Breaking News

पुरुषले पनि महिनावारीको समस्या अनुभव गर्नेे खुलासा

Feb Wed 2020 02:40:42

562 views

पुरुषले पनि महिनावारीको समस्या अनुभव गर्नेे खुलासा

नयाँ दिल्ली, महिनावारीको पीडा महिलाहरुलाई मात्रै हुन्छ भन्ने मानिँदै आइएकोमा एउटा नयाँ अध्ययनले भने महिलाहरुले भोग्ने समस्या जस्तै पुरुषले पनि पिरियडमा समस्या झेल्ने अचम्मको तथ्य सार्वजनिक गरेको छ ।

सर्भेमा एक चौथाई पुरुषहरुले उनीहरुलाई पनि महिनावारीका बेला समस्या हुने बताएका थिए । यो बेला, थकान, आलस्य, छटपटी, झर्किने जस्ता समस्या भोग्नुपर्ने बताए । करीब २५ सय महिला र पुरुषमा भएको यो सर्वेका बारेमा भारतीय मिडिया जीन्यूजले प्रकाशित गरेको समाचार अनुसार, दुई तिहाई महिलाहरुले आफ्नो श्रीमानलाई पनि पिरियड्सका बेला हुने समस्याको अनुभव हुने बताए । २० प्रतिशतले त आफू भन्दा पनि आफ्नो श्रीमानलाई बढी पीडा हुने बताए । सर्वेक्षणमा २६ प्रतिशत पुरुषहरुलाई पिरियड्सको लक्षणको अनुभव भएको जनाइएको छ ।

सर्वेमा ४३ प्रतिशत महिलाहरुले पिरियड्सको बेला आफ्नो जीवनसाथीले सहयोग गरेको बताए । सामान्यतः पुरुषहरुमा निम्नलिखित समस्या हुने सर्वेमा उल्लेख छ । १. झर्किने– ५६ प्रतिशत २. सामान्य भन्दा बढी थकान– ५१ प्रतिशत ३. निरन्तर भोकको अनुभव– ४३ प्रतिशत ४. कुनै कुरामा मन नलाग्ने– ४३ प्रतिशत ५. शरीर दुख्ने– ५ प्रतिशत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?