- लुइटेल दिनेश
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनयुद्ध सुरु गरेको शनिबार २१ वर्ष पुगेको छ । २१ वर्ष अघिको एउटा माओवादी अहिले आधा दर्जन भएका छन् । जनयुद्धको नेतृत्वकर्ता पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकीकृत माओवादीको नेतृत्वमा छन् । मोहन वैद्य ‘किरण’ नेकपा (क्रान्तिकारी) माओवादीको नेतृत्व गरिरहेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादीको महासविच बनेका छन् । मातृका यादव छुट्टै माओवादी पार्टी बनाएर बसेका छन् । जसले जुनजुन पार्टी बनाए पनि सबै माओवादीले फागुन १ गतेसबै माओवादी जनयुद्धको सम्झना गर्दै छन् । माओवादी जनयुद्धमा हजारौँ सहिद भए । सयौँ बेपत्ता छन् । यातनाको शृङखला लामो छ । जनयुद्ध दिवसको अवसरमा पढ्नुहोस्, एमाओवादी युवा नेता हिमाल शर्माले नयाँ पेजका लागि लुइटेल दिनेशसँग साटेका युद्ध भोगाई :
जिउदो साक्षी
युद्धका क्रममा हाम्रा सयौँ कार्यकर्ता सहिद भए । सयौँ साथी काठमाडौँको भैरवनाथ गणबाट बेपत्ता हुन पुगे । म पनि तत्कालिन शाही सेनाद्वारा गरिफ्तारमा परेँ । जतिबेला काठमाडौँ जिल्ला पार्टीको सेक्रेटरी थिएँ । अखिल क्रान्तिकारीको केन्द्रीय महासचिव थिएँ ।
०६० साल कात्तिक ३ गते असनबाट शाही सेनाले गिरफ्तार गर्यो । मानव बधशालाका रुपमा चर्चित भैरवनाथ गणमा कहालिलाग्दो जीवन बिताएँ । २७ महिनाका दर्दना दिन सम्झदा म जिउदो साक्षी छु ।
०६० साल कात्तिक ३ गते असनबाट शाही सेनाले गिरफ्तार गर्यो । मानव बधशालाका रुपमा चर्चित भैरवनाथ गणमा कहालिलाग्दो जीवन बिताएँ । २७ महिनाका दर्दना दिन सम्झदा धन्न जिउदै छु जस्तो लाग्छ । यातनाका कुरा गरिसाध्य छैनन् । २७ महिना पछि नख्खु जेलमा पुगेर मुकुन्डो र आखाँपट्टी खोल्न पाइयो ।
हजार पटक मरेर बाचेँ
भैरवनाथ गण सपना जस्तो लाग्छ । त्यो बेला लाग्थ्यो, ‘हजार पटक मरेर बाच्नु भन्दा एक पटक मर्न सजिलो’, बाल्यकालमा चलचित्रमा यातनाका दृश्य देखेको थिएँ । ति दृश्य देख्दा धेरै पटक रोएको थिएँ । अन्तिममा, आखिर चलचित्र न हो भनेर चित्त बुझाउथेँ । समयले आफैँ दर्दनाक पीडा भोग्नु पर्ने बनायो । अहिले ति दिन सम्झदा नरकबाट फर्के जस्तो, अझ मृत्युशैयाबाट फर्केर आए जस्तो अनुभूती हुन्छ ।
बाँच्छु होला भन्ने एक इञ्च पनि कल्पना थिएन । मेरो मृत्यु हत्केलामा छ भन्ने लाग्थ्यो । तर आत्मसपर्ण गर्न लाउदा मनमनै भन्थे, ‘म गद्दार भएर मर्ने या शहीद भएर सधैँ बाँच्ने ?’ त्यो समयमा यो एउटै सूत्र थियो । विचारले बचायो । सेनाको व्यवहार भनी साध्य छैन । अहिलेको सन्दर्भमा सबै कुराहरु ‘एक्सपोज’ नगर्नु राम्रो होला ।
तत्कालीन अवस्थामा मेलै सबैकुरा भनेको पनि छु । केहीकेही कुरा सम्झदा असाध्यै दुःख लाग्छ । हो हामी विद्रोही हौँ । विद्रोह गरेर अघि बढेको कार्यकर्ता भएको हुनाले पक्राउ पर्नु मुठभेडमा मारिनु सामान्य थियो । अझ जेलनेल खाएर दुःख पाउनु झन् सामान्य हो । वर्ग संघर्ष जसरी पेचिलो बन्दै अगाडि जान्छ, अवश्य पनि उनिहरुको कब्जामा बस्नेहरुले दुःख पाउनु स्वभाविक छ । तर, सेनाले मलाई पक्राउ गरेको कुरालाई सर्वजनिक कहिल्यै गरेन । पक्राउ परेको विद्रोही सार्वजनिक गर्नु पर्दैन ? मानवअधिकारवादीले कति पटक सेनालाई मेरो बारेका पत्रचार गरेर सोध्यो ? अह शाही सेना र भैरवनाथ गणले कहिलै आफ्नो कब्जामा राखेको कुरा स्वीकार गरेन । २७ महिना बेपत्ता बनाएर राख्यो ।
यातनाले बेहोस् हुन्थेँ
