Breaking News

अब मोबाइलबाटै ट्याक्सी रिजर्भ, ट्याक्सीमाण्डु एप

Feb Tue 2020 05:40:31

994 views

अब मोबाइलबाटै ट्याक्सी रिजर्भ, ट्याक्सीमाण्डु एप

ट्याक्सीमाण्डु सर्भिस प्र्रालिले ‘ट्याक्सीमाण्डु एप’ सार्वजनिक गरेको छ ।
यो एपले ग्राहक खोज्दै भौतारिनुपर्ने ट्याक्सी चालकहरुको समस्याको सामाधान हुने विश्वास गरिएको छ । 

यसकालागि ट्याक्सी चालक र यात्रुहरुका लागि छुट्टा छुट्टै एप संचालनमा ल्याइएको छ । चालकले आफ्नो मोबाइलको गुगल प्ले स्टोर वा एप स्टोरमा गएर ट्याक्सीमाण्डु ड्राइभर र यात्रुले ट्याक्सीमाण्डु प्यासेन्जर नामक एप डाउनलोड गर्नु पर्नेछ ।

त्यस्तै भिजिट नेपाल २०२० का लागि पनि ट्याक्सीमाण्डु एपले पूर्णरुपमा सहयोग पुग्ने संचालकले बताएका छन् ।

यस एपमा दर्ता हुने ट्याक्सी चालक र यात्रुहरुको नागरिकता, सवारी चालक अनुमतिपत्र तथा फोन नम्बरसहितको सम्पूर्ण अभिलेख राखिन्छ’ उनले भनिन्, ‘यसले चालक वा यात्रुहरुबाट हुनसक्ने गैर कृयाकलापको अनुगमन गर्न र नियन्त्रणमा लिन प्रशासनलाईसमेत सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?