सरकारले यस वर्ष पनि बिज्ञान तथा सूचना प्रविधिको क्षेत्रलाइ प्राथमिकतामा राखेको छैन । पूननिमार्ण, जलद्यिुत, सडक तथा पूर्वाधारको विकास, शिक्षा, स्वास्थ। सामाजिक सूरक्षाका विषय प्राथमिकतामा परेपनि सूचना प्रविधिको कुरा उल्लेख गरिएको छैन । तरपनि यस क्षेत्रमा विभिन्न फरक फरक शिर्षकमा केहि कार्यक्रमहरु समावेश गरिएको छ । करलाइ व्यवस्थित विद्युतिय प्रणाली र आइटीको प्रयोगमा जोड दिने बताएको छ । अरु विषयहरु यसअघि नै काम सुरु भएका र चर्चामा आइरहेका विषय वाहेक अन्य महत्वपुण कार्यक्रम समावेश भएको छैन ।
सूचना तथा सञ्चार अन्तगर्त काठमाण्डौ उपत्यका र महानगरमा फोर जी सेवा सुरु गर्ने उल्लेख गरिएको छ । लोकमार्गमा अप्टिकल फाइबर बिछ्याएर ७२ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेट पुर्याइने र ब्रोडब्याण्ड नपुग्ने स्थानमा माइक्रोवेबबाट इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखिएको छ ।
ग्रामिण दुरसञ्चार कोषको रकमलाइ प्रयोग गरि सामुदायिक विद्यालय र स्वास्थ केन्द्रमा इन्टरनेट पुर्याउने कुरा बजेटमा उल्लेख गरिएको छ ।
बिज्ञान प्रविधि कार्यक्रम अन्तर्गत यूवा बैज्ञानिकहरुलाइ प्रोत्साहन गर्न अनुसन्धान बृति र पुरस्कारको व्यवस्था गर्ने उल्लेख गरिएको छ । र यसैगरी सूचना प्रविधि सम्वन्धी छाता एनको विधेयक संसदमा पेश गरिने कुरा उल्लेख गरिएको छ । उच्च पहाडी क्षेत्रमा डेटा सर्भर स्थापनाको सम्भावना अध्ययन र काम अघि बढाउने कुरा उल्लेख गरिुएको बजेटमा राष्ट्रिय सूचना केन्द्रको क्षमता अभिवृद्धी गरिने बताइएको छ ।
यसैगरी बैंकहरुको सेवालाइ मोवाइल बैकिङ र शाखा रहित बैकिङको विस्तारमा जोड दिइने बताइएको छ । काठमाण्डौलाइ सेटेलाइट शहर र अन्य १० शहरलाइ स्मार्ट सिटीको रुपमा विकास गर्न काम थालिने बजेटमा उल्लेख गरिएको छ । अनलाइनबाट हुने कारोबारलाइ करको दायरामा ल्याइने कुरा बजेटमा प्रस्ताव गरिएको छ ।
सरकारले निजी प्रयोगका विद्युतीय सवारी साधनको पैठारीमा अन्त शुल्क पुरै छुट दिई १० प्रतिशत भन्सार शुल्क लाग्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले संसदमा प्रस्तुत गरेको बजेटमा सरकारले यस्तो छुटको व्यवस्था गरेको हो। सार्वजनिक सवारी साधनमा भने अन्त शुल्क पुरै छुट दिई १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने व्यवस्था सरकारले गरेको छ।कर प्रणालीलाइ व्यवस्थि तगर्न ३६५ दिन र २४ औ घन्टा सेवा दिने गरि व्यवस्था गरिने जनाइएको छ । २०७५ सालसम्म कर प्रणाली पुर्णरुपमा विद्युतिय बनाउने गरि काम गरिने बजेटमा उल्लेख गरिएको छ । सरकारले लाइसेन्सको स्मार्ट कार्ड वितरण प्रभावकारी बनाउने र ५ वर्षभित्र पुर्ण रुपमा स्मार्टकार्ड सञ्चालन हुने गरि काम गर्ने बताएको छ । सरकारले १ अर्बको च्यालेन्स फन्ड घोषणा गरेको छ । स्मार्टअप तथा नया ढंकले स्वदेशमै रोगजारी सृजना गरि काम गर्नेको लागि यो फन्डको व्यवस्था गरिएको बताएको छ ।