Breaking News

नेशनल माईक्रोको तीन लाख कित्ता साधारण शेयर आइपिओ निश्काशन

Feb Wed 2020 02:40:55

712 views

नेशनल माईक्रोको तीन लाख कित्ता साधारण शेयर आइपिओ निश्काशन

गोलाप्रथा हुने भएकाले सन्तुलित रुपमा शेयर भर्नु फाइदाजनक हुने

नेशनल माईक्रोफाईनान्स(NMBSL)ले सर्बसाधारणका लागि तीन लाख कित्ता साधारण शेयर निश्काशनको क्रममा आब्हान पत्र प्रकाशित गरेको छ । कम्पनीले साउन १६ गतेदेखि सर्बसाधारणका लागि शेयर बिक्री थालिने र साउन १९ गते आबेदन बन्द हुने जनाएको छ ।

 

सर्बसाधारणले ५० कित्ता देखि १० हजार कित्तासम्म प्रति कित्ताको एक सय रुपैयाँ बराबरको रकम बुझाई आबेदन गर्नसक्ने भएका छन् । एनआईबीएल क्यापिटल यस शेयरको निश्काशनकर्ता तथा बिक्री प्रबन्धक रहेको छ ।

आबेदन पत्र ईन्भेष्टमेन्ट बैंक, नेशनल माईक्रोफाईनान्सका शाखा कार्यालयहरु, सिनर्जी फाईनान्स, गोर्खाज फाईनान्स र साझा बिकास बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गरी रकमसहित बुझाउन सकिने जनाईएको छ ।

धादिड.मा कार्यालय रहेको राष्ट्रियस्तरको नेशनल माईक्रोफाईनान्सले आफ्नो १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात तीन लाख कित्ता सर्बसाधारणमा जारी गर्न लागेको हो । नेपाल ईन्भेष्टमेन्ट बैंक, कुमारी बैंक लगायतका ७ वटा बैंक तथा बित्तीय संस्थाहरु प्रबद्र्धक रहेको कम्पनीको अध्यक्षमा अर्थ मन्त्रालयका पूर्व सल्लाहकार केशवप्रसाद आचार्य हुनुहुन्छ । कम्पनीले गत आर्थिक बर्षको अन्त्यसम्म २ करोड ३२ लाख खुद नाफा गरेको र चालु आर्थिक बर्षमा ४ करोड खुद नाफा नघाई कम्तिमा १३ प्रतिशत प्रतिफल दिनसक्ने आँकलन प्रस्तुत गरेको छ ।

कम्पनीको अबस्था राम्रो भए पनि सर्वसाधारणमा जारी गरिएको शेयर संख्या कम भएकाले धेरै आबेदन पर्नसक्ने र चिठ्ठा प्रणालीबाट बाँडफाँड गर्नुपर्ने अबस्था आउने पक्का छ । तसर्थ एउटै आबेदनमा धेरै रकम फसाउनु भन्दा सन्तुलित हिसावले सहभागिता जनाएर आबेदन गर्नु उचित हुने देखिन्छ । यसअघि शेयर निश्काशन गरेका साना कम्पनीहरुको शेयर बाँडफाँड चिठ्ठा प्रथाबाट हुँदै आएको र १० वटा आबेदन मध्ये मुस्किलले एउटालाई मात्र १० कित्ता शेयर परेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?