Breaking News

नेपाली एकांकी नाटकको प्रबर्द्धनमा निरन्तर सक्रिय ललितपुर मा वि

Feb Tue 2020 05:40:37

1787 views

नेपाली एकांकी नाटकको प्रबर्द्धनमा निरन्तर सक्रिय ललितपुर मा वि
  • सन्तोष गौतम

ललितपुरको लगनखेल स्थित ललितपुर माध्यामिक विद्यालयले २०३८ सालदेखि अनवरत रुपमा यस क्षेत्रको शैक्षिक विकासमा योगदान दिदैं आइरहेको छ । समय सापेक्ष, गुणस्तरीय शिक्षाको लागि चिरपरिचत यस ‘क’ श्रेणीको गुठीका अन्य केही उत्कट विशेषताहरु रहेको पाइएको छ । जसलाई प्रकाश पार्दै विद्यालयको निर्देशक के. वि. तुलाधर भन्नुहुन्छ , “हाम्रा विद्यार्थीहरु प्रत्येक वर्ष उत्कृष्ट अंकका साथ उत्तिर्ण भैरहेका छन् । अझ हाम्रो जोड स्वावलम्वी नागरिक तयार गर्नेमा छ , त्यसको लागि उनीहरुमा लुकेर रहेको प्रतिभाको पहिचान गर्न सहयोग पु–याइ दृढ आत्मविश्वासका साथ अघि बढ्न सक्ने बनाउने कुरामा हाम्रो अथक प्रयास जारी छ र रहने छ ।” यस विद्यालयमा अन्य विभिन्न अतिरिक्त क्रियाकलापको अलावा वार्षिक रुपमा १६ वटा एकांकी नाटकहरु मञ्चन गरिन्छन् जसमध्ये ८ वटा नेपाली एकांकी हुन्छन् । यसै सन्दर्भमा विद्यालयका प्रधानअध्यापक माधव सिटौलाले भन्नुभयो , “शिक्षण संस्कृति सापेक्ष हुनु जरुरी छ । शिक्षणले सिकाई क्रियाकलापहरुले हाम्रो दूर्लभ अपनत्वलाई जोगाउन सक्नु पर्दछ । एकांकी नाटक प्रतियोगिताले विद्यार्थीहरुलाई हाम्रा सामाजिक मूल्यमान्यताहरुलाई बुझ्न र आत्मसाथ गर्न सघाउ पु–याउनुका साथै विविधतामा एकता प्रवद्र्धन गर्नमा मदत पु–याएका छन् ।” 3 विद्यालयका सह निर्देशक डा. उत्तमराज त्रिपाठीका अनुसार यस वर्ष नेपाली तर्फ मरुभूमिका लेखक , अभिनन्दन , बहुला काजीको सपना , नाता , हामी जुट्नु पर्छ ।, आमाको माया, आमाबाब दायित्व, र यस्तै छ यहाँ जस्ता नाटकहरु मञ्चन गरिएका थिए । यी कार्यक्रमरुमा विद्यार्थीको हौसलाको लागि नेपाली शिक्षा, साहित्य र रंगमञ्चका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई प्रमुख अतिथि तथा अतिथिको रुपमा निमन्त्रणा गरिनुका साथै मूल्याङ्कनका लागि विभिन्न विशेषज्ञहरु निर्णायक मण्डल अभिभावकहरु तथा समाजका अन्य नाटकप्रेमी महानुभावहरुलाई समेत आमन्त्रण गरिन्छ ।2 पश्चिमी संस्कृतीको प्रभाव दिनानुदिन बढिरहेको वर्तमान सन्दर्भमा यस्ता कदमहरुले हाम्रो नाट्यक्षेत्रलाई जिवन्त राख्दै संस्कृतिको प्रवद्र्धनमा योगदान पु–याउने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?