२७ महिनासम्म आँखा हेर्न पाइन । हात सिधा भएनन् । खुट्टाका नेल छुटेनन् । चौबीसै घण्टा मुकुन्डो, आँखामा पट्टी, पछाडि बाँधिएर हात र खुट्टामा नेलहरु सँगै यातना मात्र हुन्थ्यो ।
बयान लिदा याताना दिने कुरा भिन्दै थियो । यतानाले बेहोस हुन्थेँ । बेहोस् भएर मर्न तयार भएँ । तर, आत्मसमर्पण कहिलै गरिन । आस्था बचाएँ । यो नै मेरो राजनीतिक सम्पत्ती हो ।
यातानाका प्रकृती पनि अचम्म अचम्मका हुन्थे । एक रात दुईजना सर्वसाधरण थिए । तिनलाई काभे्रको जङ्गलमा लगेर मेरै आँखा अगाडि गोली ठोकेर मारे । खाल्डो खनेर पुरे । मेरा लागि पनि त्यहाँ अर्को खाल्डो खनिएको थियो ।
यतानाका प्रकृती पनि अचम्म अचम्मका हुन्थे । एक रात दुईजना सर्वसाधरण थिए । तिनलाई काभे्रको जङ्गलमा लगेर मेरै आँखा अगाडि गोली ठोकेर मारे । खाल्डो खनेर पुरे । उनीहरु माओवादी होइनन् । मलाई थाहा छ । मेरा कार्यकर्ता मैले नचिन्ने कुरै थिएन । मेरा लागि पनि त्यहाँ अर्को खाल्डो खनिएको थियो । फेरि मेरो बयान लिने कुरा भएपछि त्यहाँ मारेनन् । ‘आत्मसमर्पण गर’, भने । म मानिन । त्यतीबेला बाच्छु जस्तो लागेन । छिटो मर्न पाए हुने जस्तो भएको थियो । ‘वाकीटकी’मा कुराकानी गरेजस्तो गरे । त्यहाँ नमारी फेरी भैरवनाथ फर्काए । पछि मात्र थाहा पाए । त्यो घटना मानसिक याताना रहेछ ।
निर्दोष मारेको देख्दा मुटु नै छियाछिया
मलाई बयान लिनको निम्ति पिटे । शरीरका अंगअंगमा आल्पिन गाडे । करेन्ट लगाए । पानीमा गाडे । बेहोस बनाए । त्यस्ता थुप्रै यातना भोगेँ । ति सबै कुरा भन्न सक्दिन । यो सबै कुरा सहे । तर, कुनै निर्दोष मान्छेहरु मारेको देख्दा मुटु नै छियाछिया हुन्थ्यो । उनीहरुको चित्कार र दर्दको मुकदर्शक बन्नु पर्दा अति पीडा हुन्थ्यो । एक सेकेन्ड पनि बाँच्न मन लाग्दैनथियो । कतिबेला गोली ठोकेर मार्छ, गोलीकहाँबाट शरीरमा गोली पस्छ भन्ने हुन्थ्यो । बुझ्दै जाँदा त्यो यातनाको भिन्न स्वरुप रहेछ । मलाई मार्न भन्दा पनि मेरो बयान लिन मानसिक रुपमा यातना दिइएको रहेछ । यस्ता थुप्रै घटना भए ।
यातना गृहमा मनस्थिति
म मर्न त अवश्य मर्छु भन्ने निश्चित थियो । युद्ध पेचिलो बन्दै गइरहेको थियो । मेरो आदेशमा थुप्रै घटनाहरु पनि भएका थिए । दुश्मनको कब्जामा परेको जिम्मेवार व्यक्ति भएकाले म बाँच्ने आधार थिएन । काठमाडौँ पार्टीको सेक्रेटरीको जिम्मेवारी बहन गरिरहेको थिए । म कुनै हालतमा सेनासँग झुकेको थिइन । आत्मसमर्पण गर्न तयार नहुने भइसकेपछि त उसले मार्ने कुरा त स्वभाविक ठानेको थिएँ । पछि मृत्युलाई जितेपछि डर हराएर गयो ।
‘मरेर शहीद भएर सधैँ बाँच्ने कि आत्मसमर्पण गरेर मरेको आत्मा लिएर बाहिर जाने ?’ भन्ने कुरा मनमा खेल्थ्यो । बारम्बार एउटै सूत्र मनमा खेल्थ्यो, ‘म मरेर सहिद हुन्छु र सधैँभर बाँच्छु ।’
गुन्द्री चुसेर बाँचे
आखिर मर्नु नै छ भनेपछि, वैचारिक, राजनीतिक विचलन मनमा कहिल्यै आएन । छिटोभन्दा छिटो गोली हानेर मारिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । २३ दिनसम्म खाना दिएनन् । फोहोरले ढाडिएका गुन्द्री र बोराहरु चुसेर बाच्यौँ ।
कहिलेकाहिँ थोरै एक गिलास भात दिन्थेँ । भोकभोकै मर्नुपर्ने स्थिति कस्तो हुन्छ ? भन्ने कुरा अनुभव गरेको छुँ । हाम्रा साथीहरु खड्ग बुढा र पदम नकर्मी, ‘भोक लाग्यो, भोक लाग्यो’, भन्थे । उनीहरु भोकभोकै मरे । सेनाले बीचबीचमा ‘अन्तिम इच्छा के छ ?’ भन्थ्यो । वीरेन्द्र बस्नेत भन्ने साथी थिए । उनी भन्थे, ‘पेटभरि खाना खाने र गोली खाएर मर्ने मन छ ।’ हामी मृत्युशैयामा पुगेर फरर्कियौँ ।
