Breaking News

विपत्तिका बेलामा पनि सञ्चार सम्पर्क जोड्ने द्रुत सञ्चार उपकरण टेलिकमद्धारा प्रहरीलाई हस्तान्तरण

Feb Tue 2020 05:40:58

245 views

विपत्तिका बेलामा पनि सञ्चार सम्पर्क जोड्ने द्रुत सञ्चार उपकरण टेलिकमद्धारा प्रहरीलाई हस्तान्तरण

चीनको हुवावे इन्टरनेसनलबाट प्राप्त Rapid Communication System सम्बन्धी उपकरण नेपाल टेलिकमले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच नेपाल टेलिकम वायरलेस सेवा निर्देशनालयका निर्देशक लोचनलाल अमात्यले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केदार प्रकाश साउदलार्ई ती उपकरण हस्तान्तरण गर्नुभएको छ । प्राकृतिक विपत्तिका कारण सञ्चार सम्पर्क विच्छेद भएको अवस्थामा ती उपकरण तुरुन्तै जडान गरी सञ्चार सेवा सञ्चालन गर्न सकिन्छ । ती उपकरणमार्फत ६ किलोमिटर भित्र एक आपसमा सञ्चार सम्पर्क गर्न सकिन्छ । हाल नेपाल प्रहरीलाई ती सञ्चार उपकरण ५० थान उपलब्ध गराइएको छ । मल्टिमिडिया सिस्टमसहितका यी उपकरणमार्फत भ्वाइस, भिडियो र डाटा सेवा सञ्चालन गर्न सकिन्छ । सञ्चार उपकरण हस्तान्तरणको अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल, नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा राजीव सुब्बा, नेपाल टेलिकमका नायव प्रबन्ध निर्देशकहरु लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति थियो ।विशेषगरी भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक विपत्तिका कारण सञ्चार सम्पर्क विच्छेद भएको अवस्थामा यी उपकरण बढी उपयोगी हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?