Breaking News

लजिटेकका वायरलेस माउस र किबोर्डमा ह्याकरको निशाना

Feb Wed 2020 02:40:56

463 views

लजिटेकका वायरलेस माउस र किबोर्डमा ह्याकरको निशाना

आफ्नो ल्यापटप तथा डेस्कटप कम्प्युटरसँगै यदि  तपाइँ वायरलेस माउस तथा किबोर्डको प्रयोग गरिरहनुभएको छ भने सावधान हुनुहोस् । ह्याकरहरुले आजकल यस्ता डिभाइसहरुमा आँखा लगाउन थालेका छन् ।

एक रिपोर्ट अनुसार करीब २ सय मिटर टाढै बसेर कुनैपनि व्यक्ति तपाइँको माउसका माध्यमबाट तपाइँको ल्यापटप वा डेक्सटपमा राखिएका डाटासम्म आफ्नो पहुँच पूराउन सक्छ ।

यदि तपाइँ अफिसमा यस्तो वायरलेस माउसको प्रयोग गर्नुहुन्छ भने तपाइँले काम नगरिरहेको बेलामा पनि ह्याकरबाट तपाइँको कम्प्युटरका डाटा चोरिने जोखिम हुन्छ ।

तपाइँ कुर्सीमा कम्प्युटर अगाडि बसिरहनुभएको हुन्छ तर तपाइँको कम्प्युटर अरु कसैको कब्जामा परिसकेको हुन्छ । ब्यास्टिल नेटवर्कस्ले गरेको अध्ययन अनुसार माउस वा वायरलेस किबोर्ड र त्यसलाई कम्प्युटरसँग जोड्ने डोंगलबीचको वायरलेस लिंक निकै असुरक्षित रहने गरेको छ । डोंगल र वायरलेस डिभाइसबीचको लिंक प्रायः इन्त्रिप्टेड अर्थात् पासवर्ड सुरक्षित नहुने भएको हुँदा ह्याकरले सजिलै अरुको कम्प्युटरमा नियन्त्रण कायम गर्न सक्छन् ।

अध्ययन अनुसार लजिटेक, डेल तथा लेनोभोले बनाएका वायरलेस किबोर्डहरुले वायरलेस डिभाइस तथा डोंगलबीचको सम्बन्धलाई इन्त्रिmप्ट गरेका हुँदैनन् । जसका कारण यस्ता डोंगलमार्फत ह्याकरले कम्प्युटरमा आक्रमण गर्ने जोखिम हुन्छ ।

लजिटेकले आफ्ना वायरलेस माउस तथा किबोर्डहरुलाई सुरक्षित बनाउनका लागि प्रविधि अपग्रेड गरिरहेको बताएपनि शोधकर्ताहरुले भने कम्पनीहरुले उत्पादन गरिसकेका अधिकांस माउस तथा किबोर्डहरुमा त्यस्तो प्रविधि अपग्रेड गर्नै नसकिने खालका रहेका हुनाले कम्प्युटर प्रयोगकर्ताको हातमा सधै जोखिम रहिरहने बताएका छन् ।

-www.onlinekhabar.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?