सेनाले बीचबीचमा ‘अन्तिम इच्छा के छ ?’ भन्थ्यो । वीरेन्द्र बस्नेत भन्ने साथी थिए । उनी भन्थे, ‘पेटभरि खाना खाने र गोली खाएर मर्ने मन छ ।’ हामी मृत्युशैयामा पुगेर फर्कियौँ ।
म भैरवनाथमै भएका बेला बाहिर आर्मीले हिमाल शर्माको काभ्रेमा भेटियो भनेछ । सेनाले यस्तो वक्तव्यवाजी गरेपछि परिवारमा अन्योलता छाएछ । किरिया कसरी गर्ने भन्ने कुरामा परिवार पटकपटक अप्ठेरोमा परेको थियो ।
गर्भवती महिलालाई पेट थिचिथिचि मारे
सेनाका तल्लो ‘लेभल’का जवानसँग हाम्रो केही गुनासो छैन । आदेश र ‘स्कुलिङ’को कुरा हो । महिलालाई बलत्कार गरेर यातना दिने भन्ने थियो । महिलामाथि गरेको दुव्र्यवहारको कुरा भनिसाध्य छैन । आठ महिनाकी गर्भवती महिला थिइन् । तामाङ थरकी, ती महिला वास्तविक माओवादी होइनन् । उनी माओवादीको झण्डा बोकेर कहिल्यै हिडिनन् । तर, सेनाले माओवादी होस् भन्दै उनको पेट थिचिथिचि मार्यो ।
एउटी गर्भवती महिलालाई १३ जना सेनाले बलात्कार गरे । बलात्कार गरेको दुईदिनपछि मरेको बच्चा जन्मियो । त्यसको दुई दिनपछि उनको पनि मृत्यु भयो । हामी बन्दीलाई अत्यन्तै अमानवीय व्यवहार हुन्थ्यो ।
एउटी गर्भवती महिलालाई १३ जना सेनाले बलात्कार गरे । बलात्कार गरेको दुईदिनपछि मरेको बच्चा जन्मियो । त्यसको दुई दिनपछि उनको पनि मृत्यु भयो । हामी बन्दीलाई अत्यन्तै अमानवीय व्यवहार हुन्थ्यो ।
अहिले ति कुरा कसरी भनौँ, ‘हामीलाई नाङ्गै बनाउथे, अनि महिलालाई पनि नाङ्गै बनाउथे । अनि चर्को चर्को आवाजमा बन्दुक देखाउदै भन्थे,‘शारीरिक सम्पर्क गर ।’ त्यस्तो किसिमको दर्दनाक अवस्था थियो ।
शारीरिक सम्पर्क गर्न नमान्दा मलाई ठूलो भोल्टेजको करेन्टमा पिसाब फेर्न लगाए । त्यही करेन्टल म अहिले शारीरिक रुपमा असक्त छु ।
भैरवनाथबाट घरपरिवार सम्झदा
परिवारलाई नसम्झने त कुरै भएन । म त मर्छु । उनीहरुले ‘म मरेको कुरा पनि थाहा नपाउने भए’ भन्ने हुन्थ्यो । एकचोटी, मलाई मार्ने कुरो भयो । कर्णेल राजु बस्नेतले भने, ‘तिम्रो अन्तिम दिन हो । तिमीजस्तो पृथ्वीको भारलाई बचाएर काम छैन । अन्तिम कुरा भए लेख,’ भन्दै एउटा कागज दिए । मैले लेखेँ, ‘म माओवादी हुँ । मलाई मार्ने भए कानून बनाएर मारियोस् । मारेको कुरा दुनियाँलाई खबर गरियोस् । मेरो लास मेरो परिवारलाई सुम्पियोस् ।’
त्यो कागज दिएँ । ‘आत्मसमपर्ण गर्छु’ भनेर लेख्छकी भन्ने सोचेका रहेछन् । बाँच्ने भन्ने सम्भावना थिएन । कुन ठाउँमा पुर्याएर मार्छन् भन्ने पनि थाहा थिएन । भैरवनाथ गणमा भएको कुरा पनि धेरै पछि मात्र थाहा पाएका थियौँ । कहाँ मर्दैछु भन्ने कुरा थाहा पाउन पाए हुन्थ्यो भन्ने जिज्ञासा मात्र लाग्थ्यो । आमाको याद धेरै आउथ्यो ।
अन्तिम कुरा भए लेख,’ भन्दै एउटा कागज दिए । मैले लेखेँ, ‘म माओवादी हुँ । मलाई मार्ने भए कानून बनाएर मारियोस् । मारेको कुरा दुनियाँलाई खबर गरियोस् । मेरो लास मेरो परिवारलाई सुम्पियोस् ।’
एकदिन खाना खाने क्रममा थोरै तरकारी पनि प्राप्त भयो । भेन्टाको तरकारी, आलुसहित र दाल पनि खानामा मिसिएको देख्दा म चकितँ भएँ । आजै के अचम्म भो यस्तो ? हामीलाई तरकारी केही पनि दिइँदैनथ्यो, दाल र थोरै एक गिलासमा भात दिइन्थ्यो । जबसम्म आत्मसर्पण गर्दैनन् तबसम्म मर्न पनि नमरोस्, बाँच्न पनि नबाँचोस् भन्ने उनीहरुको नीति रहेछ । आत्मसमर्पण गरियो भने मासुभात खान पाउने, आत्मसमर्पण नगरे मर्न पनि नदिने, बाँच्न पनि नदिने भन्दै हामीलाई राखिएको रहेछ । हामीलाई जेल पठाइदेऊ भन्दा पनि पठाएनन् ।
