Breaking News

जलविद्यूत कम्पनीको सेयर ३२८ देखि ३५९ रुपैयाँको बीचमा कारोवार

Feb Wed 2020 02:40:55

533 views

जलविद्यूत कम्पनीको सेयर ३२८ देखि ३५९ रुपैयाँको बीचमा कारोवार
काठमाडौं । नेपाल जलविद्यूत तथा विकास कम्पनी लिमिटेडको सेयरलाई कारोबार रेञ्ज प्राप्त भएको छ । नेपाल स्टक एक्सचेन्जले यो कम्पनीको पहिलो सेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता एक सय नौ रुपैयाँ र अधिकतम तीन सय २८ रुपैयाँसम्म गर्न पाउने गरि रेञ्ज दिएको छ ।
स्टक एक्सचेञ्जले मंगलबार यस्तो रेञ्ज दिएको हो । कम्पनीको पहिलो सेयर कारोबार यही रेञ्ज भित्र रहेर गर्नुपर्ने हुन्छ ।
सरकारको स्वामित्वमा स्थापित यो कम्पनीले दुई अर्ब रुपैयाँको साधारण सेयर निष्कासन गरेको हो । यो सबैभन्दा ठूलो प्राथमिक सेयर निष्कासन पनि हो । गत कात्तिकमा यो कम्पनीको सेयर निष्कासन भएको थियो । करिब नौ महिना पछि सेयर कारोबार सुरु हुँदैछ । कम्पनीको मंगलवार ३२८ देखि ३५९ रुपैयाँको बीचमा २९ हजार कित्ता सेयर कारोवार भैसकेको छ। कारोवार खुलेपछि कम्पनीको दुई लाख ३६ हजार कित्ता सेयर खरिदका लागि बाइ अर्डर आएको छ। खरिदकर्ताले ३४६ रुपैयाँदेखि ३६० रुपैयाँसम्म खरिद गर्नका लागि कोट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?