वर्ल्डलिंकद्वारा देशभर निःशुल्क वाईफाई सेवा दिने घोषणा

Oct Thu 2020 07:06:26

1458 views

वर्ल्डलिंकद्वारा  देशभर निःशुल्क वाईफाई सेवा दिने घोषणा

काठमाडौं । वर्ल्डलिंकले नेपालका ३० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिने घोषणा गरेको छ । वर्ल्डलिंकले प्रदान गर्दै आएको १० हजार निःशुल्क वाईफाई हट स्पटबाहेक सात हजार पाँच सय स्थानमा प्रदान गरिने वर्ल्डलिंक बताएका छ । त्यस्तै, अन्य स्थानमा समेत फ्रि हटस्पट ३० हजार पुर्याइने जनाइएको छ । 

फेसबुकको एक्स्प्रेस वाइफाइ परियोजनासँग गरिएको सहकार्यबारे वर्ल्डलिंकले पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै यस्तो घोषणा गरेको हो । 

वर्ल्डलिंकले हाल मुलुकभर १० हजार स्थानमा दिँदै आएको वाईफाई हटस्पट सेवालाई समेत आफ्नो सफ्टवयरमा गाभेर अरु २० हजार स्थानमा निःशुल्क वाईफाई सेवा दिनेछ । वर्ल्डलिंकको निःशुल्क वाईफाई हटस्पटमा फेसबुकले आजैबाट सेवा शुरु गरेको वर्ल्डलिंकका अध्यक्ष दीलिप अग्रवाल बताए । 

त्यस्तै, फेसबुकका प्रतिनिधि अमित सिंहले एक्सप्रेस वार्इफार्इले उच्च गतिको इन्टरनेटको लागि सहयोग पुर्याउने बताउँदै प्रयोगकर्ताले यसको छुट्टै अनुभव गर्ने बताए । 

वर्ल्डलिंकका सीईओ केशव नेपालले फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने बताए । कम्पनीले  हाल देशभर १० हजार स्थानमा सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ । यस्ता वाईफाइमा केवाईसी अनिवार्य रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?