तरकारी सहितको भात खान सुरु मात्रै गरेको थिएँ । मेजर विवेक विष्ट आए । उनले थर्काउँदै भने, ‘यो तरकारी कहाँबाट आयो ?’, ड्युटीवालाले भन्यो, ‘हिजोको अलिकति बाँकी तरकारी थियो, दाल कम भएर तरकारी दिएको ।’
फेरी विवेक बोले, ‘हैन आज दशैँको दिन जननेता ज्यूलाई किन तरकारी मात्रै, मासु र दही ल्याएर देऊ ।’ विवेकले त्यत्ति भनेपछि खान लागेको भात लिएर गए । मैले त्यो बेला मात्र थाहा पाएको थिएँ । ए आज त दशैँ पो रैछ । दशैँ भएकाले खान दिएको रहेछ । यिनीहरुसँग पनि धर्म रैछ भन्ने लाग्यो ।
‘हैन आज दशैँको दिन जननेता ज्यूलाई किन तरकारी मात्रै, मासु र दही ल्याएर देऊ ।’ विवेकले त्यत्ति भनेपछि खान लागेको भात लिएर गए । मैले त्यो बेला मात्र थाहा पाएको थिएँ । ए आज त दशैँ पो रैछ ।
त्यो दशैँको दिनसम्मको हिसाब गर्दा हामी व्यारेकमा एकवर्ष बसिसकेका थियौँ । ०६१ सालको दशैँको दिनको कुरा हो यो । त्यतिबेला मुकुन्डो लगाइएको हुन्थ्यो । भुइँ मात्र देखिन्थ्यो । भात खानेबेलामा हतकडी अगाडि पटि बाधिन्थ्यो । अरुबेला पछाडि फर्काएर बाधिएको हुन्थ्यो । त्यतिबेला ल, खानुहोस् नेताज्यू भनेर ल्याएर दिए, खाँदा सबै नूनै नून रहेछ । तरकारी फालेर नूनै नून राखेर ल्याएछ । दुई मुठी भातमा दुई मुठी नून राखेर ल्याएको रहेछ । नूनसितको भात खाऊँ, खानै नसकिने, नखाऊँ कुटाई अरु खाइने । त्यस्तो स्थिति थियो । नूनै नून रहेको दशैँको दिन भात खाएँ । त्यो दिन घरपरिवार बेस्सरी नै सम्झिएँ । म बेपत्ता छु । परिवार के गर्दै होला ? जेलमा भए पनि जेलमा छ भन्ने हुन्थ्यो। भेट्न पाउथे होला । भन्ने कुराले धेरै पीडा भयो ।
ल, खानुहोस् नेताज्यू भनेर ल्याएर दिए, खाँदा सबै नूनै नून रहेछ । तरकारी फालेर नूनै नून राखेर ल्याएछ । दुई मुठी भातमा दुई मुठी नून राखेर ल्याएको रहेछ । नूनै नून रहेको दशैँको दिन भात खाएँ ।
मर्ने वेला जनयुद्ध जिन्दावाद
जतिबेला पनि मर्छु भन्ने हुन्थ्यो । कहिले खाल्डामा गाड्ने तयारी गर्थेँ । कहिले बन्दुक कानकानबाट पड्काउथे । कहिले हेलिकप्टरबाट शिवपुरी जङ्गल पुर्याउथेँ । कहिले गोरखा लान्थे । गोरखामा खाल्डो खनेर राखिएको रहेछ । हेलिकप्टरबाट तल झर्ने बित्तिकै भर्खरै खनेको खाल्डोमा राखे । खाल्डोमा राखेर आत्मसमर्पण गर भने ।
त्यहाँ हामी कृष्ण केसी, बिना मगर र म थियौँ । हामीले त्यतिबेला ‘जनयुद्ध जिन्दावाद, माओवाद जिन्दावाद, जनयुद्ध जारी छ’ भन्यौँ । त्यही भन्नु पर्छ भन्ने थियो । त्यो भनेर मर्ने भन्ने थियो । ठाउँ थाहा पाउन पाएपनि हुन्थ्यो नि भन्ने हुन्थ्यो । मलाई अन्तिम इच्छा के छ भनेर सोधे, मैले ‘यो कुन ठाउँ हो नि’ भनेर सोधेँ । किन चाहियो नि मर्ने मान्छेलाई ठाउँ ? भन्थे, ‘ठाउँ थाहा पाएर मर्न पाए हुन्थ्यो’, भने ।
मलाई अन्तिम इच्छा के छ भनेर सोधे, मैले ‘यो कुन ठाउँ हो नि’ भनेर सोधेँ । किन चाहियो नि मर्ने मान्छेलाई ठाउँ ? भन्थे, ‘ठाउँ थाहा पाएर मर्न पाए हुन्थ्यो’, भने ।
जेलमा पुगेपछि युद्ध जितियो
माघ १९मा राजाले ‘कु’ गरेका रहेछन् । पछि थाहा पाएँ । विभिन्न संस्थाले बाहिर हाम्रो खोजीनिति धेरै गरेका रहेछन् । कान्तिपुरले व्यानर न्युज बनाएर भैरवनाथ गणमा रहेको ठोकुवा गरेर लेखेको रहेछ ।
