Breaking News

पत्रकारिता, साहित्य र परोपकारका त्रिवेणी :प्रेम बानियाँ

Feb Tue 2020 05:40:36

1006 views

पत्रकारिता, साहित्य र परोपकारका त्रिवेणी :प्रेम बानियाँ

पत्रकारितामा परिचित नाम र अनुहार हो प्रेम बानियाँ । छापा माध्याम हुँदै बिगत लामो समयदेखि टेलिभिजन पत्रकारितामा जमेका बानियाँ शहरबजारका टेलिभिजन सेटहरुमा मात्रै होइन कुना कप्चेरा र अँध्यारा दुर्गम बस्तीहरुमा पनि परिचित छन । पत्रकारीताको आफ्नो कर्मसँगै धर्मपनि गरिरहेका छन उनले सामाजिक अभियानहरु  र परोपकार मार्फत । २०३८ बैशाख २२ मा सिन्धुपाल्चोकको कुन्चोक  गाविसमा बुबा जित बहादुर र आमा मैया बानियाँको सन्तानको रुपमा जन्मिएका प्रेमले स्नाकोत्तरसम्मको अभ्ययन सकाएका छन् । जसरी युवाअवस्थामा नै नेपाली पत्रकारिताको दौहमा आफूलाई अग्रपंक्तिमा उभ्याएका छन त्यसरी नै उनले आफ्नो रुचिको बिषय साहित्यलाई पनि शसक्त बनाइरहेका छन् । डाइरेक्सनमा पनि उनी अगाडी छन् । समग्रमा भन्नुपर्दा पत्रकारिता, साहित्य र सामाजिक अभियानको त्रिवेणी हुन बानियाँ । हाल न्यूज ट्वान्टी फोर टेलिभिजनका न्यूज कोर्डिनेटरको रुपमा कार्यरत उनै प्रेम बानियाँसँग इप्रोफाइलको लागि नारायण तिवारीले गरेका कुराकानी –

 पत्रकारितामा कसरी लाग्नुभयो ?

साहित्यबाट पत्रकारितामा । साहित्यमा चाहीं कसरी भने दसैंतिहारमा हाम्रो गाउँमा गीत, कविता सुनाउने चलन थियो, त्यसैको माध्यमबाट र स्कुलको अतिरिक्त क्रियाकलापबाट । हाम्रो गाउँमा डम्बर रसिक भारती हुनुहुन्छ । उहाँले कविता कार्यक्रम गर्ने र हवाई पत्रिका निकाल्ने, अनि गाउँमा दसैंका वेला पीपलको बोटमा पिङ थाप्ने र त्यसैमा कविता लेखेर टाँस्ने गर्ने अनि सबैलाई सहभागी गराउने गर्नुहुन्थ्यो । त्यही पीपलको रुखमा कविता लेखेर टाँसेर मेरो साहित्य यात्रा सुरु भयो । त्यसपछि जमघट हवाई पत्रिका निकालियो । अनि पत्रमित्रबाट देशभर साथी बनाएर हवाई पत्रिका अनि सिर्जनाहरु आदान प्रदान हुन्थ्यो, मैले आठ कक्षादेखि कविता लेख्न थालेको हूँ । यसै यसै बाटोबाट साहित्यमा । अनि पत्रकारितामा चाही एसएलसी पास भएर गाउँदेखि मेलम्ची गएसँगै । सिन्धुसन्देश साप्ताहिक चौताराबाट निस्किन्थ्यो, त्यसको स्थानीय रिपोर्टर, क्षेत्र नं. ३ को रिपोर्टर भएर प्रारम्भ भयो । त्यसपछि २०५७ सालमा नेपाल समाचारपत्रको मेलम्ची संवाददाता भएर काम गरें र पछि सिन्धुसन्देश साप्ताहिकको सम्पादक मेलम्चीबाट सदरमुकाम चौतारा सरें अनि त्यसपछि काठमाडौं आएँ । काठमाडौंमा समाचारपत्रमा नै काम गर्न थालें । यस बीचमा एभिन्युज टेलिभिजनको पहिलो ब्याचका रुपमा काम गरे र अहिले न्युज २४ टेलिभिजनको एक सदस्य रुपमा छु । गाउँ, निर्वाचन क्षेत्र, जिल्ला सदरमुकाम र राजधानी हुँदै मेरो पत्रकारिता यात्रा यहाँसम्म आइपुगेको हो, यो निकै लामो दूरीको कठीन यात्रा चलिरहेको छ ।

