Breaking News

आइसिटी पत्रकार मञ्चकोे वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम ०७२ हुने

Feb Tue 2020 05:40:36

323 views

आइसिटी पत्रकार मञ्चकोे वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम ०७२ हुने
-साधना बस्नेत
सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था आइसिटी पत्रकार विकास मञ्चको पाँचौ वार्षिकोत्सव कार्यक्रम आयोजना हुने भएको छ । संस्था स्थापना भएको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा पाँचौें वार्षिकोत्सव भव्यताका साथ मनाउने र आइसिटी सम्मान कार्यक्रम समेत गर्ने निर्णय कार्यसमितिले अनुमोदन गरेको छ ।
mayako chino handed to madav nepal
संस्थापक भरतराज उप्रेतीको संयोजकत्वमा राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष एवं राष्ट्रिय खबर डट कमका प्रधान सम्पादक मुकुन्द कुमार ढुंगाना, गोरखापत्र दैनिकका भेषराज वेल्वासे र आइसिटी फ्रेमका सञ्चालक चिरञ्जिवी अधिकारीको कमिटिले मानवअधिकार, सामाजिक, पत्रकारीता, संस्कृती पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मानका लागि सिफारिस गर्ने संस्थाको विज्ञप्तिमा जनाएको छ । पाँचौें वार्षिकोत्सव समारोहमा नाकाबन्दीले अर्थ र आइसिटी क्षेत्रमा पु¥याएको नोक्सानी विषयमा सरोकारवालाहरुसँग अन्तरक्रिया र छलफल समेत गर्ने कार्यक्रम रहेको संस्थाका महासचीव मुकुन्द कुमार ढुंगानाले बताए । कार्यक्रममा  सञ्चार मन्त्रीलाई विशेष स्वागत र मायाको चिनो प्रदान समेत गरिने संस्थाले जनाएको छ । साथै सम्मानित हुने व्यक्तिहरुलाई सञ्चार मन्त्रीको हातबाट सम्मान पत्र प्रदान गरिनेछ ।
ICT samman 2071
पाँचौ वार्षिकोत्सव एवं आइसिटी सम्मान कार्यक्रमलाइृ सभ्य भव्य र आइसिटीमुलक बनाउन आइसिटी क्षेत्रमा कार्यरत सबै पत्रकार मित्रहरु, आइसिटी व्यवसायी, व्यक्तित्व, सरोकारवाला निकाय र आइसिटीप्रेमीहरुलाई आ आफ्नो तर्फबाट सक्दो सहयोग पुयाइदिनुहुन संस्थाले विज्ञप्तिमार्फत सबैमा विनम्र अनुरोध गरेको छ ।
संस्थाले २०७१ मंसीर २७ गते पनि चौथो वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रम पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यमा सफलतापूर्वक सम्पन्न गरेको थियो ।
 पाँचौ. वार्षिकोत्सव तथा आइसिटी सम्मान कार्यक्रममा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, महानगरीय प्रहरी प्रभाग हनुमान ढोकास्थित साइवर ल शाखाको तर्फबाट प्रमुख व्यक्तिहरु र आइटी संघ संस्थाको विशेष सहभागीता रहने संस्थाले जनाएको छ ।
सूचना प्रविधिको प्रयोगको पहुँच आम जनस्तरमा सहज गराउन आइसिटी चेतनाका साथै राज्यको पहिलो प्राथमिकता राख्नुपर्ने अहिलेको आवश्यकता रहेको छ भने ।logo
पत्रकारीतको कान्छो माध्यम अनलाइन पत्रकारीताको विकास क्रम बढ्दै जादा अनलाइन पत्रकारहरु बढिरहेका छन् । त्यसैले अनलाइन पत्रकारीतालाई व्यवसायिक बनाउदै आइसिटी विकासका लागि राज्यको पहिलो आँखा सूचना सञ्चार प्रविधिको विकास र बिस्तारका लागि आइसिटी क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो छ र यसलाई व्यवस्थित गर्न सबै एकजुट हुनु पर्ने समय आएको छ । भखर््र आइसिटी क्षेत्रले अ.कुराउन लागेको अवस्थामा भुकम्प र पछिल्लो समय भारतको अघोषित नाकाबन्दीले नेपालको आइटी उद्योगमा प्रत्या प्रभाव पारेको छ ।
यस कुराको उठान सूचना सञ्चारको संवाहक क्षेत्र सञ्चार मिडिया त्यसमा पनि सूचना सञ्चार विषयमा अनलाइन तथा आइसिटीका खोजमुलक कुराहरु जनस्तरमा ल्याउने संस्था आइसिटी पत्रकार विकास मञ्च भएकोले संस्थाको भूमिका उच्चस्तरमा रहेर अगाडी बढ्नुपर्ने दायित्व थपिएको छ  । यस कुरालाई पाँचौ वार्षिकोत्सवको कार्यक्रम र नयाँ कार्यसमितिले उचित सम्बोधन गर्न सकोस् भन्ने सबैको कामना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?