Breaking News

दक्षिण कोरियामा रेमिट्यान्स कम्पनीलाई वैधताले नेपालीलाई पैसा पठाउन सजिलो

Feb Tue 2020 05:40:18

279 views

दक्षिण कोरियामा रेमिट्यान्स कम्पनीलाई वैधताले नेपालीलाई पैसा पठाउन सजिलो

कोरियामा रहेका लाखौं विदेशी कामदारको हितलाई ध्यानमा राखेरको रियाले बैंकमार्फत मात्रैै रकम पठाउनसक्ने नीति परिमार्जन गर्दै रेमिट्यान्स कम्पनीलाई पनि कारोबारमा भित्र्याउने निर्णय लिएको छ । रेमिट्यान्स कम्पनीको मोबाइल एप्लीकेशन प्रयोग गरेरै कोरियाबाट आप्रवासी कामदारले आफ्नो घरमा रकम पठाउन सक्नेछन् । निर्णयअनुसार अब कोरियाबाट पैसा विदेश पठाउन रेमिट्यान्स कम्पनी दर्ता हुनेछन् ।

यसअघि बैंकले मात्र यस्तो सेवा प्रदान गर्ने अनुमति पाएका थिए । यसैका कारण असुरक्षित र अवैधानिक मानिने हुण्डीमार्फत ठूलो रकम नेपाल भित्रिने गरेको थियो ।

अब बीमा कम्पनी, सेयर कारोबार गर्ने कम्पनी, गैह्र बैंक लगायत अन्य कम्पनीले पनि रेमिट्यान्स सेवा प्रदान गर्ने अनुमति पाउनेछन् । नयाँ व्यवस्थाअनुसार एकजना व्यक्तिले वर्षमा २० हजार अमेरिकी डलर मात्र विदेश पठाउन पाउने सीमा तोकिएको छ । १३ लाख कोरियन वन पठाउन ३० देखि ४० हजार वन खर्च गनुपर्ने समाचारमा जनाइएको छ ।

कम्पनी दर्ताको लागि ३ सय मिलियन कोरियन वन चुक्ता पुँजी जम्मा गर्नुपर्नेछ । सरकारको यो निर्णयबाट २० लाख ब्यक्तिहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?