kabi chandra pd neupane, damber rasik bharati n prem baniya before 12 years1

कबि चन्द्र प्र. नेउपाने र डम्बर रसिक भारतीसंगै 

तपाईंको अनुभवमा पत्रकारिताका चुनौती के रहेछन् त ?

यहाँ चुनौति एक्लै छैन । दुईटा कुरा छ – एउटा सम्भावना अनि मात्रै चुनौति । २०६३ सालमा एभिन्यूज टीभीमा काम गर्दा मेरो सुरुको तलब तलब चार हजार रुपियाँ थियो । त्यहाँदेखि यहाँसम्म आइपुग्दा काम र दाम दुवैको स्तर स्वभाविक बढेको छ । तर पनि मैले संकेत गरेको के हो भने, एउटा पत्रकार सवभन्दा बढी स्वावलम्वी भएर बाँच्न सक्नुपर्दछ तर नेपालमा त्यस्तो वातावरण पूरापूर बनिसकेको छैन । चुनौति यो त छँदैछ, यसबाहेक कुनै पनि विषयमाथि मिशन जर्नलिज्म गर्दाका सुरक्षा थ्रेट, आरोप प्रत्यारोप, यो निकै काँडाहरुबीचको यात्रा हो जस्तो मलाई लाग्छ । यसको साथमा सम्भावना पनि निकै छ, पत्रकारिताको विषयवस्तुका आधारमा नेपाल त स्वर्ग नै हो जस्तो लाग्छ मलाई, यहाँ यति धेरै मुद्दाहरु छन्, यति धेरै विषयवस्तु र काम गर्नेका लागि यति धेरै स्कूप छ कि, हरेक क्षेत्र र विषयमा एउटा सशक्त पत्रकार परिवर्तनको सम्वाहक नै बन्न सक्दछ ।

पत्रकारितामा लागेर के पाउनुभयो, के गुमाउनुभयो ?

पाएको धेरै छु र दिएको पनि धेरै छु यो समाज र देशलाई जस्तो लाग्छ । जस्तो कि, देश बुभ्mने, छाम्ने र अनुभूत गर्ने अवसरहरु, अरु देश पनि बुभ्mने मौका, जीवनको खास भोगाइ, आफन्तहरु आदि आदि । दस,बाह्र वर्षदेखि टेलिभिजनबाट दिनहुँ दर्शकबीच हुन पाएको छु । धेरै थोक पाएको छु । पत्रकारितामा लागेको एउटा मान्छेका लागि यो देशमा एउटा जीवन काफी छैन जस्तो लाग्छ । तर, गुमाएको चाही निजी जीवन हो । कैलेकैले चिनिनु पनि नजाति हुदोरहेछ निजी जीवनको सवालमा ।

Aama n Sasu aama.1

          आमा र सासु आमासंग

स्कुप स्टोरीहरु के छ तपाईंका ?

त्यस्ता प्रशस्त स्टोरी गरेको छु । एउटा सबल पत्रकारले देशमा धेरै परिवर्तन गर्न सक्छ भन्ने दाबी गर्न सक्छु म । पत्रकारिताको विद्यार्थी भएको नाताले जति गरें, त्यो गर्व गर्नलायक छ भन्ठान्छु । यसले रिस्क पनि दियो । जस्तो कि, एभिन्युज टेलिभिजनमा खबरभित्रको खबर कार्यक्रम गर्दा हाम्रो टिमले निकै नै महत्वपूर्ण विषयवस्तुमाथि गहिरा खोज अनुसन्धान गरेको छ । मिर्गौला तस्करीदेखि कोकाकोलाको बद्मासीसम्म । सन् २०१० मा हाइटी गएर त्यहाँ कार्यरत नेपाली सेनाको मिहिनेत र कुशलतासम्म । यसबीच न्युज २४ टीभीमा आएर हामीले न्युरोडको गुदपाकको स्टोरी बनायौं ः जसले जनताको स्वास्थयमा खेलवाड गरिरहेको थियो र त्यो बन्द भयो, अmभैm बन्द छ । त्यस्तै विनायक अस्पतालका बारेमा अर्को स्टोरी गर्यौं ।

