Breaking News

आय–आर्जन, रोजगार तथा स्वराजगार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Feb Tue 2020 05:40:26

407 views

आय–आर्जन, रोजगार तथा स्वराजगार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शर्मिला विश्वकर्मा

काठमाण्डौं , नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको आयोजना तथा यूके।एड।को सहयोग र डि।डि।पि।को साझेदारीमा विश्व सामाजिक सेवा दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति र आय–आर्जन, रोजगार तथा स्वरोजगार विषयक अन्तरक्रिया कार्यक्रम काठमाण्डौंमा गरियो । सो कार्यक्रममा आयोजक संस्था नेपाल अपाङ्ग मानव अधिकार केन्द्रकी अध्यक्ष तारावदन सेडाईले स्वागत मनतव्यका क्रममा अपाङ्गता भएका व्यक्तिलाई रोजगार तथा स्वरोजगारमा अगाडि बढाउनको लागि सम्बन्धीत निकायले पहल गर्न जरुरी रहेको बताउनु भयो ।

त्यसै गरी नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका पूर्व महासचिव एवं इम्पुटी एशोसिएशनका अध्यक्ष महेश्वर घिमिरेले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार तथा स्वरोजगार बनाउनका लागि कृषि सम्बन्धी तालिम दिनु पर्ने कुरामा जोड दिनु भयो । सो कार्यक्रममा नेपाल अपाङ्ग समाजकी अध्यक्ष तेजकुमारी तिवारीले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारीमा सहभगि गरउनको लागि स्रोत साधन उपलब्ध गराउनु पर्ने, विना धितो ऋण उपलब्ध गराउनु पर्ने कुरामा जोड दिनु भयो ।

यसै गरी अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सञ्जाल AIN की कर्यक्रम संयोजक रेश्मा श्रेष्ठले हरेक गैर सरकारी संघ संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगारी दिनु पर्ने कुरामा जोड दिनु भयो । सोही क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले समाज कल्याण परिषदले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारको लागि नियमित रुपमा कार्यक्रम सञ्चालन गर्नु पर्ने बतउनु भयो । यसै गरी महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका शाखा अधिकृत निमराज भट्टराईले अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न पहल गर्ने बताउनु भयो । उक्त कार्यक्रमका प्रमुख अतिथि एवं समाज कल्याण परिषदका उपाध्यक्ष निलमनी बरालले अपाङ्गता भएका व्यक्तिहरुको रोजगारीको लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग सहकार्य गरेर काम गर्ने, प्रत्येक गैरसरकारी संघ संस्थाहरुले अपाङ्गता भएका व्यक्तिहरुलाई रोजगार दिनु पर्ने विषयमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनु भयो । विश्व सामाजिक सेवा दिवसको अवसरमा अपाङ्गता भएका व्यक्ति र आय–आर्जन, रोजगार तथा स्वरोजगार विषयक अन्तरक्रिया कार्यक्रमको सञ्चालन आयोजक संस्थाका महासचिव जगदिशप्रसाद अधिकारीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?