विविध कारणले मार्न सकेनन् । आत्मसमर्पण गराएर तनहुँको ढकालटार पुनस्थापाना केन्द्रमा राख्ने योजना बनाएर गोर्खा ब्यारेक लगेका रहेछन् । त्यहा पनि उनीहरु असफल भएछन् । २७ महिना पछि बाध्य भएर १९ वटा मुद्धालगाएर नख्खु जेलमा राखियो । जेलमा पुगे पछि त युद्ध जितेजस्तो भयो । बन्दीहरु आपसमा कुराकानी गर्न पाइने भयो । परिवारसँग भेट गर्न पाइने भयो । अदालतमा लगेर मलाई मात्र ८० करोड बिगो र १९ ओटा मुद्दा लगाए । मुद्धा लडेर जित्न सकिने अवस्था त थिएन तर पनि खुला आकाश देख्न पाइयो । अब कसैले केही गर्न सक्तैन । विचार जोगाएँ । अब मर्नु पर्दैन भन्ने भयो । त्यो बेला आस्था जोगाएर बाँचेर आउनु ठूलो कुरा भयो, मेरो लगि ।
मुद्धा लडेर जित्न सकिने अवस्था त थिएन तर पनि खुला आकाश देख्न पाइयो । अब कसैले केही गर्न सक्तैन । विचार जोगाएँ । अब मर्नु पर्दैन भन्ने भयो । त्यो बेला आस्था जोगाएर बाँचेर आउनु ठूलो कुरा भयो, मेरो लगि
४९ जनाको एक चिहान
कृष्ण केसी, बिना मगर, वीरेन्द्र बस्नेत, निश्चल नकर्मी, ज्ञानेन्द्र त्रिपाठी, सुचेन्द्र श्रेष्ठ, भीम महर्जन, पुष्प वस्नेत, धीरेन्द्र वस्नेत लगाय १२० जना जति थियौँ । मेरो वहिनी सरितालाई पनि त्यही राखेको थियो । २०६० पौष ५ गते ४९ जनालाई त शिवपुरी लगेर एकै चिहान पारियो । हामीलाई पनि त्यतिबेला मार्न कै निम्ति लगिएको थियो । तर, हामी केही मान्छेलाई बाहिर मिडियाले पनि खोजेका थिए । बिबिसीले समेत भैरवनाथ गण भित्र छन्, भन्ने कुरा ‘एक्स्सपोज’ गरेको थियो । त्यही कारणले गर्दा म कृष्ण केसीसहित केही साथीलाई आत्मसमर्पण गराउने लिस्टमा राखेछ ।
२०६० पौष ५ गते ४९ जनालाई त शिवपुरी लगेर एकै चिहान पारियो । हामीलाई पनि त्यतिबेला मार्न कै निम्ति लगिएको थियो । तर, हामीलाई मिडियाले पनि खोजेका थिए । त्यही कारणले गर्दा म कृष्ण केसीसहित केही साथीलाई आत्मसमर्पण गराउने लिस्टमा राखेछ ।
विद्यार्थी नेताहरु र राष्ट्रिय फिगर भएको कारणले गर्दा पनि हामी आत्मसमर्पण गराएर टेलिभिजनबाट प्रशारण गर्ने योजना गरेका रहेछन् । यो कुरा त्यहीका मनकारी सिपाहीले सुनाएका थिए । हामीलाई आत्मसमर्पण गराउन उनीहरु कहिलै सफल भएनन् । थुप्रै साथीलाई त त्यो मौका पनि दिइएन । सँगै रहेका साथी अहिलेसम्म त्यही व्यारेकबाट बेपत्ता छन् । साथी गुमाउनुको पीडा झन् ठुलो हुदो रहेछ । अझै पनि सेनाले त्यो कुरा स्वीकार गरेको छैन । हामी जिउदा साक्षी हुदाहुदै पनि दिनलाई रात बनाइराखेको छ । संयुक्त राष्ट्र संघको उच्चस्तिरीय मानवअधिकार आयोगले त्यस कुरालाई ‘एक्स्पोज’ गरिसकेको छ । बेपत्ता तथा सत्य निरुपण आयोगले पनि त्यो कुरा बाहिर ल्याउनुपर्छ ।
पीडा सयौँ छन् । हामीलाई १८ घण्टामा एकचोटी चियाको गिलासमा एक गिलास भात दिन्थ्यो । स्केल भन्थे । धेरै दिने त्यहाँका भान्छेलाई अधिकार पनि थिएन । भातका सीताहरु खस्यो भने टिपेर खान्थ्यौँ । नुनिलो हुन्छ भन्दै भित्ताहरु जिब्रोले चाट्थ्यौँ । धेरै पटक भोकलाई गुन्द्री र बोराहरु चुसेर सामान्य बनायौँ ।
हामीलाई १८ घण्टामा एकचोटी चियाको गिलासमा एक गिलास भात दिन्थ्यो । स्केल भन्थे । धेरै दिने त्यहाँका भान्छेलाई अधिकार पनि थिएन । भातका सीताहरु खस्यो भने टिपेर खान्थ्यौँ । नुनिलो हुन्छ भन्दै भित्ताहरु जिब्रोले चाट्थ्यौँ । धेरै पटक भोकलाई गुन्द्री र बोराहरु चुसेर सामान्य बनायौँ ।
महिलालाई बलात्कार गरेर मारेका दृश्य देख्नु पर्यो । यस्ता कुरा सयौँ सुन्नु पर्यो । कति अमानवीय, कति चित्कारपूर्ण मानव होला जस्तो लाग्थ्यो । त्यो मन कस्तोहोला ? सोच्नुस् त ’ तपाईंले नरक कहाँ छ भनेर सोध्नु भयो भने म त्यहीँ भैरवनाथ गणमा छ, भन्छु ।
देशका निम्ति मर्न जनयुद्ध