महिलालाई सुत्केरी गराउन लिने शुल्क र यस सम्बन्धी ठेक्का विनायक अस्पतालले पाएकामा नक्कली चिठी बनाएर गलत तरिकाबाट पैसा असुलेको पाएकामा अस्पतालका सञ्चालक धेरैपटक भेट्न आए र न्यूज नदेखाउनका लागि घुस दिन पैसा बोकेर आए जसबारे हामीले अख्तियारमा खबर गरिसकेका थियौं । अख्तियारले सादा पोसाकमा प्रहरी पठाएको थियो । टेबुलमुनिबाट घुस दिनासाथ प्रहरीले उनलाई समात्यो । अनि अस्पताल पनि बन्द भयो । ती मान्छे जेल परे । हालैको घटना भन्नुहुन्छ भने हामीले सरोगेसी मदरको समाचार पनि ब्रेक गर्यौं । यसमा ग्रान्डी अस्पताल, डा. रुपज्योति, उपेन्द्र महतोसम्म संलग्न भएको पायौं । यस्तो गतिविधिमा सर्वोच्चले बन्देज लगाइदियो । मन्त्रिपरिषद्मा गएको प्रस्ताव पनि फिर्ता भयो । यस्ता स्कुप स्टोरी निकैनिकै छन् ।

सकारात्मक त्यस्तो के गर्नुभयो तपाईले यो देश र समाजका लागि ?

एउटा जीवन काफी छैनजस्तो लाग्छ मलाई यो देशमा । कुनै समय थियो एभिन्यूज टीभीमा उठेर खबर पढ्दा मान्छेहरु हाँस्थे र भन्थे प्रेम बानियाँ  यो के गर्दैछ ? मान्छेलाई, सोचलाई  बिस्तारै बदल्दिने सत्य नै हो समयको । यो बदलिएको छ । आजभोलि मान्छेहरु उठेका जागरुक समाचारहरु हेर्न रुचाउने भए । समय त्यस्तै थियो, काठमान्डू शहरको कुनै सडकमा सर्प देखियो भने टेलिभिजनको हेडलाइन बन्ने देशमा सुदूर तथा मध्यपश्चिमतिर भोका मान्छेहरु हिउँ खाएर जिन्दगी धानिरहेका विषय कैले समाचार भएन । अर्थात् सुदूर वा मध्यपश्चिम भनेको त त्यस्तै भोका नांगाहरुको भूगोल हो जस्तोगरी प्रचार भइरह्यो । कस्तो सम्म भने जुम्लातिरका मान्छेका दृश्य देखाउन पर्यो भने नाँकमा झिंगा भन्केका वालवालिका वा मयलैमयलले कालाम्मे भएका बूढापाकाको हातगोडा नदेखाएसम्म दर्शकहरुले पत्याउँदैनन् कि जस्तो गरिन्थ्यो ।

couple1

बीबीसी नेपाली सेवामा कार्यरत श्रीमती हरिदेवी रोकायासंग सेल्फी

यसको मतलब, टीभी वा क्यामेराहरु गरिबलाई हेप्दथे । मलाई पूरापूर दाबी गर्नुछ यस विषयमा कि, सुदूर र मध्यपश्चिमका हरेक जिल्ला र धेरैजसो बस्तीमा पुगेर मैले मेरो टीभी करियरलाई गौरबशाली बनाएको छु । सुदूर तथा मध्यपश्चिम भनेको भोकानांगा वा भिंगा भन्किएका गरिबहरुको भूगोल होइन । त्यो त अथाह, अपत्यारिलो संसारकै दुर्लभ सम्भावना भएको भूगोल हो भनी इतिहासकै बढी प्रचार गरेको छु, दायित्वबोध गरेको छु । र, नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक सुदूरका हरेक जिल्लामा पुगेर स्थलगत रुपमा तयार गरिएको कार्यक्रम  सुदूरपश्चिम सप्ताह सञ्चालन गरेको हो मैले न्यूज २४ टीभीमा ।

