ट्वीटरले प्रयोगकर्ताको लागि एडिट गर्न सकिने फिचर्स ल्याउने तयारी गरेको हो । यद्यपि अहिले अ घि सारिएको योजनापछि पनि पहिलो ट्वीट के थियो र त्यसलाई पुनरवलोकन गरिएको इतिहास पनि दोस्रो व्यक्तिले देख्न सक्नेछन् ।
ट्वीटरमा अहिलेसम्म यस किसिमको फिचर्स नहुनुको कारणबारे उनले यो प्लेटफर्म म्यासेजको लागि फरम्याटमा निर्माण गरिएको बताए । यदि कसैलाई म्यासेज पठाउँदा त्यसलाई तत्काल फिर्ता लिन सकिँदैन । त्यसैगरी ट्वीटरमा पठाइएको सन्देश पनि एडिट गर्न मिल्दैन ।
प्रयोगकर्ताको सुझावअनुसार सन् २०१६ को डिसेम्बरमा यो योजना अघि सारेकाके थियो । यद्यपि अहिलेसम्म सो फिचर्स आउन सकेको छैन । ट्वीटरका सीईओले ट्वीटरमा सुधारको लागि सुझावको लागि राय माग्दा मानिसहरुले एडिटको लागि धेरै अनुरोध गरेका थिए ।