Breaking News

स्लो इन्टरनेटमा चल्ने युट्युब गो ल्यायो युट्युबले

Feb Tue 2020 05:40:54

389 views

स्लो इन्टरनेटमा चल्ने युट्युब गो ल्यायो युट्युबले
गूगलले युट्युब गो नामक एप तयार पारेको छ । लो डाटा स्पीडमा पनि यसले मज्जाले काम गर्छ । इन्टरनेट स्लो भएका विकासोन्मुख देशहरूका लागि यो एप विकसित गरिएको हो । युट्युब गो मूल युट्युबको डाउन भर्जन हो । यसबाट प्रयोगकर्ताहरूले स्लो इन्टरनेटमा पनि भिडियो हेर्न सक्छन्, शेयर अनि डाउनलोड पनि गर्न सक्छन् । बीटा भर्जनमा रहेको यो एप अहिले सबैका लागि उपलब्ध रहेको छ । एन्ड्रोइड युजरहरूले प्लेस्टोरबाट यो एप डाउनलोड गर्न सक्छन् । तर स्टेबल बिल्ड भर्जन अझै आइसकेको छैन । अनरिलिज्ड भर्जन चाहिँ प्लेस्टोरमा आइसकेको छ । एप्पलको आईओएसमा चाहिँ यो एप आइसकेको छैन । युट्युब गोमार्फत प्रयोगकर्ताहरूले युट्युब भिडियो डाउनलोड गरेर सेभ गर्न सकिन्छ । प्रयोगकर्ताहरूले अफलाइन भिडियोहरूलाई ब्लुटूथ वा वाईफाई डाइरेक्टमार्फत आफ्ना साथीहरूसँग शेयर गर्न सक्छन् । युजरहरूले भिडियो डाउनलोड गर्नुअघि त्यसको एमबी समेत चेक गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?