Breaking News

टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

Feb Tue 2020 05:40:30

406 views

टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु बन्द

सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो । टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र सबै टोरेन्ट लिंकहरु पनि हटाएको छ । टोरेन्जमा अहिले केही चिजहरु सर्च गर्दा यस्तो टेक्स्ट आउँदछः टोरेन्ज निशुल्क, तिव्र तथा शक्तिशाली मेटासर्च इन्जिन थियो जसले दर्जनौँ सर्च इन्जिनबाट लिएका नतिजाहरु एकत्रित पारेर देखाउँथ्यो । टोरेन्जमा अब लगइन गर्न सकिनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?