पत्रकारिता पेशामा लागेर मैले छामेको सत्यचाहीं के हो भने जुन पेशामा यतिधेरै चुनौति छ शायदै पेशामा यत्तिको अवसर होला । त्यसैले यहाँ पत्रकारिता ‘नेपाल’ जस्तै छ,जति समस्या र चुनौति छ उत्तिकै सपनाका फुल र सम्भावनाका रेखाहरु । पत्रकारितामा हजारौंहजार समस्या र चुनौति छ, लाखौंलाख सपना, सम्भावना र अवसर । जस्तो परिवर्तनका केही किस्साहरु  जस्को हिस्सा भएँ मँ । एउटा एम्वुलेन्स नभएकैले जुम्लाको पनि सिञ्जा उपत्यका र त्यहाँको मालिकाबोत्तातिरका खासगरी महिलाहरु सुत्केरी हुन नसकेर धेरै रगत बगेकै कारण दर्जनौं कमृत्यु भएको समाचार संकलन गरेपछि पत्रकारिताकै माध्यमबाट सहयोग जुटाइदिएर मालिकाबोत्ता रेडक्रस, जुम्लालाई एम्वुलेन्स हस्तान्तरण गर्दा त्यहाँका मानिसहरुको अनुहारमा छचल्किएको खुशी म जीवनमा कहिल्यै भुल्न सक्दिन । २०७० साल साउन ३ गते महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुर जिल्ला, भीमदत्त नगरपालिका, भुजेलामा रहेको महाकाली जनज्योति निमाविको जग्गासहित सारा भवन नै बगाएर लग्यो । यो रिपोर्टिङ गरेपछि त्यसैका माध्यमबाट सम्पर्कमा आएको एसिया फ्रेण्डसिप नेटवर्कका अधिकारीहरुलाई लिएर पटक पटक भुजेला पुगी नियमित अनुगमन गरेर यो ६ कोठे भवन बनाएर हस्तान्तरण गर्दा एउटा पत्रकारको संवेदनामा उम्लिएको खुशीको तापक्रम कति होला ?

२०७० सालको बर्खामा जब दार्चुलामा बाढी आयो, डेढ सयबढी घर र सदरमुकामको आधा भाग नै बगाएर लग्यो त्यसपछि पत्रकारिताकै माध्यमबाट सरदर २८ लाख रुपियाँ लिएर खलंगा पुगेको दिन समयको कुन भित्तामा लेख्न सकिएला ? यस्तै सिन्धुपाल्चोकको जुरेमा गएको भीषण पहिरोका कारण पीडितहरुलाई सहयोग जुटाउन गरिएको मद्दत पनि । कालिकोटको सदरमुकाम मान्मबाट दुई दिन हिडेर पुगिने यो बिकट वस्तीको नाम हो, सिपखाना । गोठगोठमा बसिरहेका नछुनी भएका छाउपडी तथा सुत्केरी भएका छाउपडीहरुका लागि पत्रकारिताकै माध्यमबाट सहयोग जुटाएर तिनको हितार्थ बनाइएको यो भवनको अगाडि मेरो आवाज र कलमको उचाइ कति होला ?School buildeng lunching1

