Breaking News

३४ हजार ५ सयमा सामसुङको गियर एस २ नेपाली बजारमा

Feb Tue 2020 05:40:40

407 views

३४ हजार ५ सयमा सामसुङको गियर एस २ नेपाली बजारमा
सामसुङ कम्पनीले नेपालमा सामसुङ गियर एस २ सार्वजनिक गरेको छ। सामसुङ गियर २ लाई दुई मोडलमा प्रस्तुत गरिएको थियो। हाल गियर एस २ (स्पोर्टस भर्जन) सार्वजनिक गरिएको छ र गियर एस २ क्लासीक छिट्टै नै सार्वजनिक गरिने छ।samsung gear
‘विगत केही समय देखि सामसुङले लगाउन मिल्ने उत्पादन ल्याइरहको छ’, सामसुङ इलेक्ट्रोनिक्सका भाइस प्रेसिडेन्ट युबियोम वोनले बताए।
गियर एस २ मा १.२ इन्च (३६०×३६० पीक्सेल रीजोलुशन) डिस्प्ले रहेको छ। यसमा १.० जीएचजेड डुअलकोर प्रोसेसर, ५१२ एमबी र्‍याम र ४ जीबी इन्टरनल मेमोरी रहेको छ। यसमा टाइजेन अपरेटिङ सिस्टम रहेको छ। यसमा २५० एमएएच पावरको ब्याट्री दिइएको छ जुन चार्ज २ देखि ३ दिन सम्म प्रयोग गर्न सकिन्छ।
यसमा वायरलेस चार्जिङको सुविधा पनि रहेको छ। यसमा ब्लुटुथ, वाईफाई, एनएफसी, म्युजिक प्लेयर, ग्यालरी आदी जस्ता विभिन्न अरु सुविधा पनि रहेका छन्।
सामसुङ गियर एस २ (स्पोर्टस भर्जन) कालो र सेतो रङ्ग गरि दुई रङ्गमा बजारमा उपलब्ध रहेको छ। यसको मूल्य ३४ हजार ५ सय रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?