Breaking News

वाइफाइको स्पीड ह्वात्तै बढाउँछ, यी पाँच उपाय

Feb Tue 2020 05:40:43

1629 views

वाइफाइको स्पीड ह्वात्तै बढाउँछ, यी पाँच उपाय

तपाईँले इन्टरनेटको स्पीड सजिलै बढाउन सक्नुहुनेछ । यहाँ तपाईंलाई केहि यस्तो सजिलो तरिका बताउने प्रयासमा छौं जसको सहयोगबाट तपाईंको पुरानो वाईफाई राउटर परिवर्तन नगरिकन नै यसको स्पीडलाई दोब्बरसम्म बढाउन सकिन्छ।

राउटर राखिएको स्थान : तपाईंको वाईफाईको राउटर कुन स्थानमा छ त्यसले स्पीडमा असर पर्दछ। यस्तोमा तपाईंले राउटर कस्तो ठाउँमा राख्नुभएको छ भन्ने विचार गर्नुहोस्। यदि तपाईंले राउटरलाई भुईँमा राखनुभएको छ भने त्यसको वाईफाई सिग्नल तपाईंको डिभाइसमा पुग्न सक्दैन्।

त्यसैले वाईफाई राउटरलाई सकेसम्म अग्लो स्थानमा राख्नुहोस् जसले डिभाइसमा पुरा सिग्नल आउँछ। बहुतल्ले घरमा वाईफाई प्रयोग गर्नुहुन्छ भने घरको माथिल्लो तल्लामा राउटर राख्नुहोस्।

कति दूरीमा छ वाईफाई राउटर :  हरेक वाईफाई राउटरको एउटा निश्चित सीमा तोकिएको हुन्छ। सो राउटरको एरिया कभरेज निश्चित हुन्छ।  राउटरको क्षमता र गुणस्तरअनुसार त्यसको रेन्ज तोकिएको हुन्छ। उदाहरणको लागि कुनै राउटरले ३०० मीटरसम्मको एरिया कभरेज गर्छ भने कुनैले ३० मीटरसम्मको मात्रै।

त्यसैले तपाईंको वाईफाई राउटरले कति दूरीसम्म सिग्नल दिन्छ भन्ने जानकारी राख्नुहोस्। यस्तो जानकारी वाईफाई राउटरको कभरमा वा त्यो डिभाइसको पछाडिपट्टि लेखिएको हुन्छ।

वरिपरिको वातावरण :  वाईफाई राउटरको अवस्था र राखेको स्थान ठिक भएपनि कहिलेकाँही त्यसमा अवरोध हुन्छ।
वाईफाई सिग्नलको सबैभन्दा ठूलो शत्रु भनेको कंक्रीट र मेटल हो। वाईफाईको वरिपरि सकेसम्म मेटलका सामाग्रीहरु नराख्नुहोस्। त्यसैगरि अन्य इलेक्ट्रोनिक्स उपकरणहरु पनि छेउछाउमा नराख्नुहोस्। त्यस्तै कंक्रिट पर्खाल तथा भित्ताहरुले पनि वाईफाईको सिग्नल रोक्ने हुँदा त्यस्तो स्थानमा सकेसम्म राउटर नराख्नुहोस्।

कुन दिशामा वाईफाई राउटर राख्ने :  वाईफाई राउटरले ३६० डिग्री एंगल एरिया कभर गर्दछ। यसले सबै दिशामा एकै प्रकारले समान तहको सिग्नल पठाउने गर्दछ। त्यसैले जुन दिशामा वा स्थानमा बसेपनि केहि फरक पर्दैन तर तपाईंको वाईफाई राउटरको स्थान र प्रयोग गर्ने डिभाइस कुन स्थानमा छ भन्ने बुझ्नुहोस र त्यसको बिचमा कुनै अवरोधहरु त छैनन भन्ने हेर्नुहोस्।

यदि माथिका सबै टिप्सहरु ध्यान पूर्वक प्रयोग गरिसक्नुभएको छ र अझैपनि वाईफाई सिग्नल कमजोर छ भने तपाईंले त्यसको लागि वाईफाई रिपीटर लगाउनु उपयुक्त हुन्छ। वाईफाई रिपीटरलाई कतै कतै वाईफाई सिग्नल बुस्टर डिभाइसको नामले बुझ्ने गरिन्छ। यो सानो उपकरणले तपाईंको वाईफाई राउटर र डिभाइसको दूरी केहि बढि भएपनि वाईफाई सिग्नललाई बढाउन सहयोग गर्दछ। रिपीटरको सहयोगबाट तपाईंको राउटरले धेरै एरिया कभरेज गर्दछ।

रिपीटर डिभाइसको प्रयोग :  यदि तपाईं ठूलो एरियाको लागि वाईफाई प्रयोग गर्न चाहनुहुन्छ भने यस्तो रिपीटर डिभाइस प्रयोग गर्न सक्नुहुनेछ। माथि दिईएका टिप्सहरुलाई ध्यानपूर्वक पढेर लागू गर्नुभयो भने तपाईंको वाईफाई राउटरको समस्या र सुस्त गतिको स्पीडमा दोब्बरले सुधार भएको अनुभव हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?