Breaking News

१३० टिभी च्यानल भएको टेलिकम एप्स एक महिना निःशुल्क

Feb Wed 2020 02:40:28

756 views

१३० टिभी च्यानल भएको टेलिकम एप्स एक महिना निःशुल्क

नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन्। यस प्रकारको सेवा उपलब्ध गराउने एप्स ‘वाउटाइम’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ। नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो।

एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिन्छ। लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल छन्। भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना रहेको नेपाल टेलिकमले जनाएको छ। त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शोहरु पनि हेर्न सकिन्छ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड÷पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ। हाललाई दशैँ तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स ग्राहक निःशुल्क रहेको टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एक महिन पछि भने ग्राहकले शुल्क तिर्नुपर्नेछ। यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर उपयोग गर्न सकिनेछ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर राख्नासाथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?