Breaking News

आइसिटी अवार्ड २०१७ पाँच विधामा

Feb Tue 2020 05:40:17

671 views

आइसिटी अवार्ड २०१७ पाँच विधामा

लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ ।  गतवर्ष कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाइ आइसिटी पायोनियर अवार्डबाट सम्मान गरिएको थियो ।

स्टार्टअप कम्पनी अवार्डमा ३ वर्षभित्रका नयाँ आइटी कम्पनीहरुले अवार्डमा भाग लिन सक्नेछन भने इनोभेटिभ प्रडक्ट अवार्डमा एक वर्षभित्र विकास गरिएका प्रडक्टको आधारमा अवार्डमा सहभागी हुन सकिनेछ । यसैगरी आइसिटी स्कोलर अवार्डमा आइटी तथा इन्जिनियरिङका विद्यार्थीहरुले बनाएका प्रोजेक्टको आधारमा सहभागी हुन सक्नेछन । आइसिटी पायोनियर अवार्ड यस क्षेत्रमा महत्वपुर्ण योगदान दिएका व्यक्तिलाइ विशेष सम्मान हो । यसैगरी आइसिटी डायस्पोरा अवार्डमा विदेशमा बसेर आइटीमा काम गरी नेपालको पहिचान दिन सक्ने कम्पनी वा व्यक्तिलाइ दिइने अवार्ड हो ।

कुन कुन विधा छन् ? यस वर्ष आइसिटी अवार्डमा विभिन्न ५ वटा विधा समावेश गरिएको छ ।

  • बेस्ट आइसिटी स्टार्टअप कम्पनी अवार्ड २०१७
  • बेस्ट इन्नोभेटिभ प्रडक्ट आइसिटी अवार्ड २०१७
  • आइसिटी पायोनियर अवार्ड २०१७
  • आइसिटी स्कोलर अवार्ड
  •  बेस्ट नेपाली डायस्पोरा आइसिटी अवार्ड २०१७

कसरी सहभागी हुन सकिन्छ ? यी अवार्डहरुमा सहभागी हुन www.ictawardnepal.com वेबसाइटमा गई सम्बन्धित अवार्ड विधा (क्याटेगोरिज)मा अनलाइन फर्म बुझाउनु पर्नेछ । लिभिङ विथ आइसिटीको मोबाइल एप्लिकेशमार्फत् पनि फर्म बुझाउन सकिनेछ ।अनलाइन रजिस्ट्रेसन आजैदेखि सुरु भएको छ । सहभागी हुन चाहने कम्पनी वा व्यक्तिले असार ३१ गतेसम्म अनलाइन रजिस्ट्रेसन फारम बुझाइसक्नु पर्ने छ ।

 पत्रकार सम्मेलनमा अाइसिटी अवार्ड २०१७ बारे जानकारी दिदै अाइसिटेक मिडियाका अध्यक्ष राजन लम्साल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?