उजुरी कहाँ गर्ने ?
मोबाइल हराएको, चोरी वा लुटपाट भएको थाहा पाउनेबित्तिकै सम्बन्धित सेवा प्रदायक संस्थाबाट सिम ब्लक गर्न लगाएर महानगरीय प्रहरी महाशाखा त्रिपुरेश्वरको मोबाइल खोजतलास शाखामा मोबाइलको आईएमईआई नम्बर वा मोबाइलको बक्स र मोबाइल खरिद गरेको आधिकारिक बिलसहित निवेदन दिनुपर्छ । दर्ता नम्बरसहितको चिट दिएर कम्तीमा १५ दिनपछि सम्पर्क गर्नुपर्छ ।
खोजतलासको प्रक्रिया
दैनिक रीत पुर्याएर दैनिक रुपमा आएका उजुरीहरु आधिकारिक आईएमईआई ट्रेस गर्ने अनुमतिका लागि अदालतमा पठाइन्छ र अनुमतिको तोक लागेर आएका आईएमईआई ट्रेस गर्न सहयोगका लागि प्रयोग भएका सिमअनुसार सम्बन्धित टेलिकम संस्थाहरुसँग समन्वय गरी चोरिएका वा भेटिएका मोबाइल सेटहरु प्रयोग भइरहेको खण्डमा प्रयोगकर्तालाई परिसरमा हाजिर गराइनुका साथै मोबाइल सेट जफत गरी सम्बन्धित उजुरीकर्तालाई खबर गरी हस्तान्तरण गरिन्छ ।