दुई वर्षीय बालकले आईफोन ४७ वर्षका लागि लक गरिदिएपछि....
Feb Wed 2020 02:40:37
873 views
गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि आईफोन लक भएको छ ।चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा लगातार फोनलाई अनलक गर्ने कोशिश गर्दा फोन ४७ वर्षका लागि लक भयो ।
आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक गर्ने कोशिश लक भएपछि अब ४७ वर्षपछि मात्रै खुल्ने भएको छ।
एक चिनियाँ सञ्चारमाध्यमको रिपोर्ट अनुसार यी बालककी आमाको नाम लू रहेको छ । लू भिडियो हेर्नका लागि आफ्नो फोन छोरालाई छाडेर बाहिर गएकी थिइन् ।
उनी जब घर फिरिन् तब उनको फोन २५ मिलियन मिनेटका लागि लक भइसकेको थियो । यो कारण भनेको बालकले फोनलाई अनलक गर्न लगातार गलत पासवर्ड हानेका थिए ।
यसरी हरेक पटक गलत पासवर्ड हान्दा फोन लामो समयका लागि प्रयोग गर्न नसकिने अवस्थामा पुग्छ । जति चोटी गलत पासवर्ड हानिन्छ, त्यति नै पटक फोन अनलकको समय पनि लम्बिँदै जान्छ ।