दोस्रो संस्करणको क्यान ‘सफ्टेक समिट २०१७’जनवरी ६ मा होटल अन्नपुर्णमा हुने भएको छ । क्यान ‘सफ्टेक समिट २०१७ मा बहुसंख्यक स्वदेशी तथा विदेशी सफ्टवेयर कम्पनीहरु सहभागिता रहने छ । नेपाली सफ्टवेयर क्षेत्रको प्रवद्धन र विकासको लागि यो कार्यक्रम आयोजना गरेको क्यानले जनाएको छ । सफ्टेक समिट २०१७ मा नेपाली सफ्टवेयर कम्पनीहरुले आफ्ना पछिल्ला उत्पादनहरु प्रदर्शन गर्नेछन् । विभिन्न सरकारी संस्थाका प्रतिनिधि, कर्पोरेट क्षेत्र, विभिन्न संस्था तथा युवाहरुले विशेष चासोका साथ अवलोकन गर्ने उक्त कार्यक्रममा सफ्टवेयरको पछिल्लो विकासको बारेमा बुझ्न सकिने क्यान महांघका महासचिव विश्व बलामीले बताए ।