Breaking News

होलीमा अरुलाई जथाभावी लोला हान्दा यसरी सार्बजनिक अपराधको मुद्दा लाग्न सक्छ ? सचेत बनौ र सभ्य मर्यादित रुपमा होली पर्व मनाऔं

Feb Tue 2020 05:40:10

453 views

होलीमा अरुलाई जथाभावी लोला हान्दा यसरी सार्बजनिक अपराधको मुद्दा लाग्न सक्छ ? सचेत बनौ र सभ्य मर्यादित रुपमा होली पर्व मनाऔं
होली पर्व मनाउने योजना बनाइरहनु भएको छ ? त्यसो भए संयमित भएर मनाउनुस् । अन्यथा तपाईंलाई सार्बजनिक अपराधको मुद्दा लाग्नसक्छ । होली पर्वमा जबरजस्ती रंग दल्ने र लोला हान्ने काम गरे स्थानीय प्रशासनले नियन्त्रणमा लिइ स्थानीय प्रशासन ऐन २०२८ तथा सार्बजनिक अपराध कसुर ऐन २०२७ अनुसार कारबाही गर्छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले कसैको इच्छाविपरित रंग दल्ने, लोला हान्ने, स्वास्थ्यमा प्रतिकूल असर पर्ने रसायन लगायतका पदार्थ छ्याप्ने काम होलीमा बर्जित गरिएको जानकारी दिए । उनले बुधबार सार्बजनिक सूचना निकालेर मर्यादित र व्यवस्थितपूर्वक होली खेल्न तथा यसको सामाजिक, धार्मिक र साँस्कृतिक मर्यादा कायम राख्न सबैलाई आग्रह गरेका छन् । बसन्तपुरमा बुधबार विधिपूर्वक चीर ठड्याएपछि आपसी मेलमिलाप र सदभावको प्रतिक स्वरुप मनाइने होली सुरु भएको छ । तर होलीको मुख्य दिन भने यही चैत ९ र १० गते हो । पहाडी जिल्लाहरुमा ९ गते र तराईका जिल्लाहरुमा १० गते होली मनाउने गरिन्छ । ति दिन सरकारले सार्बजनिक विदा दिने गर्दछ । यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?