Breaking News

टेलिकमको पोष्टपेड र प्रिपेड सजिलो अनलिमिटेड प्याक कसरी लिने ?

Dec Mon 2021 11:06:16

628 views

टेलिकमको पोष्टपेड र प्रिपेड सजिलो अनलिमिटेड प्याक कसरी लिने ?

नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको “सजिलो अनलिमिटेड पोस्टपेड प्याक” लोकप्रिय बनिरहेको छ । थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा Add-On Pack समेत खरिद गरी चलाउन सक्दछन् । 

“सजिलो अनलिमिटेड प्याक” अन्तर्गत पोस्टपेडमा रु. ५९९, रु. ७९९, रु. ९९९ र रु. १४९९ का प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।  सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफर अन्तर्गत जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ । 

सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफर अन्तर्गत जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ । 

सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।  

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याकमा जम्मा रु. ५९९ मा प्रतिदिन १ जिबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जिबी डाटा उपलब्ध हुनेछ । यो प्याक लिनुभएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहनुभएमा जम्मा रु. २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने Add-On Pack खरिद गर्न सकिन्छ । यो सेवा प्रयोग गर्नका लागि *14152 डायल गरी दिइएको निर्देशन अनुसारको प्याक छान्न सकिन्छ । त्यसैगरी नेपाल टेलिकम एपबाट पनि यो सुविधा लिन सकिन्छ।

उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको रु. ३८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिन्छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?