बझाङ, चैनपुरमा रहेका बादी समुदायको बस्तीमा रिपोर्टिङका लागि पुग्दा त्यहाँका घरहरुको अवस्था यस्तो थियो कि कुनै शब्द नै छैन लेख्नका लागि । जब त्यहाँको दयनीय अवस्थाबारे समाचार प्रशारण भयो, त्यसपछि छानो नभएका ती घरहरुमा हामीले ओत हालिदियौं । बैतडी, बाशुलिङ गाविसका मुक्तहलियाहरु एउटा स्कुलको याचना गर्दै थिए । समाचारकै माध्यमबाट यहाँ बनेको यो विद्यालयका कारण यहाँका वालवालिकाको भविष्यमा पुगेको मद्दतको खुशीका लागि कुन शब्दको प्रयोग सही हुनसक्छ ? अछाम, मंगलसेनका एचआइभी संक्रमित वालवालिकाहरुबारेको रिपोर्टिङपछि तिनका लागि सहयोग संकलन गरेर यिनको बेसहारा जीवनमा पुगेको मद्दतका लागि कति शब्दको खर्च गर्नू ? मैले कखरा खारेको, मलाई जीवनको यो थुम्कासम्म ल्याउने बाटो देखाइदिएको सिन्धुपाल्चोक, कुञ्चोकको महेन्द्र उच्च माविका लागि लाईब्रेरी, कम्प्यूटर र भवन नै निर्माण गर्ने अवसर दिएकामा म मेरो पेशा, पत्रकारिताप्रति अकल्पनीय आल्हादित छु । यी केही दृष्टान्तहरु मात्र हुन् । यस्ता अरु धेरै कर्महरु गर्न सकेकामा म मेरो पेशा पत्रकारिताप्रति गौरब गर्दछु । र, भन्न सकेको हँुु केही गर्नका लागि यो देशमा काफी छैन एउटा जीवन ।

xking1 कहिल्यै बिर्सन नसक्ने घटना के छ ?

पत्रकारितामा जिन्दगी ज्वारभाटाजस्तो लाग्छ । मैले कन्डम, पानपराग भएका कोक र मिरिन्डाका बोतलहरु अगाडि राखेर पहिलो टेलिभिजन सो सुरु गरें । यसरी स्टोरी गर्दा रिस्क भयो । यसैगरी किड्नीको स्टोरी गर्दा पनि यसका तस्करको धम्की आएर घरमा नगई एक सातासम्म लजमा गएर सुतेको छु । यस्ता धम्की निकै आउँछन् । यस्ता अनुभव निकै छन् । तर, म यसलाई बिर्सिदै बिर्सिदै र नयाँ नयाँ कथाहरु रचना गर्दै जाने बानी राखेर सक्रिय छु । थाहा छैन, भोलिभोलि के होला ?

पत्रकारिता नगरेको भए ?

पत्रकारिता नगरेको भए पुलिस वा आर्मीमा हुन्थें होला । मेरो गाउँतिर यस्तै ट्रेन्ड छ । छोरोले जागिर खाओस् भन्ठान्थे र जागिर भनेको पत्रकार हुनु होइन भन्ठान्थें ।

पत्रकार के हो ?

Talking with first president of nepal, after earthquake1

राष्ट्रपति डा. रामबरण यादवसंग कुराकानी गर्दै

श्रीखण्ड र खुर्पाको बीँड भन्याजस्तो । यो निकै सम्भावना र चुनौतिबीचको पहिचान हो । मर्यादित र संवेदनशील पेसा । तर, नेपालमा यसलाई जोक बनाइएको छ । सबभन्दा गह्रुंगो पेसालाई अहिले सबभन्दा हलुंगो र हाँस्यब्यंग्यजस्तो बनाइएको छ । यसका पात्र र प्रवृतिमा परिवर्तनको जरुरी छ ।

पत्रकारका लागि आवश्यक गुण के होलान् ?

अध्ययन पहिलो कुरा हो । ज्ञानलाई सही ढंगले प्रयोग गर्न जान्नुपर्दछ । ज्ञान सैद्धान्तिक मात्र नहोस् । अर्को कुरा, पत्रकारमा हिम्मत हुनुपर्छ । हामीकाँ हिम्मत छ तर गलत ढंगले प्रयोग भएको छ । भाषिक दक्खल जरुरी आवस्यक्ता हो, आत्मविश्वास, व्यक्तित्व कमजोर हुनु हुन्न । समाजमा घुलमिल भएर पनि फरक ढंगले आफूलाई प्रस्तुत गर्न सक्नुपर्छ एउटा पत्रकारले ।

सफल पत्रकार हुन के चाहिएला ?