२०५७ सालमा रविन्द्र श्रेष्ठ सँग काठमाडौँको सुकेधारामा कुराकानी भयो । देवेन्द्र पराजुलीले यसको चाजोपाजो मिलाएका थिए । रविन्द्रले कमरेडल, ‘प्रचण्ड कमरेड सँग पनि तपाईंहरुको बारेमा छलफल भएको छ,’ भने । धेरै क्रान्तिकारी र आदर्शको कुरा गरेका थिए । दुर्भाग्य भन्नुपर्छ फेरी उनी एमालेमा पुगेर विचलित भए ।
हामी संसदीय राजनितिबाट जनयुद्धमा गएकाले होला उनले परीक्षा लिन खोजेजस्तो गरे । ‘शाही सेना सँग लड्ने तयारी हुदैछ । यसमा हजारौको बलिदानको कोटा चुक्ता गर्नुपर्छ । निर्णायक मुढभेडमा बलिदान दिन तयार भएर मात्र जनयुद्धमा सामेल हुनुहोस्,नत्र विचार गर्नुहोस्’ भने । त्यसमा दुई साथी नरबहादुर धामी र सुरेन्द्र विष्ट डराए । उनीहरु शुुरुमै भागे । मलाई झन् जोस आयो ।
जनयुद्ध पेचिलो बन्दै गइरहेको अवस्था थियो । पुलिसहरु प्रायः सदरमुकाम केन्द्रित भइसकेका थिए । आर्मीसँग मुढभेडको स्थिति थियो । शाही सेनासँग नलडिकन मुक्ति हुँदैन भन्ने कुरा निश्चित थियो । नेपाली सेनामाथि आक्रमण गर्ने पूर्व सन्ध्यामा हामी मर्न तयार भयौँ । देशका निम्ति सहिद हुन तयार छौँ भन्दै कसम खाएर जनयुद्धमा होमिएको हुँ ।
सिलगुढीमा पहिलो पटक प्रचण्डसँग भेट भएको हो । बाबुराम भट्टराई सँग त मसालमा काम गर्दा पहिलै भेटघाट भएको थियो । माओवादीले जनयुद्ध अगाडि बढाइरहेको थियो । म व्यक्ति विशेष भन्दापनि क्रान्ति खोज्दै जनयुद्धमा सामेल भएको हुँ ।
प्रचण्डसँगको भेट
शुरुमा प्रचण्डसँग भेट भएर म जनयुद्धमा लागेको होइन । देखेको पनि थिइन । जनयुद्धमा समेल भइसके पछि भारतको सिलगुढीमा भेट भयो । प्रचण्डलाई भेट्ने वातावरण दीनानाथ शर्मा कमरेडले मिलाएका थिए । सिलगुढीमा पहिलो पटक प्रचण्डसँग भेट भएको हो । बाबुराम भट्टराई सँग त मसालमा काम गर्दा पहिलै भेटघाट भएको थियो । माओवादीले जनयुद्ध अगाडि बढाइरहेको थियो । म व्यक्ति विशेष भन्दापनि क्रान्ति खोज्दै जनयुद्धमा सामेल भएको हुँ । त्यो बेला प्रचण्डले मेरो दिमाखमा यस्तो ‘पिक्चर’ राखिदिए कि, ‘रिभोलुसन’ यसरी ‘कम्प्लिट’ हुन्छ भन्ने नयाँ विचार दिमागमा भरियो ।
प्रचण्डका कुरा सुनिसकेपछि मर्नलाई पछुतो नमान्ने गरी युद्ध मोर्चामा डट्न प्रेरणा मिल्यो । जनयुद्धका बेला भूमिगत हुने अवस्थामा मेरो जिम्मेवारीमा काठमाडौँ थियो । बादल (रामबहादुर थापा) कामरेडको कमाण्डमा मेरो कार्यक्षेत्र भएको हुनाले हाम्रो बारम्बार भेट हुन्थ्यो ।
हत्केलामा मृत्यु
पेचिलो वर्ग संघर्षका क्रममा थुप्रै व्यक्तिगत अप्ठ्यारा आए । मृत्युलाई हत्केलामा राखेर अगाडि बढिसकेपछि त्यस्ता घटनालाई पर राखेर हिड्यौँ । ग्रामिण वर्ग संर्घष र शहरीया विद्रोहको ‘फ्युजन’ गर्नु नै ‘प्रचण्डपथ’को मर्म थियो । शहरी आन्दोलनको तयारीमा मेरो कार्यक्षेत्र काठमाडौँ थियो । सशस्त्रका आइजीपीदेखी सेनाका कर्णेलसम्म सबै सत्ताधारी सुरक्षा ‘लिडर’को फौजी कारबाही चानचुन कुरा थिएन ।
टाउकोको मूल्य
व्यक्तिगत नाम मात्र होइन, पार्टीको नाम पनि अलग हुन्थ्यो । वास्तविक नाम अर्कै हुन्थ्यो । अझ बाहिर भन्ने नाम अलग हुन्थ्यो । संकटकालमा सरकारले डेरामा बस्ने सबैको पहिचान सहित नगारिकता लिने भनेपछि हामीलाई गाह्रो भएको थियो ।
युद्धको समयमा म कहिल्यै हिमाल शर्मा भइन । आफूलाई नचिनोस् भनेर कहिले दाह्री पाल्ने, कहिले काट्ने, ड्रेस परिवर्तन गरिरहने सँगै स्वभाव समेत परिस्थिति अनुसार परिवर्तन गर्नुपथ्र्यो ।
