Breaking News

लौ हर्नुहोस्, ऊ साइकल मन्त्री आए !

Feb Tue 2020 05:40:40

389 views

लौ हर्नुहोस्, ऊ साइकल मन्त्री आए !

काठमाडौं । विहीबार बिहान ८ बजेर २० मिनेटतिर पुरानो बानेश्वरबाट नयाँबानेश्वरतर्फ साइकल चढेर एकजना सैनिक र अर्को गैरसैनिक व्यक्ति आइरहेका थिए । सडकको डिलबाट एकजनाले औंल्याउँदै भने- ऊ मन्त्री ! साइकलमा आयो !

पिंगलास्थानबाट सिंहदरबारस्थित जनसंख्या तथा वातावरण मन्त्रालय सम्हाल्न साइकल चढेर हिँडेका मन्त्री पासवान नयाँ बानेश्वरस्थित पानीट्याङ्कीबाट अनामनगरतर्फ मोडिँदा बिहानको ८ः२५ बजेको थियो ।

पुरानाको बानेश्वरबाट नयाँ बानेश्वरतर्फ आउने बाटो सामान्यतः ओरालो छ । तर त्यो ओरालोमा मन्त्री पासवानले साइकलको पाइडल दह्रहैसँग घुमाउँछन्, जसले गर्दा उनले कतिपय माइक्रो र ट्याक्सीलाई समेत उछिन्छन् ।

मन्त्री पासवानको सुरक्षामा खटिएका सेनाका जवानलाई पनि हैरान छ । ती सैनिकले अन्य मन्त्रीलेजसरी झण्डावाल गाडीभित्रको तातोमा बस्न पाउँदैनन् । पुसको ठण्डीमा मन्त्री पासवानसँगै उनले पनि साइकलको पाइडल दबाउनुपर्ने हुन्छ ।

विहीबार बिहान पनि ती सैनिकले मन्त्री पासवानलाई साइकलमै पछ्याइरहेका थिए । मन्त्री पासवानका साथमा सैनिक नहुँदा हुन् त उनलाई सर्वसाधारणले ठम्याएर ‘ऊ मन्त्री’ भन्न शायद मुस्किल पथ्र्यो ।

मन्त्री पासवान ‘स्वाभिमान यात्रा’ का नाममा यसै गरी साइकल चढेर सिंहरदरबार-पिंगलास्थान गर्न थालेको धेरै साता बितिसकेेको छ । उनले प्रमुख तीन दलका शीर्ष नेतालाई समेत साइकल बाँडिसकेका छन् । तर, सुशील, केपी ओली र प्रचण्डले ती साइकलको उपयोग गर्ने सम्भावना कमै छ । हेरौं मन्त्री पासवानले पनि कहिलेसम्म यसैगरी साइकल चढेर सिंहदरबार धाउने हुन् ।

साभार : अनलाइनखबर डट कमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?