सफलता के हो ? मा भरपर्छ । स्वाभिमान, इमान, ठूलो पद, पैसा केलाई सफल भन्ने ? नेपालमा चाकडी गर्ने पत्रकारहरु पनि सफलको दर्जामा छन् तर त्यो दीर्घकालीन हुँदैन । ठूला भनिएका कतिपय पत्रकार अहिले घरमा छोराछोरी खेलाएर बसेको पनि थाहै छ । यो सवालमा म चाही ठान्दछु कि, पूरापूर मिहिनेतको सवाल रहन्छ र पत्रकारितामा मिहिनेतले नै त्यस्तो सफलता दिन्छ जो उसको लगनशिलता, इमान, स्वाभिमान र निष्ठामा भरपर्दछ । पैसा कमाएर कोही सफल हुदैन भन्ने म ठान्दछु ।

न्युजको स्रोत के हो ?

हरेक सेकेन्डमा, हरेक ठाउँमा न्युजको स्रोत छ, त्यसलाई चिन्न सक्नुपर्छ, समात्न सक्नुपर्छ । फेरि हरेक सम्बन्ध न्युजको स्रोत हुन भने सक्दैन । नेपालमा न्युजको स्रोत असंख्य छ । अहिले त सामाजिक सञ्जाल नै न्युजको स्रोत, हरेक चिनजान नै न्यूजको स्रोत, हरेक दृश्य नै न्यूज हुन थालेको छ । बरु सरकारी अड्डाको तालुकदारचाहिँ न्युजको स्रोत होइन, उसले समाचार लुकाउन खोज्छ । अहिले त हरेक नागरिक पत्रकार हो । नागरिक पत्रकारिताको जमाना छ अहिले ।

समाजमा पत्रकारिताले किन सम्मान गुमाएको होला ?

यहाँ दुईचार पैसाका लागि, दुईचार बोरा चामलका लागि पनि समाचार लेख्ने, देखाउने गरेको पाएको छु । चरित्रमाथि मजाक गर्नेहरु, कसैको निजी जीवनमाथि खेलाँची गर्नेहरु, पदप्रतिष्ठा र इमानमा गुलेली चलाउने पत्रकारहरुको बिगबिगी बढेको छ । अर्थात् पत्रकारिताका नाममा मूख्र्याइँकारिता गरिन्छ, यसले नै पत्रकार अनि पत्रकारिताको सम्मान गुम्न पुगेको छ । पत्रकारितालाई मर्यादित र सन्तुलित बनाउन नसक्दा पत्रकार आफैंलाई चुनौती बढ्न पुगेको छ र नै सम्मान कमजोर भएको छ यो पेशाको ।

Direction1

            डाइरेक्सनको क्रममा

पत्रकार पलायन हुनुको कारण के होला ?

आर्थिक कारण । असुरक्षा पनि । अर्कातिर यहाँ पत्रकारलाई विभिन्न किसिमका आरोप पनि लगाउने गरिन्छ । उदाहरणका लागि मलाई ज्ञानेन्द्र शाहको अन्तरवार्ता लिँदा राजावादी भने, अरु कोही पत्रकारले कसैको सापेक्षनिरपेक्ष विषयवस्तु दिंदा ऊ त्यसअनुसारको वादी हुन्छ । यस्ता कारणहरु छन्, जसले पत्रकार पलायन हुन बाध्य भएका छन् ।

टेलिभिजन पत्रकारिताको भविष्य कस्तो छ ?

चुनौतिबीच नै म भविष्य उज्ज्वल देख्छु । यत्तिका चुनौति नहुने हो भने कसरी भविष्य उज्जवल होला र ? मर्यादाभित्र रहेर अथक मिहिनेत गरेर काम गर्ने हो भने भविष्य उज्ज्वल छ ।

Source: eprofileasia.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?