व्यक्तिगत नाम मात्र होइन, पार्टीको नाम पनि अलग हुन्थ्यो । वास्तविक नाम अर्कै हुन्थ्यो । अझ बाहिर भन्ने नाम अलग हुन्थ्यो । संकटकालमा सरकारले डेरामा बस्ने सबैको पहिचान सहित नगारिकता लिने भनेपछि हामीलाई गाह्रो भएको थियो ।
घरबेटीसँग पनि नाम ढाँटेर बस्नुपथ्र्यो । अर्कै काम गरेर बस्नु पथ्र्यो । म चण्डोल भन्ने ठाउँमा बस्थेँ । घरबेटीसँग मिलेर बसेको थिए । घरबेटीलाई ‘एयरपोर्टमा जागिर खान्छु । कहिले ‘नाइट ड्युटी’ पर्छ ‘कहिले डे’ ड्युटी पर्छ । कहिले दुईचार दिन फिल्डमा जानुपर्छ ।’ भनेर घरबेटीलाई ढुक्कबनाएर बसेको थिएँ ।
युद्धका क्रममा जति घरमा बसेँ सबै घरबेटीले अहिले पनि खुवै माया गर्दछन् पहिला माओवादी हो भन्ने थाहा पाएनन् । बादल (रामबहादुर थापा) कमरेड आउदा अमेरिका बस्ने मामा आउनु भाको भने । एक दिन एकसाता पछि डेरामा के पुगेको थिएँ सबै ढोका थुनेर बसे । कोही बोल्न चाहेनन् । सबैले तर्सेजस्तो गरे । के भयो भन्दा सानो फुच्चेले, ‘अंकल तपाईंलाई हामीले टिभीमा देखेका’े भन्यो । त्यतिबेला नेताहरुको टाउकोको मोल तोकिएको थियो । उपत्यकाको आतंककारीको नाममा मेरो नाम र फोटो टेलिभिजनमा प्रसारण गरिएको थियो । घरबेटीले थाहा पाएछन् र उनीहरु डराएछन् । त्यसपछि मैले यथार्थ बताए ।
तत्काल ‘सेल्टर’ बदले । लुकेर मात्र बस्ने अवस्था थिएन । हाम्रा जिम्मेवारी थिए । कार्यकर्तालाई परिचालन गर्नुपर्ने थियो । संगठन विस्तार गर्नु पथ्र्यो । अहिलेको जस्तो सूचना प्रविधि थिएन । त्यतिबेलाको सूचना प्रविधिलाई प्रयोग गर्न सहज थिएन । सबैभन्दा खतरा ‘एक्स्पोज’ हुन्छ भन्ने थियो ।
जस्तासुकै संकट आएपनि जनयुद्धमा लागेकोमा पश्चाताप भएन । सचेतपूर्वक लागेकाले किन लागेछु भन्ने प्रश्न मनमा कहिल्यै आएन । कसैको करकाप र लोभलालचले लागेको भए सायद त्यस्तो हुन्थ्यो होला ।
जस्तासुकै संकट आएपनि जनयुद्धमा लागेकोमा पश्चाताप भएन । सचेतपूर्वक लागेकाले किन लागेछु भन्ने प्रश्न मनमा कहिल्यै आएन । कसैको करकाप र लोभलालचले लागेको भए सायद त्यस्तो हुन्थ्यो होला । सानै उमेरदेखि राजनीतिमा लागेर आफ्नै पहलकदमीमा सचेततापूर्वक जनयुद्धमा समाहित भएको थिए । ज्यानको भन्दा पनि मलाई बढी विचारको माया लाग्थ्यो ।
अहिलेको माओवादीका कमजोरी
माओवादीले युद्धलाई जती राम्रो सँग ‘ड्राइभ’ ग¥यो । शान्ति प्रकृयामा आएपछि आफै कता कता अल्झियो । गर्न सक्ने काम पनि गर्न नसकिराखेको छ । जनयुद्धमा हामीले जे कुरा सोचेका थियौँ, त्यो भएको छैन । केही कमिकमजोरी छन् । हामीले पूरै जितेर आएको पनि होइन । हामी सम्झौतामा आएका छौँ । हो, हाम्रा धेरै सपनाहरु थिए । धेरै सपनाहरु बाँडेका पनि थियौँ । हामीले अवसर पाएर पनि गर्न सकेनौ । पार्टी विधी र प्रकृयामा नचल्दा अराजकता हावी भयो । अन्तत फुट्ने श्रृखला नै चल्यो । असफलताबाट निरास हुने होइन । यसवाट शिक्षा मिलेको छ । कमजोरी सच्चाउदै अघि बढ्नुपर्छ । माओवादीलाई पहिलो शक्ति बनाउन सकिन्छ ।
गर्वको अनुभूति
जब नारायणहिटीबाट ज्ञानेन्द्र शाह निस्केर नागार्जुन गए, मैले दृष्य प्रत्यक्ष हेरेँ । एउटा बादशाह दरबारबाट बाहिरिएको दृश्य हेरिरहँदा गर्वको अनुभूति गरेको थिएँ । जयनयुद्ध र भैरवनाथ गणका सबै पीडालाई एकमुस्ट बिर्सिएको थिएँ ।
जब नारायणहिटीबाट ज्ञानेन्द्र शाह निस्केर नागार्जुन गए, मैले दृष्य प्रत्यक्ष हेरेँ । उनी त्यहाँबाट हात हल्लाउँदै गए । यता गणतन्त्रको घोषणा भइसकेको थियो । धेरैलाई ज्ञानेन्द्रले दरबार नछोड्ने हुन कि भन्ने शंका थियो । उनले अर्को कदम चाल्ने पो हुन कि ? फेरि हामीले लड्नका निम्ति तयार हुनुपर्ने हो कि भन्ने आशंका पनि गरिएका थिए । तर, उनी सरक्क निस्किए । जनयुद्धको राप र तापबाट आएको आन्दोलनको परिणामबाट राजतन्त्र निर्मूल भयो । त्यो अवस्थामा मैले एउटा बादशाह दरबारबाट बाहिरिएको दृश्य हेरिरहँदा गर्वको अनुभूति गरेको थिएँ । जयनयुद्ध र भैरवनाथ गणका सबै पीडालाई एकमुस्ट बिर्सिएको थिएँ ।
