Breaking News

जलविद्युत लगानी तथा विकास कम्पनीको आइपीओ पुस २५ खुल्ने, बजारमा ४१ अर्ब फर्कँदै

Feb Tue 2020 05:40:13

711 views

जलविद्युत लगानी तथा विकास कम्पनीको आइपीओ पुस २५ खुल्ने, बजारमा ४१ अर्ब फर्कँदै

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीको सेयर यही पुस २५ गते वितरण हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषले २५ गते सेयर बाँडफाँट गर्ने तयारी गरेको हो । नागरिक लगानी कोषले पुस २८ गते भित्रमा सेयर बाँडफाँट गरिसक्नु पर्छ । कम्पनीको सेयरमा दुई लाख जनाभन्दा धेरै आवेदक थिए । त्यसैले नागरिक लगानी कोषले तीन महिनाको अवधिमा सेयर बाँडफाँट गर्नुपर्छ ।  तीन महिना अगाडि कम्पनीले सर्वसाधाणका लागि दुई अर्ब रुपैयाँको सेयर निष्काशन गरेको थियो । कम्पनीको सेयरमा ४३ अर्ब रुपैयाँ माग गर्दै आवेदन परेको थियो । दुई अर्बको सेयर वितरण भएपछि बजारमा ४१ अर्ब रुपैयाँ फर्कने छ । एचआइडिसिएलमा नेपाल सरकारको पाँच अर्ब, कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको एक/एक अर्ब रुपैयाँ गरी ८ अर्ब रुपैयाँ लगानी भएको थियो । कम्पनीले अहिलेसम्म ८ वटा आयोजनामा सवा ३ अर्ब रुपैयाँ लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?