एक वर्षसम्म मोबाइल नचलाउनेलाई एक करोड १४ लाख पुरस्कार
Feb Tue 2020 05:40:14
634 views
भिटामिन वाटर नामको एक कम्पनीले हालै एक प्रतिस्पर्धाको आयोजना गरेको छ । यो प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् ।
अहिलेको जमानामा यो सायदै सम्भव होला तर कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले यसो गर्नेलाई एक लाख डलर ( एक करोड १४ लाख रुपै याँ) नगद उपहारको घोषणा गरेको छ ।भिटामिन वाटरको #nophoneforayear चुनौतीका लागि व्यक्तिले तीन सय ६५ दिन स्मार्टफोन नचलाइ बस्नुपर्नेछ । यसका साथै आफ्नोबाहेक अरु कसैको फोन वा ट्याब्लेट पनि चलाउन पाइने छैन । प्रतिस्पर्धाको अवधि भर प्रतिस्पर्धीले एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्छ । एक वर्षसम्म नियममा बस्नेलाई कम्पनीले एक लाख डलरको पुरस्कार दिनेछ । सुन्दा सजिलो लाग्ला तर तपाईंले कम्पनीलाई यसका लागि आफू लायक छु भनेर विश्वास दिलाउनुपर्छ ।
यो अचम्मको प्रतिस्पर्धामा भाग लिन तपाईंले ट्वीटर वा इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भिटामिन वाटरलाई आफ्नो स्मार्टफोनबाट किन ब्रेक चाहिएको छ भनेर बताउ नुपर्नेछ । यसमा तपाईंले ह्यासट्याग #nophoneforayear र #contest पनि प्रयोग गर्नुपर्छ । रचनात्मक, रमाइला र क्वालिटीको आधारमा निर्णय लिइनेछ । कम्पनीले जनवरी २२ तारिखमा प्रतियोगीको घोषणा गर्नेछ ।छानिएका प्रतियोगीले फोन छुनै नपाउने भन्ने होइन, भिटामिन वाटरले उनीहरुलाई निकै पुरानो ह्यान्डसेट उपलब्ध गराउने छ जसमार्फत कुराकानीमात्र गर्न सकिनेछ । भिटामिन वाटरले यो एक ठट्टा मात्रै नभएर प्रतिस्पर्धा नै भएको पुष्टि गरेको छ ।
ब्रान्ड म्यानेजर नातालिया सुवारेजले सिएनबीसीलाई दिएको जानकारी अनुसार मानिसहरुले आफ्नो खाली समयमा केही रमाइलो कार्य गर्न सकून् भन्ने उद्देश्यसहित यस्तो प्रतिस्पर्धा गरा उन लागेको हो ।प्रतियोगीले स्मार्टफोन प्रयोग गरेको छ छैन भनेर कसरी पत्ता लगाउला भनेर सोचिराख्नुभएको होला । यसबारे पूर्ण नियम सार्वजनिक भइसकेको छैन तर कम्पनीका अनुसार पुरस्कार प्रदान गर्नुअघि प्रतियोगीले पोलिग्राफ टेस्टको सामना गर्नुपर्ने बताएको छ ।प्रतिस्पर्धामा भाग लिनका लागि जनवरी ८ तारिखसम्मको समय छ ।