Breaking News

समवेशी शिक्षा सम्बन्धी २ दिने कार्यशाला गोष्ठि सम्पन्न

Feb Wed 2020 02:40:16

492 views

समवेशी शिक्षा सम्बन्धी २ दिने कार्यशाला गोष्ठि सम्पन्न
  •  शर्मिला विश्वकर्मा,/काभ्रे धुलिखेल

बैद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको सहयोग तथा सुस्त मनःस्थिति अभिभावक समुह बनेपाको सहकार्यमा नेपालका अपाङ्गता भएका समुदायका विचमा समावेशी शिक्षाको समबुझाई सम्बन्धी दुइ दिने कार्यशाला गोष्ठि यही १५ र १६ असार, धुलिखेलमा सम्पन्न भयो । सो दुइृदने गोष्ठिमा पुनस्थाना र विकासका लागि स्रोत केन्द्र नेपालका निर्देशक सुर्यभक्त प्रजापतिले अपाङ्गता भएका बालबालिका र व्यक्तिहरुका लागि समावेशी शिक्षाको अभ्यासहरुको विषयमा, नेपाल नेत्रहिन संघका निर्देशक नरबहादुर लिम्बुले समावेशी शिक्षाको विकास र सफल कार्यन्वयनको लागि निम्न विषयहरुको अवस्था कस्तो छ र कस्तो हुनु पर्दछ भनि समावेशी शिक्षाको विकास र सफल कार्यन्वयन सम्बन्धमा, अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वावलम्वन जीवन पद्धती केन्द्रका अध्यक्ष गणेश के.सी.ले समावेशी शिक्षामा सरोकारवालाहरुको समबुझाई अभिलेखिकरण शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको अवस्थाको विषयमा, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासंघ नेपालकी उपाध्यक्ष टिका दाहालले शिक्षा सबैका लागि शिक्षा विषयमा, महासचिव राजु बस्नेतले बौद्धिक अपाङ्गता तथा समावेशी शिक्षामा समबुझाईको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भयो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष मुकुन्दहरी दाहालले अपाङ्गता भएका व्यक्तिहरुलाई समावेशी शिक्षा प्रदान गर्नको लागि सरकार तथा अन्य सारेकारवाला निकायको सहयोग हुनु पर्ने, र शिक्षाको लागि बनेका नीति नियमहरुलाई कायन्वयन गर्नको लागि पहल गर्नु पर्ने बताउनु भयो । त्यसै गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिहरुलाई सहज रुपमा शिक्षा उपलब्ध गराउनको लागि समावेशी शिक्षालाईको बारेमा चेतना जगाउनको लागि अभियानको रुपमा लैजानु पर्ने, शिक्षालाई अपाङ्गता मैत्री बनाउनु पर्ने कुरामा जोड दिनु भयो । त्यसै गरी जिल्ला विकास समिति काभ्रेकी अधिकृत माया वादी राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई अनुदान सहयोग मार्फत काम गर्नु अनुरोध गदै उनीहरुको लागि जिल्ला विकास समितिबाट सक्दो सहयोग गर्ने बताउनु भयो । त्यसै गरी काभ्रे जिल्लाका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले स्थानिय स्तरमा अपाङ्गता भएका व्यक्तिहरुका सवाललाई समावेश गर्नु पर्ने, अपाङ्गता मैत्री शिक्षा प्रदान गर्नको लागि पहल गर्नु पर्ने र जिल्ला शिक्षा कार्यलय मार्फत उनीहरुको लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?