माओवादी आन्दोलनका कारण आधारभूत रुपमा हामीले एउटा राज्यसत्ता परिवर्तन गर्यौँ । देश नयाँ युगमा प्रवेश गर्यो । संविधानसभाबाट संविधान जारी भयो । माओवादीले जनयुद्धमा अघि सारेका अधिकांश सपना पूरा भए ।
अहिले भएका सबै एजेण्डा माओवादीका हुन् । राजतन्त्रको अन्त्य भन्नुहोस् । गणतन्त्रको स्थापना भन्नुहोस् । चाहे त्यो संविधानसभाबाट प्राप्त भएको नयाँ संविधान भन्नुहोस् । त्यत्तिमात्र होइन, समानुपातीकता, समावेशिता, राज्यको पुनर्संरचना, संघीयता सबै राष्ट्रिय एजेण्डाहरु माओवादीका हुन् ।
हाम्रो बलिदानीले मुलुक यहाँसम्म आएको छ । हाम्रो योगदानलाई अवमूल्यन कसैले गर्नु हुँदैन । यो उपलब्धीलाई केही पनि होइन कसैले भन्छ भने त्यो गलत हो ।
उपलब्धी भएका छन्, । कोही न कोही मर्न तयार नभएको भए, कोही न कोही भोकै बस्न तयार नभएको भए, कोही न कोही अँध्यारोमा हिँड्न तयार नभएको भए, कोही न कोही घरपरिवार छोड्न तयार नभएको भए, जनयुद्ध हुने थिएन । जनआन्दोलन पनि सम्भव थिए । आखिर हामीजस्ता जीवनलाई ‘सेक्रिफाइस’ गर्ने व्यक्ति देशलाई आवश्यकता थियो । आवश्यकता अनुसार हामीले काम ग¥यौ । अब हामी प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि अगाडि बढ्नुपर्छ । अझ देश बनाउनका लागि लड्दै जानुपर्छ । हाम्रो योगदानका कारण यो परिवर्तन संभव भएको हो भन्ने कुरा सम्झदा गर्व लाग्छ ।
दश बर्ष जेल भित्र
राजनीतिक यात्रामा धेरै उतारचढाव आएँ । पटकपटक जेल परेँ । पञ्चायतमा जेल परे । २०४६ मा बहुदल आएपछि छुटकारा के मिलेको थियो । फेरी ०४८ सालमा इन्सपेक्टर मारेको अभियोगमा जेल परे । ०५१ सालमा त्यहाँबाट छुटकारा पाएँ । जनयुद्धमा सरिक भएर अगाडि बढिरहँदा ०६० सालमा तत्कालीन शाहि नेपाली सेनाको चर्चित भैरवनाथ गणमा २७ महिने बेपत्ताको जीवन पनि बिताएँ । पछि २०६३ को जनआन्दोलन पछि नख्खु जेलवाट मुक्त भएँ । मेरा जीवनका दश वर्ष जेलभित्र बिताएको छु ।
जनयुद्धमा सरिक भएर अगाडि बढिरहँदा ०६० सालमा तत्कालीन शाहि नेपाली सेनाको चर्चित भैरवनाथ गणमा २७ महिने बेपत्ताको जीवन पनि बिताएँ । पछि २०६३ को जनआन्दोलन पछि नख्खु जेलवाट मुक्त भएँ । मेरा जीवनका दश वर्ष जेलभित्र बिताएको छु ।
क्रान्ति खोज्दै माओवादीमा
विद्यार्थी आन्दोलनको हिसाबले हेर्दा मेरो राजनीतिक पृष्ठभूमि मोहनविक्रम सिंहको मसालको ‘स्कुलिङ’ हो । समयक्रममा अहिलेको एमाले निकट अनेरास्ववियुको केन्द्रीय कोषाध्यक्षमा रहेर काम गर्दै थिएँ । पञ्चायतको मुल थलो राजतन्त्र फ्याकेर गणतन्त्र ल्याउने धोको थियो । त्यो धोको पुरा हुने सम्भावना माले÷एमालेबाट देखेनौँ । परम्परागत हिसाबका संसदीय पार्टीले गर्लान जस्तो लागेन । नेकपा माओवादीको नेतृत्वमा जनयुद्ध सञ्चालन भइरहेको थियो । म, कृष्ण केसी, ज्ञानेन्द्र त्रिपाठी, नविन राई लागायत सयौं युवाल संसदीय पार्टीबाट विद्रोह गर्यौँ । संसदीय पार्टीको विद्रोहपछि माओवादीमा प्रवेश गरेर जनयुद्धमा होमियौँ । यस बीचमा थुप्रै साथिहरु सहिद वेपत्ता भएका छन् । म पनि जनयुद्धको भट्टी भित्र पटकपटक जम्काभेट भएको मृत्युलाई जितेर यहाँसम्म आएको छु ।
Source - Nayapage.com