Breaking News

विश्वका दश लोकप्रिय हाकिम

Feb Tue 2020 05:40:51

702 views

विश्वका दश लोकप्रिय हाकिम

कर्मचारीलाई खुसी राख्दै संस्थालाई समेत प्रगतिउन्मुख गराउने विश्वका प्रविधि कम्पनीका सफल र लोकपि्रय प्रमुख कार्यकारीको सूचि तयार पारेको छ ब्लुमबर्गले । जस अनुसार विश्वका दश जना लोकपि्रय हाकिम यस्ता छन्-

१. लिंक्डइनका प्रमुख कार्यकारी जेफ वेनर-उनले ९९.५ अंक पाएका छन् । उनी सन् २००८ देखि लिंक्डइनको प्रमुख कार्यकारी छन् । लिंक्डइन पछिल्लो समयमा निकै लोकपि्रय सामाजिक संजालको रुपमा स्थापित भएको छ । यसका विश्वभरमा ३३ करोड प्रयोगकर्ता हुनुका साथै ६ हजार कर्मचारी छन् ।

२.क्वालकोमका पाउल ज्याकोब- यद्यपि उनले गएको मार्चमा क्वालकोमको प्रमुख कार्यकारी पदबाट राजिनामा दिए । तर लगातार १० वर्षसम्म प्रमुख कार्यकारी रहँदा उनले कम्पनीका कर्मचारीको मन खुबै जितेका रहेछन् ।

३. इन्टुइटका प्रमुख कार्यकारी ब्राड स्मिथ- सन् २००८ देखि अमेरिकी सफ्टवेयर कम्पनी इन्टुइटका प्रमुख कार्यकारी रहेका स्मिटले ९४.४ अंक पाएका छन् ।

४. फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्ग- विश्वको सबैभन्दा ठूलो सोसल मिडिया कम्पनी फेसबुकका प्रमुख कार्यकारी जुकरबर्ग विश्वका टेक कम्पनीको चौथो लोकपि्रय हाकिममा पर्छन् । फेसबुक स्थापना काल सन् २००४ देखिनै सिइओ रहेका उनले ९३.३ अंक पाएका छन् ।

५.गुगलका सिइओ ल्यारी पेज- सन् २००१ देखि गुगलको सिइओ रहेका पेजले ९३.२ अंक पाएका छन् । उनी गुगलका सहसस्थापक पनि हुन् ।

६. सेल्सफोर्स डट कमका सिइओ मार्क बेनिओफ- क्लाउड कम्प्युटिङ कम्पनी सेल्सफोर्सका सिइओ बेनिओफ सन् १९९९ देखि कम्पनीको नेतृत्व तहमा छन् । उनले ९३ अंक पाएर विश्वको छैटौँ लोकपि्रय हाकिमको रुपमा आफुलाई स्थापित गराएका छन् ।

७. रिभरबेडका सिइओ जेरी केन्नेली- नेटवर्क एप्लिकेसन कम्पनी रिभरबेड टेक्नोलोजीका सिइओ केन्नेली सन् २००२ देखि कम्पनीको हाकिम छन् । उनले ९२.८ अंक पाएका छन् ।

८. एप्पलका टिम कुक- सन् २०११ देखि एप्पलको सिइओ रहेका कुकले हालै आफु समलिंगी भएको घेाषणा पनि गरेका छन् । उनी विश्वका आठौँ लोकपि्रय हाकिम हुँदा ९२ अंक पाएका छन् ।

९. इबेका सिइओ जोन डोनेहो- अनलाइन सपिङ साइट इबेमा सन् २००८ देखि सिइओ रहेका जोनलाई ९१.२ प्रतिशत कर्मचारीले रुचाएका छन् ।

१०. एडिपीका सिइओ कार्लोस रोडि्रगेज- पे रोल सेवा प्रदायक एडिपी कम्पनीमा उनी सन् २०११ देखि सिइओ छन् । उनले ९०.६ अंक पाएका छन् ।-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?