Breaking News

सोसल साइट खोल्दा आफै चल्ने भिडियोलाई रोक्न यसो गर्नुहोस्

Feb Tue 2020 05:40:26

385 views

सोसल साइट खोल्दा आफै चल्ने भिडियोलाई रोक्न यसो गर्नुहोस्

कुनै वेबसाइट खोल्दा उक्त वेबसाइटको पेज लोड हुने बित्तिकै वेबसाइटमा रहेको भिडियो आफै चल्ने गर्दछ जसले मोबाइल डाटा चाँडै सक्याउँछ । प्रायः यसरी आफै चल्ने भिडियोहरुमा विज्ञापनिक भिडियोहरु धेरै हुन्छन्, जसले प्रयोगकर्ताको ध्यान आकषिर्त गर्दछन् ।

हरेक पटक कुनैपनि वेबपेज खोल्नुअघि आफ्नो ग्याजेटको स्पीकर म्यूट गर्नु आवश्यक ठानिँदैन । तर यस्ता अटो प्ले भिडियोवाला साइटहरु खोल्दा अचानक बज्ने भिडियोले कहिलेकाहीँ समस्या सिर्जना गर्ने गर्छन् ।

यदि तपाइँले पनि यस्तो समस्या भोगिरहनु परेको छ र तपाइँ यसरी वेबसाइट खोल्दा भिडियो आफै नखुलोस् भन्ने चाहनुहुन्छ भने यसका लागि एउटा ब्राउजर एक्स्टेन्सन वा एप तपाइँको डिभाइसमा डाउनलोड गर्नुपर्नेछ । जसले यस्तो वेबसाइटको आवाज बन्द गरिदिनेछ ।

क्रोम ब्राउजरका लागि साइलेन्ट साइट साउन्ड ब्लकर नामक एक्सटेन्सन उपयोगी हुन्छ ।

आफ्नो ब्राउजरको सेटिंगमा तपाइँले जुन वेबसाइटमा आवाज फुकुवा गर्नुपर्ने हो सोहीमा मात्रै आवाज सुनाउने इजाजत दिन सक्नुहुन्छ ।

कुनैपनि वेबसाइटमा जब कुनै अडियो वा भिडियो फाइदा चल्दछ तब स्त्रिmनमा एक पप अप देखा पर्दछ जसले तपाइँसँग सोध्नेछ की वेबसाइटमा त्यसलाई बज्न दिने कि नदिने ? एकपटक तपाइँले इजाजत नदिने अप्सनमा क्लिक गर्नुभयो भने यसले पुनः सोधेर दुख दिनेछैन ।

आफ्नो ब्राउजरलाई तपाइँ उक्त भिडियोलाई केवल एकपटक मात्र चल्न दिनेगरी पनि सेट गर्न सक्नुहुन्छ । इन्टरनेटमा अहिले थरीथरीका वेबसाइटमा भिडियोहरुको प्रयोग बढिरहेको छ । विश्वभर फैलिरहेको फोर जी नेटवर्कका कारण मोबाइल डिभाइसमा भिडियो हेर्न निकै सजिलो भएको छ ।

प्रविधिको फैलावट तथा मानिसहरुको रुचीलाई ध्यान दिँदै कम्पनीहरुले आफ्नो सन्देश लक्षित प्रयोगकर्तासम्म पूराउनका लागि यस्ता वेबसाइट बनाउँछन् जसमा उनीहरुको भिडियो पनि स्वतः चलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?