Breaking News

पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

Nov Wed 2021 12:33:57

639 views

पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

राहदानी विभागले ई-पासपोर्ट वितरण गर्न शुरू भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो ई-पासपोर्ट वितरण गरेका हुन् ।

विद्युतीय राहदानीका लागि नेपालमा रहेका नेपाली नागरिकको हकमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ । भने विदेशमा रहेका नेपाली नागरिकको हकमा नागरिकता नम्बरलाई मान्यता दिइने बताइएको छ ।

हाल विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने र औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्लाबाटै विद्युतीय राहदानी वितरण गरिने छ ।

विभागका अनुसार पहिलो चरणमा २० लाख थान विद्युतीय राहदानी छापिने छन् । नेपाल सरकारले पासपोर्टको डिजाइनलाई स्वीकृति दिएपछि पहिलो चरणको छपाइ भइसकेको विभागले जनाएको छ ।

विद्युतीय राहदानीको पोलिकार्बोनेट पानाभित्र सुरक्षित चिप्स जडान गरिएको हुन्छ, जसमा व्यक्तिको विभिन्न विवरण सुरक्षित हुन्छ । विद्युतीय राहदानी सुरक्षित र भरपर्दो मानिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?